संयुक्त
अरब
इमिरेट्स्मा
नेपाली
साहित्य
-
मधुवन
पौडेल
दुइ
वर्षअघि
संयुक्त
अरब
इमिरेट्स्मा
कार्यवाहक
राजदूत
स्तरको
शाही
नेपाली
राजदूतावास
खोल्ने
श्री
५
को
सरकारको
निर्णय
भएपछि
आफ्नो
अढाई
दशकभन्दा
बढीको
वैदेशिक
सेवामा
मध्यपूर्व
र
खाडी
राष्ट्र
सम्बन्धी
अनुभव
शून्य
भएता
पनि
मेरो
मनमा
एउटा
नौलो
तर
कठिन
चुनौती
स्वीकार्ने
उत्साह
र
उत्कण्ठा
जागेको
थियो
।
संयोग
वा
के
भनौं
मैले
आफ्नो
नोकरी
सधैं
नै
दक्षिण
एशियाभित्रै
बिताएको
थिएँ,
तर
यदाकदा
मनभित्र
कुण्ठा
आउने
गरे
तापनि
आफ्नो
पहुँच
शून्य
र
संस्थागत
त्रुटिको
कारणले
गर्दा
त्यस्तो
भएको
मान्दै
म
आफूलाई
चित्त
बुझाउने
गर्थेँ
।
केही
हदसम्म
नियतिको
खेल
भनेर
पनि
मनभित्र
गुन्ने
गर्थें
।
तर
यस
पल्ट
अबुधावी
आउँदा
भने
मैले
आफूलाई
भाग्यमानी
ठानेको
थिएँ,
मध्यपूर्व
र
खाडी
बारे
आफ्नो
धारणा
र
मानसिकताको
विपरीत
ममा
एउटा
अभूतपूर्व,
उत्साह
जागेको
थियो
।
बराबर
नेपाली
छापाहरूमा
देखिने
यो
क्षेत्रसँग
गाँसिएका
पीडा
र
वेदनाका
कथाहरू,
शोषण
र
ठगीका
घटनाहरू
अनि
अनेकौं
नेपाली
युवाहरूका
बाध्यता
र
सपनाहरू
केही
पढेको
थिएँ,
तर
धेरै
कम
बुझेको
थिएँ
मैले
।
राजदूतावास
स्थापनाकालको
व्यस्तता,
जनशक्ति
र
अन्य
साधनको
न्यूनता
र
एक्लोपनले
धेरै
लामो
समयसम्म
म
भित्रको
लेखकत्व
हराएको
जस्तो
बोध
हुन्थ्यो
मलाई
! देख्ने
काम
केही
थिएन,
तर
अनेकौं
प्रत्यक्ष
अप्रत्यक्ष,
ग्राह्य
अग्राह्य
राम्रा
नराम्रा
अनि
अपेक्षित
अनपेक्षित
जिम्मेवारीहरूको
वीचमा
म
तनावग्रस्त
थिएँ
।
त्यत्तिकैमा
मेरो
हातमा
तीनवटा
साहित्यिक
संकलन
आइपुगे
।
कुनैमा
साहित्यप्रतिको
समर्पण
र
सेवाको
भावना
थिए
र
कुनैमा
मपाईंत्व
र
निहित
स्वार्थको
आभास
! साहित्यमा
सबैले
प्रश्रय
खोजेको
जस्तो
!!
'आकृति' सम्भवतः
मेरो
हातमा
परेको
पछिल्लो
साहित्यिक
संकलन
थियो
तर
मैले
अनुभव
गरें
'परिवेश'को
मैले
पाएको
अंक
विशुद्ध
साहित्यिक
र
आञ्चलिक
ऐक्यवद्धताको
सम्मिश्रण
थियो
भने
'आकृति'
केवल
साहित्यिक
र
साहित्यिक
मात्र
थियो
।
यो
मेरो
आफ्नो
व्यक्तिगत
अनुभव
र अनुभूति
हो,
अन्यथा
हुन
गए
सम्बन्धित
स्रष्टा
र
प्रकाशनसँग
क्षमाप्रार्थी
छु
।
बितेका
९।१०
महिनामा
मैले
आफ्नो
कथाकारितालाई
ब्यूँझाउने
धेरै
प्रयास
गरें,
तर
कता
कता
निकै
कठिन
अनुभव
गरिरहेको
छु
।
हुन
त
सृजनशीलता
जवर्जस्ती
आउने
कुरा
होइन
तै
पनि
मलाई
लाग्छ
म
एकाग्र
हुन
सकेको
छैन
र
ससाना
कुराले
मेरो
मन
बिथोलिइरहेको
छ
।
त्यत्तिकैमा
'आकृति'को
नयाँ
अङ्क
मेरो
हात
पर्छ
- वर्ष२
अङ्क
९
।
धन्यवाद
लेख
योञ्जनजी
धन्यवाद
प्रकाशजी
! विशेष
गरी
आफ्नो
जीवनको
त्यति
संवेदनशील
क्षणमा
पनि
फुर्सत
निकालेर
आकृतिलाई
निरन्तरता
दिन
प्रयासरत
लेखजी
र
'सीमित
भाडामा
बेचिएको'
आफ्नो
समयको
अमूल्य
भागलाई
अन्य
मित्रहरूको
उद्गार
र
भावना
प्रस्फुटन
भएका
कृतिलाई
सँगालिदिने
प्रकाशजी
दुवै
नै
धन्यवादका
पात्र
हुनुहुन्छ
।
'आकृति'ले
विविध
विधालाई
समावेश
गरेको
छ
।
म
कथाकार
भएकोले
साहित्यिक
संकलन
देख्नासाथ
मेरो
पहिलो
दृष्टि
कथाकारको
नाम
र
कथाभित्रै
पर्नु
स्वाभाविक
हो
।
तर
यस
पल्ट
मैले
कविता
पढिसकेर
मात्र
कथातिर
लाग्ने
अठोट
गरेको
थिएँ,
त्यसैले
सदा
झैं
सम्पादकीय
र
प्रकाशकीय
(?) अर्थात्
'आकृति'को
आफ्नै
बारेका
दुइ
स्तम्भ
पढेपछि
म
कवितातिर
लागें
।
म
समालोचक
त
होइन,
तर
संकलनको
शुरुकै
पृष्ठमा
रहेका
२
कविता,
ताराबहादुर
वलालको
'आगो
खाइरहेछु'
र
इन्द्र
लिम्बुको
'प्रेम'
पढ्दा
मलाई
लाग्यो
यो
मरुभूमिमा
आफ्नो
पसीना
बगाउन
आउने
हजारौं
हजार
नेपालीहरूको
माझमा
पनि
साहित्यको
अपूर्व
भण्डार
लुकेको
रहेछ
।
दुइ
अलग
अलग
भावना
र
मानसिकतालाई
प्रतिनिधित्व
गर्ने
यी
शब्दहरू
:
"यतिवेला
मेरो
रगतमा
आगो
बलिरहेछ
अव
म
केवल
आगो
नमन
गर्छु
आगो
मुत्छु
आगो
थुक्छु
"
अनि
"नछरिनु
थियो
मनहरू
तिम्रो
अघि
छरिदिएँ
नफिँजाउनु
थियो
विचारहरू
तिम्रो
अघि
फिँजाइदिएँ
नसमाउनु
थियो
ती
हातहरू
तिनै
हातलाई
साथ
दिएँ
नघोप्ट्याउनु
थियो
जिन्दगी
तिम्रै
अघि
घोप्ट्याइदिएँ
।"
प्रकाश
थाम्सुहाङको
मर्मस्पर्शी
'रूपान्तर'
ले
निरीह
नेपालीहरूको
हत्याबाट
उद्वेलित
मनस्थिति
र
त्यसले
जानेर
नजानेर
सृजना
गरेको
आक्रोशलाई
स्पष्ट
पारेको
जस्तो
लाग्छ
।
तर
मलाई
लाग्छ
उक्त
दुःखद
घटनाबाट
हीनताबोध
हुनु
वा
आफ्नो
राष्ट्रिय
पहिचानलाई
नै
पखाल्नुपर्ने
निष्कर्ष
निकाल्नुभन्दा
घटनाको
वास्तविकताप्रति
विचार
गर्नु
उपयुक्त
होला
।
आतंकवादको
कुनै
उद्देश्य
हुँदैन,
कुनै
धर्म
वा
मजहव
पनि
हुन्न,
न
त
मानवीय
संवेदनशीलताले
आंककारीहरूलाई
केही
असर
पार्दछ
।
संयोगले
ती
आतंककारी
मुसलमान
थिए,
नत्र
ती
जो
सुकै
र
जुन
धर्मका
वा
वादका
तथाकथित
अनुयायी
पनि
हुन
सक्थे
र
सक्छन्
।
त्यसै
गरी
नेपालले
प्रभावशाली
कूटनैतिक
प्रयास
नचालेको
भन्ने
कुरामा
पनि
मेरो
मतभेद
छ
।
एउटा
आतंककारी
गिरोहले
कसैलाई
बन्धक
बनाउँछ,
उसले
केही
माग
गर्दैन,
कसैसँग
सम्पर्कमा
आउँदैन
अनि
एकैपल्ट
बन्धकलाई
हत्या
गरेको
समाचार
सम्प्रेषण
गर्छ
।
यस्तो
स्थितिमा
जतिसुकै
ठूलो
सशक्त
प्रयास
भए
पनि
कसको
के
लाग्छ
? मानवीय
संवेदनशीलता,
दया
र
करुणाको
भावना
भएका
मान्छे
भए
आफ्नै
देशमा
दशकौंसम्म
निःस्वार्थ
सेवा
गरिरहेकी
निरीह
महिलालाई
समेत
किन
आफ्नो
निकृष्टताको
शिकार
बनाउँथे
उनीहरू
।
कविताको
चर्चा
गर्दा
गर्दै
व्यावसायिकता
तिर
लाग्यो
भन्नुहोला
तर
त्यस्तो
किमार्थ
होइन,
यही
नै
वास्तविकता
हो
।
यही
नै
सत्य
हो,
कमसेकम
त्यहाँ
प्रत्येक
दिन
मानिस
मारिने
गरेका
समाचार
र
खास
गरी
आतंककारीहरूको
दव्दवाका
समाचारलाई
हेरिदिएको
वा
संझिदिएको
भए
हाम्रो
हूलतन्त्रले
त्यति
ठूलो
विनाशलीलामा
संलग्न
हुने
सोच्दैनथ्यो
होला
।
गन्थनको
सिलसिला
छोडौं
र
लागौं
अब
फेरि
रचनातिर,
'आकृति'को
भण्डारभित्र
।
राजेन्द्र
गौतमको
'मेरो
बस्ती'
ले
समसामयिक
नेपाली
परिस्थितिको
चित्रण
गरेको
छ
र
शमशेर
योञ्जनले
आफ्नो
कविताद्वारा
विदेशिएका
दाजुभाईहरूलाई
स्वदेश
फर्केर
"आफ्नै
दाज्यू
भाई
वीच
स्नेहका
लहरहरू
फैलाउन
आग्रह
गरेको
छ
- आफ्नो
अस्तित्व
जोगाउन
र
हजारौं
विधवाहरूको
आँशु
पुछ्न
।
त्यस्तै
"आफ्नै
आँगन
उजाड
पारेर
" पसीना
बेच्ने
कवि
दिलानाथ
गैरे
आफ्ना
पुर्खाको
वीरताको
इतिहास
संझेर
बिलौना
गर्दछन्
।
मोबाइलका
धूनहरू
सुनेर
रिसाएका
सुषमा
गैरे
र
मीना
न्यौपानेको
चेतावनी
र
स्वाभिमानपूर्वक
बाँच्ने
रहर
गर्ने
गीता
संतापका
कविताहरूले
मानवीय
संवेदनशीलताको
प्रतिनिधित्व
गरेका
छन्
।
सभ्यताको
उत्सर्गमा
बेहिसाब
कुकर्म
देख्ने
र
प्रलयको
संसारमा
पुगेको
अनुभव
गर्ने
चन्द्र
तामाङ्गको
गजल
र
जीवी
गोले,
विश्वजंग
गुरुङ्ग
र
भीमबहादुर
गुरुङ्गका
गीतले
सामग्रीका
हिसाबले
आकृतिको
आकर्षण
बढाएका
छन्
।
कथातर्फ
रामजी
रानाभाटको
प्रतीकात्मक
'चुल्ठो
बाटेका
कपाल'
को
आफ्नै
विशिष्टता
छ र
पुष्कर
पाण्डेको
'जीवनको
भोगाइ'ले
हाम्रो
वरिपरि
घट्न
सक्ने
घटनाको
सुखद
चित्रण
गरेको
छ
।
दलवीर
वराइलीले
'खराब
संगत'मा
खाडी
राष्ट्रमा
बरालिएर
हिंड्ने
नेपाली
युवाहरूको
यथार्थता
स्पष्ट
गरेको
छ
।
केही
समय
अघि
काठमाडौंबाट
आएको
एउटा
कलाकार
समूहको
कार्यक्रममा
रक्सीको
नशामा
मातिएका
नेपाली
युवाहरू
देख्दा
मेरो
मनमा
यस्तै
विचार
उठेको
थियो,
दलवीरजीलाई
धन्यवाद
यस
कथानकको
लागि
!
अनायास
च्वास्स
बिझछ
- म
त
कथाकार
पो
हुँ
कुनै
समालोचक
वा
टिप्पणीकार
होइन
! तै
पनि
आफ्नो
मनको
उद्गार
रोक्न
सक्दिन
खासगरी
यति
टाढा
आएर
बिना
कुनै
पाठ्य
सामग्री
आफ्नो
सिर्जनशीलतालाई
निरन्तरता
दिइरहेका
यी
अज्ञात
कवि
लेखकबारे
कसैले
त
केही
लेखिदिनुपर्छ
भन्ने
आत्मबोधले
गर्दा
यी
दुइ
हरप
कोरिदिएको
छु
।
ठूलो