खाडीः
'लेवर-फ्रेन्डली'
क्षेत्र
-
मधुवनप्रसाद
पौडेल
संयुक्त
अरब
इमिरेट्समा
सन्
२००४
को
सुरुमा
पहिलोपटक
दूतावास
खोल्ने
निर्णय
भएपछि
र
कार्यवाहक
राजदूत
बनेर
त्यहाँको
संस्थापक
जिम्मेवारी
निर्वाह
गर्न
जाँदा
मलाई
एक
लाख
संख्याको
हाराहारीमा
रहेका
नेपाली
श्रमिकले
जनाएको
स्वागत
र
दिएको
भरथेग
भुलिनसक्नुको
छ
।
दूतावास
खोल्ने
प्रस्ताव
अघि
बढेको
बेला
सुरुमा
५०
हजारजति
नेपाली
श्रमिक
छन्
भन्ने
अनुमान
गरिएको
थियो
।
अहिले
त
यो
संख्या
१
लाख
नाघिने
अवस्थामा
पुगेको
छ
।
त्यहाँको
सरकारले
नेपालीको
संख्या
२
लाख
५०
हजार
नपुगिन्जेल
कुनै
बन्देज
नलगाउने
भनिसकेको
छ
।
सबैभन्दा
बढी
दुबई,
त्यसपछि
अवुधावी
र
शारजहाँमा
छन्
।
सबैभन्दा
टाढाको
राज्य
फुजेरामा
पनि
८
हजारभन्दा
बढी
नेपाली
छन्
।
यीमध्ये
बढी
श्रमिक
सडक/भवन
निर्माण,
उद्योग/कलकारखाना
आदिमा
छन्
।
त्यसपछि
'हस्पिटालिटी
बिजिनेस'
(होटल,
रेष्टुराँ)
आदिमा
छन्
।
केही
भने
अवुधावी
प्रहरी
र
राजपरिवारको
सुरक्षाकर्मीका
रूपमा
समेत
कार्यरत
छन्
।
यस्ता
राजपरिवार
सुरक्षाकर्मीको
संख्या
१८
सयजति
होलान्
।
यिनीहरूले
खान-बस्नसहित
नेपाली
औसतमा
६०
हजार
रुपैयाँ
मासिक
कमाउँछन्
।
यी
सरकारीसरह
कर्मचारी
हुन्
।
यस
वर्ष
रक्षा
मन्त्रालयले
अवकाशोन्मुख
नेपाली
सेनाका
१२०
जवानलाई
पनि
सरकारी
सेवामा
सिफारिस
गरेर
पठाएको
छ
।
आवुधावीमा
दूतावास
खुल्नुअघि
कतारबाहेक
अन्य
अरब
क्षेत्रका
नेपालीको
जिम्मेवारी
साउदी
अरेबियाले
लिएको
थियो
।
त्यो
अवस्थामा
एउटै
पासपोर्ट
बनाउन
पनि
महिनौं
लाग्थ्यो
।
दूतावास
खुलेपछि
त्यहाँका
नेपालीले
सुरक्षा
र
स्थिरता
बढेको
अनुभव
गरेका
छन्
।
हुन
त
संयुक्त
अरब
इमिरेट्स,
साउदी
अरेबिया,
कतार
सबै
खाडी
क्षेत्र
हो
।
यो
सिंगो
खाडी
क्षेत्रमा
गरेर
झन्डै
५
लाख
नेपाली
होलान्
।
यसमध्ये
संयुक्त
अरब
इमिरेट्सबाट
मात्रै
कानुनी
रूपमा
सन्
२००५
मा
साढे
चार
अर्ब
रुपैयाँ
रेमिटेन्स
नेपाल
भित्रिएको
थियो,
हुण्डीसहितबाट
गरेर
त
७
अर्ब
पुग्दो
हो
।
'लेवर-फ्रेन्डली'
मुलुक
संयुक्त
अरब
इमिरेट्समा
कुनै
समस्या
लिएर
त्यहाँको
श्रम
विभाग,
मन्त्रालय
कतै
गएमा
त्यसको
तुरुन्तै
सुनुवाइ
हुन्छ
।
कुनै
मुद्दामा
वकिल
समातेर
श्रम
अदालत
गएमा
केही
दिनभित्रैमा
स्पष्ट
फैसला
पाइसकेको
हुन्छ,
तर
भाषाको
कठिनाइले
धेरै
कम
नेपाली
अदालत
जानसकेका
छन्
।
विशेषतः
संयुक्त
अरब
इमिरेट्समा
चलेको
नियमानुसार
त्यहाँको
कम्पनीले
श्रमिक
लैजाने
कामदार
एजेन्सीलाई
प्रतिव्यक्ति
डेढ
सय
डलर
दिनैपर्छ
।
यो
सरकारी
नियम
हो
।
भिसा
निःशुल्कमात्रै
होइन,
सम्बन्धित
कम्पनीले
हवाई
टिकट
दिनैपर्छ
।
हरेक
दुई
वर्षमा
घर
आतेजाते
गर्ने
दोहोरो
टिकट
पनि
दिनुपर्छ,
त्यसको
विदा
पनि
'तलबी'
हुने
गरेको
छ
।
तर
यो
नियम
तथा
प्रक्रियामा
नेपालदेखि
नै
कोही
पनि
सचेत
र
जागरुक
छैनन्
।
यहाँका
कामदार
एजेन्सीले
आपसी
प्रतिस्पर्धा
गरेर
कामदारमाथि
'दोहोरो
शोषण'
गरिरहेका
छन्
।
निःशुल्क
सेवासुविधाको
कुरामा
भिसा,
टिकट
शुल्कसहित
झन्डै
१
लाख
रुपैयाँसम्म
पनि
र
अझ
बढीसमेत
प्रतिकामदारले
तिर्ने
गरेका
छन्
।
उताबाट
कोटा
लिन
र
कम्पनीको
व्यापार
लिन
केही
पैसा
ख्वाउने
गरिएको
होला,
तर
त्यो
सबै
भार
नेपाली
कामदारका
टाउकामा
पर्न
गएको
छ
।
यो
कुराको
सुनुवाइ
भएर
पनि
व्यवस्थित
नियम-प्रणाली
मान्य
हुनसकेको
छैन
।
राम्रा
एजेन्सीबाट
जाने
केही
कामदार
निःशुल्क
गएका
पनि
छन्
।
तर
धेरैको
शोषण
भएको
छ
।
यसबाहेक
नेपालबाट
जाँदा
कामदार
भिसामा
नगएर
'पर्यटक
भिसा'मा
जानेले
अझ
बढी
कठिनाइ
व्यहोर्नुपरेको
मैले
पाएको
छु
।
पर्यटक
भिसाको
सुरुमा
दुई
र
पछि
एक
महिना
थप
भएको
हुन्छ
।
यसरी
तीन
महिना
बस्ने
र
त्यसपछि
लुक्नेको
संख्या
पनि
उत्तिकै
छ
।
यस्तो
'भिजिट
भिसा'मा
जानेमात्रै
८/१०
हजार
नेपाली
होलान्
।
इन्जिनियर
तहका
पनि
यो
भिसामा
गएको
मैले
पाएको
छु
।
यसरी
'भिजिट
भिसा'मा
सकेसम्म
जानै
हुँदैन
भन्ने
सचेतता
जरुरी
छ
।
अर्को
एउटा
समूहले
दुबई
हुँदै
नेपालीलाई
अवैध
रूपमा
इराक
पठाउने
पनि
गरेको
रहेछ
।
२/३
लाख
रुपैयाँ
उठाएर
दुबई
पुर्याउने,
त्यहाँबाट
भिसा
मिलेमा
इराक
लैजाने
र
नमिलेमा
अलपत्र
छाडिने
गरिएको
रहेछ
।
अर्कातिर
बारम्बार
आवाज
उठ्दै
आएको
विषय
हो-
श्रम
सहचारी
।
यो
भनेको
श्रमिकका
सबै
प्रकारका
समस्यालाई
हेर्ने
सरकारी
प्रतिनिधि
हो
।
तर
श्रम
सहचारी
भन्नासाथ
श्रम
मन्त्रालयकै
कर्मचारी
जानुपर्छ
भन्ने
अवधारणा
रहेको
छ
।
यदि
त्यस्तै
गर्ने
हो
भने
पनि
श्रम
र
श्रमिक
कानुन
एवं
समस्याबारे
पर्याप्त
अनुभव
भएका
अधिकारीको
नियुक्ति
हुनुपर्छ
।
अन्यथा
यसरी
पठाउनुको
कुनै
अर्थ
र
उपयोग
हुँदैन
।
भारतसहितका
मुलुकले
पनि
तालिमप्राप्त,
दक्ष
र
अनुभवी
परराष्ट्रकै
कर्मचारीलाई
सहचारी
रूपमा
पठाइरहेको
हुन्छन्
।
नेपाली
श्रमिकको
संख्या
बाहिर
बढिरहेका
बेला
श्रम
सहचारीको
आवश्यकता
पनि
टड्कारो
बनेको
छ
।
हाम्रा
दूतावासहरू
कम
जनशक्ति
र
स्रोतसाधनका
भरमा
चलिरहेका
कारण,
जस्तो-
कुनै
श्रमिक
कतै
दुर्घटनामा
परेमा
अथवा
मृत्यु
भएमा
दूरीका
कारण
पनि
हेरदेख
गर्न
जान
सकिने
स्थिति
हुन्न
।
यो
मानवीय
समस्या
र
यथास्थितिका
कारण
पनि
बेग्लै
अधिकृतका
रूपमा
सहचारी
आवश्यक
देखिएको
छ
।
अरूभन्दा
पनि
खुसीको
कुरा
संयुक्त
अरबका
सरकारी
अधिकारीहरू
'आफ्नो
मुलुकको
प्रगति
र
उन्नतिमा
नेपाली
जनशक्तिको
ठूलो
सहयोग
छ'
भनेर
ढाडसको
स्वरमा
बोलिरहेका
हुन्छन्
।
हुन
पनि
अरू
हेरी
नेपालीहरू
इमानदार
छन्,
काममा
दत्तचित्त
भएर
लाग्छन्,
श्रमको
पूरापुर
उपयोग
गर्छन्
।
धार्मिक
कारणले
पनि
पाठपूजा,
प्रार्थनामा
धेरै
समय
नबिताउने
कारण
उनीहरू
नेपालीलाई
मनपराउँछन्
।
यही