nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 05 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


इराकमा नेपाली फेरि अलपत्र
 
 

रोजगारीका लागि इराक पुगेका नेपालीहरु पुनः अलपत्र परेका छन्। सरकारद्वारा वैदेशिक रोजगारीमा जान निषेध गरेको इराकमा दलालमार्फ मुम्बइ-जोर्डनको रुटबाट नेपालीहरु बग्दाद पुगेका हुन्।

इराकस्थित रोजगारदाता कम्पनीबाट लिन नआएपछि १६ नेपालीहरुलाई बग्दादस्थित विमानस्थलमा प्रहरीले थुनेको छ। मुम्बइस्थित नेपाली दलालहरु प्रेम कार्की, दिनेश कटुवाल, अमर बुढाथोकीको सहितको दलालहरुको टोलीले उनीहरलाइ इराक पुर्याएको जनाइएको छ।

यसअघि इराक जान भनी कुवेतमा अलपत्र परेका ४० जनालाई सरकारले उद्दार गरेको थियो। सरकारले वैदेशिक रोजगारीका लागि इराक नपठाउन बारम्बार म्यानपावर कम्पनीहरुलाई चेतावनी दिँदै आए पनि तिनका एजेन्टहरुले भारत लगेर उडाउने गरेका छन्।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com