|
nepalqatar.com |
Refresh your browser for latest updates (best viewed at 1024X768) |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
News updated on: 05 March 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
| मलेसियामा नेपालीहरु अलपत्र |
| समाचारपत्र - 30/01/2006 |
|
मलेसियामा वैदेशिक रोजगारीका लागि गएका नेपालीहरू त्यहाँको विमानस्थलमा अलपत्र परेका छन्। केही दिनयता वैदेशिक रोजगारीका लागि त्यहाँ गएका नेपालीलाई लिन सम्बन्धित कम्पनीका मानिस नआएपछि उनीहरू विमानस्थलमै अलपत्र परेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्। मलेसियनहरू नयाँ वर्ष मनाउनमा व्यस्त रहेका कारण नेपालीहरूलाई लिन कोही नआएकाले उनीहरू अलपत्र परेको बताइएको छ। चिनियाँ संवत्अनुसार अहिले नयाँ वर्षशुरू भएको छ। विमानस्थलमा नेपालीहरू अलपत्र परेका कारण शनिबार झन्डै डेढ सय जनालाई मलेसियास्थित शाही नेपाली राजदूतावासबाट उद्धार गरिएको खबर आएको छ’ -श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता ध्रुवकुमार शर्माले भन्नुभयो। अलपत्र परेकामध्ये केहीलाई शनिबार कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठले उद्धार गर्नुभएको भए पनि अझै ठूलो संख्यामा नेपाली त्यसतर्फगइसकेका कारण सबैलाई उद्धार गर्नमा समस्या आएको बताइएको छ। जनवरी २६ देखि चिनियाँ नयाँ वर्षशुरू हुने गर्छ। आगामी फेब्रुअरी ३ सम्म चल्ने नयाँ वर्षो अवधिमा मलेसियनहरू व्यस्त रहने हुँदा यो अवधिमा पठाउदा कामदारहरू अलपत्र पर्ने क्रम अझै बढेको हो। यो अवधिमा कामदार नपठाउन हामीले सबै व्यवसायीलाई खबर गरिसकेका छौं’ -नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष तीर्थबहादुर गुरुङले जानकारी दिनुभयो। हाल नेपालीहरू वैदेशिक रोजगारीका लागि सर्वाधिक मात्रामा जाने मुलुकमा मलेसिया अग्रपंक्तिमा रहेको छ। मलेसियामा दैनिक २ सयको हाराहारीमा नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेका छन्।
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |