nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 05 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेवाः अन्तराष्ट्रीय फोरम जापानको उदघाटन

नेक सम्वाददाता - 31/01/2006
 

जापान: मानव अधिकारवादी नेता एवं पूर्व स्वास्थ तथा श्रम मन्त्री श्री पद्मरत्न तुलाधरले गत जनवरी २१ मा नेवा अन्तराष्ट्रीय फोरम जापानको नव केन्द्रीय कार्यकारिणी सभाको उदघाटन  गर्नुभयो

जापानवासी नेवाः समुदायका नेपालीहरु एवं नेपाल र नेवाः भाषा संस्कृति प्रति आस्था राख्ने सबैको साझा फोरमले कतो ज्ञानु मानन्धरको अध्यक्षतामा उन्नाईस सदस्यीय एक नव केन्द्रीय कार्यकारिणी सभा निर्वाचित गरेको प्रेस विज्ञप्तीमा जाएको छ ।

विज्ञप्तीमा उपाध्यक्ष द्धयमा दिनेश शाक्य, भुपि श्रेष्ठ, महासचिवमा सुवन वज्राचार्य, सचिवहरुमा बिगेन्द्र प्रधान, राजेश राजभन्डारी, कोषाध्यक्षमा निर्मल बुद्ध मानन्धर र सदस्यहरुमा दिनेश जोशी, जनक नकःमी, दया महर्जन, राजेश प्रधानांग, रबिन शाक्य, दिनेश वज्राचार्य, नरम काजी श्रेष्ठ, शोभना वज्राचार्य, सुरेश वज्राचार्य, अनिता प्रधानांग, भुपाल श्रेष्ठ, प्रमोद सुवाल निर्विरोध निर्वाचित हुनुभएको जनाएको छ भने नव निर्वाचित  अध्यक्ष ज्ञानु मानन्धरले डा. रामध्वज श्रेष्ठ, डा.  डँवरमान शाक्य, डा. केशव महर्जन तथा श्री कतो स्यूइचिलाई सल्लाकारमा र संस्थापक अध्यक्ष माधव मानन्धरलाई अडिटरमा मनोनित गर्नु भएको छ ।

उदघाटन समारोहमा बोल्नुहुँदै श्री पद्मरत्न तुलाधरज्यूले भन्नुभयो "हाम्रो देशको विशेषतानै बहुजातीयता हो । बहुजातिको भाषा, धर्म र संस्कृतिको हनन गरेर, बलात्कारले एक सिंगो जाती बनाउने प्रयास भन्दा बहुजातिको भाषा, धर्म र संस्कृतिलाइ समान अधिकार दिन सकेमा मात्र नेपाली सबैको लागि हित हुने र त्यसैबाट शान्तिको श्रृजना हुने" कुरा बताउनु भयो ।

नव निर्वाचित महासचिव सुवन वज्राचार्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा नव अध्यक्ष ज्ञानु मानन्धरले स्वागत मन्तब्य दिनु भएको थियो भने पूर्व अध्यक्ष माधव मानन्धरले आफनो पदावधी भित्र भएको कार्यक्रमको साराँश पेश गर्नु भयो ।

धन्यवादको क्रममा महासचिव सुवन वज्राचार्यले "प्रत्येक जाती, भाषा, धर्म र संस्कृतिको उत्थान नै बहुजातिय नेपालको उत्थान हो ।" भन्नु भयो । उहाँले यस्तो प्रयासमा अमूल्य योगदान दिइ आउनु भएका मानव अधिकारवादी नेता एवं पूर्व स्वास्थ तथा श्रम मन्त्री श्री पद्मरत्न तुलाधरज्यूको प्रशंसा गर्नु हुदै देशको भलो हुने शान्ति र आर्थिक उत्थानमा हामी सबैले सक्दो योगदान दिनु पर्ने कुरामा ध्यानाकर्ष गराउनु भयो । कार्यक्रमको अन्तमा फोरमले पूर्व मन्त्रीज्यूको सम्मानमा रात्री भोजको समेत आयोजना गरेको थियो ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com