nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 05 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


मस्कोमा नेपाली कार्पेटको बृहत प्रदर्शनी सुरु

नेक सम्वाददाता - 01/03/2006
 

मस्को रसियन फेडेरल ऐजेन्सी अन कन्स्ट्रक्सन एण्ड इन्टरनेशनल (Russian Federal Agency on Construction and International) को सक्रियतामा मस्कोको सोकोलनिकीमा १४ औं अन्तरराष्ट्रिय निर्माण हप्ता International Construction Week ( MVK ) को आयोजना भएको उक्त प्रदर्शनी फागुन १७ गते देखि २० गते (फेब्रुअरी २८ देखि  मार्च , २००६) सम्म संचालन हुने भएको यस प्रदर्शनीमा नेपालका कम्पनीहरु लगायत ७०० भन्दा बढी कम्पनीले भाग लिएको यस प्रदर्शनीमा अनमोल इन्टरप्राइजेजका डा. ऐक नारायण चापागाई बद्री के. सी. ले Elite Nepalese Carpet को नाममा नेपाली कार्पेट प्रदर्शनीमा राखेका छन् अजरबैजान, युक्रेन इरानका कार्पेटहरु पनि उक्त प्रदर्शनीमा रहेको

 

मस्कोका लागि शाही नेपाली राजदूत महामहिम श्री हिरण्यलाल श्रेष्ठले आज उक्त प्रदर्शनीको अवलोकन गर्नु भएको थियो उहांले नेपाली कार्पेटको प्रदर्शनी गर्नु भएकोमा अनमोल इन्टरप्राइजेजका डा. ऐक नारायण चापागाई बद्री के.सी. लाई हार्दिक धन्यवाद दिदै नेपालसितको व्यापार संयुक्त लगानी प्रवर्द्घनमा जोड दिनुपर्ने बताउनु भयो

 

उक्त इन्टरप्राइजेजले हाल नेपालको रोल्पा पतान्जली कार्पेट कम्पनीवाट कार्पेट आयात गरी मस्कोको १४ वटा पसलहरुमा नेपाली कार्पेट विक्रीको लागि दिएको जानकारी दिनु भएको साथै यस प्रदर्शनीमा जर्मनी, बेलारुस, काजाकिस्तान, युक्रेन, लात्भिया, लिथुवानियाका जनताहरुले नेपाली कार्पेटको सम्वन्धमा ज्यादै अभिरुची लिएको बताएका छन् मस्कोमा पुराना घरहरु विक्रीको लागि विज्ञापन गर्दा नेपाली कार्पेट समेत रहेको घर भनी विज्ञापन गरेको पाइएकोले नेपाली कार्पेट रशियनहरुले मन पराउने बुझिन्छ जर्मनबाट रुसमा नेपाली कार्पेट ल्याएर विक्री वितरण पनि गर्दै आएकोमा हाल क्रमशः नेपालबाटै सिधा व्यापारिक कारोबार बढाउदै लगेका छन्

 

गत असार २८ २९ गते शाही नेपाली राजदूतावास, मस्कोमा नेपाली कार्पेट पश्मिनाको प्रदर्शनी भए पछि सोही प्रदर्शनीवाट प्रभावित भै नेपाली कार्पेटको बजार मस्कोमा लिन सकिने भएकोले कार्पेट व्यापार शुरु गरेको जानकारी उक्त इन्टरप्राइजेजले दिएको


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com