nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 05 March 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


दुवाईमा मगर दिवस सम्पन्न
नेका सम्वाददाता - 04/03/2006
 

संयुक्त अरब ईमिरेटको व्यापारिक शहर दुवाईमा गत शुक्रबार मगर दिवस मनाईयो । शाही नेपाली राजदूतावास आवुधावीले जनाए अनुसार नेपाल मगर समाज यूएईले एक सांस्कृतिक कार्यक्रमको आयोजित गरी मगर दिवस मनाएका छन् । सो सांस्कृतिक कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुले मगर तथा नेपाली भाषाका लोक, आधुनिक तथा पप् गित तथा लोक नृत्यहरु प्रस्तुत गरेका थियो ।

 

यूएईका लागि कायम मुकायम राजदूत मधुवन पौड्यलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाली समुदायको उत्साहजनक उपस्थिति थियो । सो अवसरमा बोल्दै कामु राजदूत पौड्यलले मगरहरु विश्वमा बहादुर तथा ईमान्दार जातीका रुपमा परिचित भएको बताउदै नेपाली समाजलाई एकताका साथ काम गर्न आव्हान गर्नुभयो । पौड्यलले प्रवाशी नेपालीहरुले राष्ट्रिय विकाशमा गरेका योगदानको प्रशंसा गर्नुभयो ।

 

कार्यक्रम नेपाल मगर समाज यूएईमा अध्यक्ष कर्ण बहादुर थापा मगरको अध्यक्षतामा भएको थियो ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com