|
nepalqatar.com |
Refresh your browser for latest updates (best viewed at 1024X768) |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
News updated on: 09 March 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
बेल्जियममा तमुहरुको चौंथो अधिवेशन सम्पन्न |
| चितवन डट कम - 09/03/2006 |
|
बेल्जियम,
यहां रहेका तमुहरु
“एक हौं र आफनो भाषा,
कला,
संस्कृतिलाई बचाऔं”
भन्ने मूलनारासहित लामो समयको
छलफल अनि वहसको
निष्कर्ष पछि २५ जून २००० का दिन ऐतिहासिक रुपमा नै युरोपको
बेल्जियममा स्थापना
भएको तमु समाज बेल्जियमको चौथो महाअधिवेसन अत्यन्तै
सौहार्दतापूर्ण
वातावरणमा गत ५ मार्च २००६ आईतवारका दिन एन्टवेर्पेन शहरमा दुइ
चरणमा सु-संपन्न भएको
थियो। दोस्रो चरणको कार्यक्रममा निवर्तमान महासचिव श्री युवराज तमुले संचालन गर्नु भएको थियो। निवर्तमान अध्यक्ष श्री टंक प्रसाद तमू, श्री मीन तमू, श्री नारायण तमू, श्री टिकाराम तमू, श्री श्रीप्रसाद तमूज्यू लगयतका पांच अध्यक्ष मण्डल चयन गरियो । पहिलो चµणमा प्रस्तुत गरिएको कोषाध्यक्ष तथा महासचिवको प्रतिवेदन माथि व्यापक रुपमा छलफल गरि संशोधन सहित पारित गरियो । त्यसपछि पांच अध्यक्ष मण्डलको अध्यक्षतामा तमु समाज बेल्जियमको चौथो महाअधिवेशनले १३ सदसिय नयां कार्य समिति चयन गयो । जस अनुसार अध्यक्षमा श्री कुमार तमु उपाध्यक्षमा श्रीमती दिल कुमारी तमुस्यो, महासचिवमा श्रीमती जानकी तमुस्यो, सचिवमा श्री बालेन्द्र तमु, कोषाध्यक्षमा श्रीमती शुष्मा तमूस्यो र सदस्यहरुमा श्री युवराज तमु, श्रीमती दुर्गा तमुस्यो, श्री अर्जुन तमु, श्री नारायण तमू, श्रीमती बविता तमूस्यो, श्री जुमकाजी तमू, श्री दिपक तमुलाई चयन गरियो। रिक्त रहेको एक सदस्य पदमा नयां कार्य समितिको बैठकले चयन गर्ने गरि निर्णय गरियो । पांच अध्यक्ष मण्डलकै अध्यक्षतामा कार्यकारी सल्लाहकार समितिको पनि चयन गरियो । जस अनुसार श्री टंक प्रसाद तमू, श्री टिकाराम तमू, श्री नन्द राज घले, श्री खेम तमू, श्री जित तमूलाई चयन गरियो । यसपछि नयां कार्य समितिलाई आदरणीय संरक्षक सदस्य श्रीमती यम कुमारी तमुस्यो द्वारा सपथ ग्रहण गराउनुभएको थियो भने क्रमशः श्री राम बहादुर तमू , श्री मीन तमू तथा श्रीटंक प्रसाद तमूज्यूबाट धन्यवाद प्रकट गर्नु भएको थियो । यसै गरि नयां कार्य समितिलाई समाजका आदरणिय संरक्षक सदस्य श्री नारायण तमूकी आमा श्रीमती दिलमाया तमूस्योज्यूले खादा ओढाई शुभ कामना दिनु भएको थियो । नयां कार्य समितिको तर्फबाट महासचिव श्रीमती जानकी तमुस्योले आगामी आउने कुनै पनि जनजातिय समस्यहरुको सवालमा समाधान गर्न समाजले पनि हातेमालो गर्दै आफनो जिम्मेवारीलाई पूर्ण रुपमा निभाउने अठोट प्रकट गर्नु भएको थियो भने, अध्यक्ष श्री कुमार तमूले समाजको स्थापनामा आफूले निभाउनु भएको भूमिका माथि प्रकाश पार्दै आगामी दिनहरुमा समाजको हकहितको लागि आफू अझ लागी पर्ने जानकारी दिदै दोस्रो चरणको कार्यक्रम विर्सजन भएको थियो। अन्तमा निवर्तमान अध्यक्ष श्री टंक प्रसाद तमूज्यू र उहांकी श्रीमती तथा समाजका आदरणिय संरक्षक सदस्य श्रीमती डोल्मा तमूस्यो द्वारा रिसिप्शेनको आयोजना गरिएको थियो भने नांचगान सहित रमाईलो वातावरणमा कार्यक्रमको समापन भएको थियो। साभारः चितवन डट कम
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |