|
nepalqatar.com |
Refresh your browser for latest updates (best viewed at 1024X768) |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
News updated on: 13 March 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
राजदुतावास र प्रवासी नेपालीहरु बीच अर्न्तकृया |
| खेमनाथ पौड्याल - 13/03/2006 |
|
साउदी अरब, साउदी अरबका लागि शाहि नेपाली राजदुत तथा राजदूतावासका कर्मचारीहरु र प्रवासी नेपालीहरु बिच विषेश अर्न्तकृया कार्यक्रम सम्पन्न भएको छ । साउदी अरबको पूर्वी प्रान्त दमाम शहरबाट प्रवासी नेपालीहरुको प्रतिनिधित्व गरी जानु भएका, लुम्विनी प्रवासी सम्पर्क मञ्चका अध्यक्ष कृष्ण प्रसाद शर्मा सुवेदी, प्रवासी नेपाली डट कम्का निर्देशक तथा चौतारी खवर पत्रिकाका प्रधान सम्पादक, एल. वि (सागर) श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरब च्याप्टरका सभापति तथा चौतारी खवर पत्रिकाका सम्पादक खेमनाथ पौडेल, अनेसास साउदी अरेविया च्याप्टरका महासचिव मोति चाम्लिङ्ग, प्रवासी नेपाली डट कम्का सम्पादक राजु बिक्रम खतिवडा, तुफान साप्ताहिकका सम्पादक कमल महत, सिन्धुली प्रवासी मञ्चका अध्यक्ष भरत लामा, लुम्विनी सांस्कृतिक परिवारका सह-संयोजक तिलक गुरुङ्ग र धनकुटा सम्पर्क मञ्चका अध्यक्ष हेम बहादुर कार्कि, समाज सेवी बिष्णु थापा सम्मिलीत एक टोली र राजदुत आबुलेइस ठाकुर्राई र राजदुतावासका कर्मचारीहरु बिच विभिन्न विषयमा अर्न्तकृया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा साउदी अरबको पुर्वि प्रान्त दमाम जहाँ नेपालीहरु अन्य ठाउँमा भन्दा बढी छन् त्यहाँ राजदुतावासको अस्थाई वा स्थाई कार्यालय खोली नेपाली राहदानी नविकरणको लागि पहल गर्न ज्ञापन पत्र पेश गरिएको थियो । ज्ञापन पत्र मोती चाम्लीङ्गले वाचन गर्नु भएको थियो भने टोलीका सम्योजक कृष्ण प्रसाद शर्मा सुवेदीबाट उक्त ज्ञापन पत्र राजदुत आबुलेइस ठाकुर्राईलाई हस्तान्तरण गरीएको थियो । उक्त ज्ञापन पत्र हस्तानतरण पश्चात राजदुत महोदयले अत्यन्तै सकारात्मक कदम अविलम्व उठाइहाल्ने प्रतिबद्धता ब्यक्त गर्दै टोलीलाई पूर्ण बिश्वास र भरोषा दिलाउनु भयो । यसले गर्दा जो नेपालीहरु न्युन तलवमा कार्यरत छन् उनीहरुले सुलभ तरिकाले राहदानी नविकरण गर्न सक्नेछन् । साथै नेपालीहरुको समस्याहरुलाई राजदुतज्यूले नजिकैबाट नियाल्न सक्नेछन् । अर्न्तक्रृया कार्यक्रम बिहान करिब ९:४५ देखि मध्यान्ह १२ बजे सम्म सञ्चालन भएको थियो ।
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |