nepalqatar.com

Refresh your browser for latest updates   (best viewed at 1024X768)

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back 

News updated on: 10 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यूएई ले नेपलीलाई रोजगारीका अवसर वृद्ध गर्ने

नेक सम्वाददाता - 10/04/2006
 

संयुक्त अरव ईमिरेट्सले नेपाली कामदारहरुलाई रोजगारीको अवसर वृद्ध गर्न सहमति जनाएको छ । परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे तथा यूएईका उच्च पदस्थ अधिकारीहरु विच आवुधावीमा भएको बैठकमा सो सहमित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसै बिच आबुधावीस्थित शाही नेपाली राजदूतावासले जनाएअनुसार परराष्ट्रमन्त्री पाण्डेले संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री सेख अब्दुल्लाह बिन जायेद अल नाहृयानसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो । भेटका अवसरमा दुवै परराष्ट्रमन्त्रीहरूले द्विपक्षीय सम्बन्धका विविध पक्षमाथि पुनरवलोकन गर्दै निरन्तर विकसित सम्बन्ध र सहयोगप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँहरूबीच क्षेत्रीय तथा अन्तरराष्ट्रिय चासो र महत्वका विषयहरूमा विचार आदानप्रदान भएको थियो ।


बैठकमा परराष्ट्रमन्त्री स्तरमा परामर्श संयन्त्र स्थापना गर्ने पनि सहमति भएको छ ।
दुवै परराष्ट्रमन्त्रीहरूले दुइ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आगामी दिनमा अझ निकट रही काम गर्ने बलियो इच्छा व्यक्त गर्नुभएको पनि राजदूतावासले जनाएको छ ।


त्यसैगरी परराष्ट्रमन्त्री पाण्डेले इमिरेट्सका श्रममन्त्री डा. अली बिन अब्दुल्लाह अल काबीसँग भेट गरी युएइका विभिन्न सरकारी तथा निजी क्षेत्रमा नेपाली नागरिकहरूलाई न्यूनतम औपचारिक प्रक्रियाका साथ अझ बढी रोजगारी उपलब्ध गराउन आग्रह गर्नुभयो ।


त्यस अवसरमा युएइका श्रममन्त्रीले आफ्नो तर्फाबाट यथासम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

 

उहाँले इमानदारी र परिश्रमका लागि नेपाली कामदारहरूको प्रशंसा गर्दै बदलिँदो बजार आवश्यकताअनुरूप नेपाली कामदारहरूको सीप अभिवृद्धि गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
युएइको निर्माण व्यवसायमा नेपाली निर्माण कम्पनीहरूको संलग्नताको सम्भावनाको खोजीबारे पनि विचार आदानप्रदान भएको थियो ।

 

भेटका अवसरमा कार्यवाहक शाही नेपाली राजदूत मधुवन पौडेलको पनि उपस्थिति थियो ।

 

परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे यूएईको औपचारीक भ्रमणको सिलसिलामा गत शुक्रबार आवुधावी पुग्नुभएको थियो ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com