nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 15 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


मस्कोबाट द्विभाषिक सूचनापत्र प्रकाशित

नेक सम्वाददाता - 15/04/2006

मस्को शाही नेपाली रादूतावास, मस्कोबाट नेपाली रुसी भाषामा द्विभाषिक सूचनापत्र नयां वर्ष२०६३ देखि प्रकाशित गरिएको

 

नयां वर्ष२०६३ प्रारम्भ भएको उपलक्ष्यमा शाही नेपाली राजदूतावासमा आयोजित शुभ-कामना आदान प्रदान जलपान कार्यक्रममा उक्त सूचनापत्र वितरण गरिएको थियो कार्यक्रममा उपस्थित हुनु भएकी कलमिकिया गणतन्त्रका राष्ट्रपतिका राज्य सल्लाहकार पोकानिनोभा एलेनालाई पनि उक्त सूचनापत्र प्रदान गरिएको थियो श्री महाराजाधिराज सरकारवाट बक्स भएको नयां वर्ष शुभकामना सन्देश, २०६३ मा नेपाल-रुस वीचका प्रमुख घटनाहरुको विवरण, एवं पछिल्लो गतिविधिका समाचारहरु उक्त सूचनापत्रमा समावेश गरिएका छन् उक्त समारोहमा शाही नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले उपस्थित सबैलाई नयां वर्ष २०६३ को सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नु हुँदै हाम्रो देशमा शान्ति सुव्यवस्थाको कामना गर्नु भएको थियो यसै अवसरमा कलमिकिया गणतन्त्रका राष्ट्रपतिका राज्य सल्लाहकार पोकानिनोभा एलेनाले पनि नेपालको नयां वर्षको उपलक्ष्यमा उपस्थित सवैलाई हार्दिक शुभकामना व्यक्त गर्नु हुदै आउदो वर्ष नेपाल रुस बीचको सम्वन्धमा अझ प्रगाढता आउने विचार व्यक्त गर्नु  भएको थियो यसै अवसरमा उहांले कालमिकिया गणतन्त्रले शाही नेपाली राजदूत हिरण्यलाल श्रेष्ठलाई कालमिकियाको मानार्थ नागरिकता प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको थियो यसै अवसरमा रुस नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्ष डा. कृष्ण रिजालले उपस्थित सवैलाई हार्दिक शुभकामना व्यक्त गर्नु हुदै कालमिकियाले शाही नेपाली राजदूतलाई मानार्थ नागरिकता प्रदान गरिएकोमा आफूलाई गर्व लागेको विचार व्यक्त गर्नु हुदै यस वर्ष नेपाल रुसबीचको सम्वन्ध अझ विस्तार भै आउंदा दिनहरुमा दूइ देश वीचको व्यापार तथा सास्कृतिक क्षेत्रमा अभिबृद्धि रहोस भन्ने कामना गर्नु भएको थियो कार्यक्रममा मस्कोमा रहनु भएको बरिष्ठ साहित्यकार कृष्ण प्रकाश श्रेष्ठ, मस्कोको विद्यार्थी संघका अध्यक्ष रामेश्वर गिरी, डा. प्रबोधमान प्रधान, गोरे शेर्पा लगायत रवी प्रधानले पनि उपस्थित सवैलाई हार्दिक शुभकामनाका साथै देशमा शान्ति, स्थिरता संमृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो  राजदूतावास परिवार मस्को स्थित नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु सहभागी भएको उक्त कार्यक्रम पश्चात जालपान कार्यक्रम रहेको थियो


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com