nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 15 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


मस्कोमा रुसी पर्वतारोहीहरु - नेपालका मित्र प्रदर्शनीको शुभारम्भ

नेक सम्वाददाता - 15/04/2006

मस्को शाही नेपाली राजदूतावास मस्कोमा रुस पर्वतारोही महासंघको समेत सहभागितामा रुसी पर्वतारोहीहरु - नेपालका मित्र प्रदर्शनी आरम्भ गरेको प्रदर्शनीको समुदघाटन शाही नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ तथा वरिष्ठ पर्वतारोही प्रशिक्षक आनातोली अवसिन्निकोभबाट पानसमा बत्ती बालि गरिएको थियो रुस पर्वतारोही महासंघका प्रतिनिधि ओलेग फ्योदोरोभले आफ्नो स्वागत वक्तव्यमा उक्त प्रदर्शनी शाही नेपाली राजदूतावासमा सम्पन्न भईरहेको सन्दर्भमा महामहिम राजदूतज्यू प्रति कृतज्ञता ज्ञापन गर्दै उदघाटन समारोहमा उपस्थित सबै महानुभावहरुलाई स्वागत गर्नुभयो

महामहिम राजदूत हिरण्यलाल श्रेष्ठले विक्रम सम्बत २०६३ को शुभ उपलक्ष्यमा सबैलाई शान्ति मित्रता समृद्घिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै भन्नुभयो - संसारका सबभन्दा अग्ला १० वटा चुचुराहरु मध्ये वटा नेपालमा रहेको हिमश्रृंखलाको देश भएकोले रुसी लगायत संसारभरका पर्वतारोहीहरुको लागि प्रमुख गन्तव्य स्थल वास्तवमा पर्वतारोहीहरुको अन्तरराष्ट्रिय राजधानी नेपाल भएको तथ्य सर्वविदित तेन्जिङ्ग शेर्पा एडमन हिलारीले सर्वप्रथम १९५३ मा सगरमाथाको सफल आरोहण गरि विश्व र्कीतिमान खडा गर्नुभयो रुसी टोली पहिलो पटक सफल भएको १९८२ मा हो त्यसपछि पनि धेरै पटक उत्तर दक्षिण मोहडाबाट रुसी पर्वतारोहीहरु सगरमाथा चढ्न सफल भएका छन् नेपालका अन्य अनेकौं चुचुराहरुमा पनि रुसी पर्वतारोहीहरुले सफलता प्राप्त गरेका छन् ती सबै पर्वतारोहीहरुलाई सलाम गर्दछु

उहाँले पर्वतारोहण कै क्रममा वीरगति प्राप्त गर्नेहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्ने प्रस्ताव राख्नु भएपछि सबैले उभिएर एक मिनेट मौन धारण गरे उहाँले हिमाली देश नेपालका सवभन्दा पुरानो स्थायी मित्र पर्वतारोहीहरु भएकोले नेपाल रुस बीचको दौत्य सम्वन्ध स्थापनाको ५० औं वर्षगाठ पर्वतारोहीहरुसँग मिलेर विशेष कार्यक्रम मनाउने सन्दर्भमा आज यस रुसी पर्वतारोहीहरु - नेपालका मित्र प्रदर्शनीको आयोजना गरिएको जनाउनु हुँदै रुसी पर्वतारोहीहरुले आफ्नो साथमा नेपालीहरुलाई पनि प्रशिक्षित गरी पर्वतारोहण गर्ने अवसर प्रदान गरेको १९६० को दशकमा नै डा. प्रवोध मान सिंह प्रधानले लेनिन चुली चढ्न सफल भई  सगरमाथामा रुसको झण्डा लेनिन चुलीमा नेपालको झण्डा फहर्राईएका सुखद घटनाहरुबाट नेपाल रुस वीचको सम्वन्धलाई पनि निकै उचाँइमा पुर्याउन दुवै देशका पर्वतारोहीहरुबाट भएको योगदानको उच्च मूल्याङ्कन गर्नु भयो वहाँले यो वर्षशान्तिका लागि सगरमाथाको आरोहण गर्ने विशेष कार्यक्रम तर्जुमा गरिएको इशाई, इस्लाम, यहुदी, हिन्दु बौद्ध पाँचै धर्मका अनुयायीहरु, जुन टोलीभित्र इजरायली पैलिष्टायनी पनि समावेश छन् , यस अन्तरराष्ट्रिय आरोहण टोलीले सगरमाथामा पुगेर अन्तर-धार्मिक समझदारी विश्व शान्तिका लागि संयुक्त रुपमा प्रार्थना गर्ने आकर्षक कार्यक्रम राखिएको सुचना दिनु हुँदै यस शान्ति अभियानको पूर्ण सफलताको लागि साझा शुभकामना प्रकट गर्नु भयो   उहाँले आफ्नो वक्तव्यको अन्त्यमा वास्तवमा यो धरतीमा हिमालको अस्तित्व रहेसम्म, नेपाल रुसी पर्वतारोहीहरु वीचको सम्वन्ध निरन्तर कायम रहनेछ भन्नु हुदै नेपाल-रुस बीच दौत्य सम्वन्ध स्थापनाको ५० औं वर्षो सर्न्दर्भमा नेपालको कुनै हिमचुलीमा रुस नेपालका पर्वतारोहीहरुको संयुक्त आरोहण सम्पन्न गरी उक्त हिमाललाई मैत्री चुचुरो नामाकरण गर्ने प्रस्ताव पनि राख्नु भयो

 

आनातोली अवसिन्निकोभले नेपाल-रुस दौत्य सम्वन्ध स्थापनाको स्वर्ण जयन्तीको सर्न्दर्भमा शाही नेपाली राजदूतावास मस्कोमा रसियाली पर्वतारोही नेपालका मित्र भन्ने शिर्षकमा प्रदर्शनीको आयोजनाका लागि राजदूतावासप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नु भयो कलमिकिया गणतन्त्रका राष्ट्रपतिका राज्य सल्लाहकार एलेना पोकानिनोभाले बुद्धको जन्म स्थल नेपाल बुर्द्धधर्मका अनुयायीहरुद्धारा बसोवास गरिएको कलमिकिया बीच भावनात्मक सम्वन्ध रहेको चर्चा गर्नुहुदै कलमिकिया गणतन्त्रका राष्ट्रपति किरशान इलुमजिनोभको आदेश अनुसार शाही नेपाली राजदूत श्री हिरण्यलाल श्रेष्ठलाई कलमिकियाको मानार्थ नागरिकता प्रदान गरिएको जानकारी दिनुभयो   मस्को पर्वतारोही संघका अध्यक्ष यूरी टिनिनले समारोहमा उपस्थित नेपालका हिमचुलीहरु आरोहण गर्ने रसियाली पर्वतारोहीहरुलाई बढाई ज्ञापन गर्नुभयो गैर आवासिय नेपाली संघ, अन्तरराष्ट्रिय समिति तथा रुस सीआइएस नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालप्रति विशेष स्नेह राख्ने रुसियाली पर्वतारोहीहरुलाई नेपालको नयाँ वर्षो सर्न्दर्भमा उत्तोरोत्तर सफलताको कामना गर्दै कालो सुन, पहेलो सुनको वोलवाला भएको अहिलेको जमानामा नेपालका मित्र रसियाली पर्वतारोहीहरुले सेतो सुनको महत्व भविष्यमा अझै बढाउदै लैजानेछन् भन्ने आशा प्रकट गर्नुभयो

 

उदघाटन समाहरोहमा रुस पर्वतारोही महासंघका कार्यकारी महासचिव भ्लादिमिर साटालोभ यूरोएशिया पर्वतारोहण संघका अध्यक्ष, प्रथम रसियाली सगरमाथा विजेता एडुआर्ड मिस्लोभस्की, रुस नेपाल मैत्री एवं सहयोग समाजका अध्यक्ष अलेक्सान्द्र सोलोभियोभ आदीले पनि वक्तव्य दिनु भएको थियो   समारोहको अवसरमा रुसी पर्वतारोहीहरुको तर्फाट काठमाडौंदेखि सगरमाथा सम्म भन्ने विषयमा स्लाइड पर््रदर्शन गरिएको थियो भने शाही नेपाली राजदूतावासको तर्फाट नेपाल विषयक वृतचित्र देखाइएको थियो समारोहमा भाग लिने महानुभावहरुले नेपालका हिमचुलीहरुको फोटो रसियाली पर्वतारोहीहरुका नेपाल सम्वन्धी चित्र फोटोहरुको अवलोकन गरेका थिए शाही नेपाली राजदूतावासबाट नयाँ वर्षो अवसरमा प्रकाशित सूचनापत्रको प्रथम अंक पनि वितरण गरिएको थियो

 

आज भएको कार्यक्रममा मस्कोमा रहेका ६० जना जती पर्वतारोहीहरु, नेपाली पर्वतारोही प्रवोध मान सिंह प्रधान, मस्कोका केही संचारकर्मीहरु, मस्कोमा रहेका नेपाली संघ संस्थाका पदाधिकारीहरु, स्थानीय परराष्ट्र मन्त्रालयका पदाधिकारी, रुस-नेपाल मैत्री समाजका पदाधिकारीहरु, राजदूतावास परिवारहरु मस्कोमा व्यवसायी गरी बसेका केही नेपालीहरु सहभागी भएका यस पर््रदर्शनी समारोहको औपचारिक खण्डको संचालन बरिष्ठ साहित्यकार श्री कृष्ण प्रकाश श्रेष्ठज्यूले गर्नुभएको थियो औपचारिक खण्डको समाप्ती पश्चात तिब्वत किचन रेष्टुराको सौजन्यमा दिवा भोजको पनि आयोजना गरिएको थियो  


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com