|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
|
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 17 April 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यूएई मा नयाँ वर्षको कार्यक्रम सम्पन्न |
| यूएईबाट हरी खड्का - 17/04/2006 |
|
नयाँ बर्ष २०६३ सालको उपलक्ष्यमा नेपाली समाज यु.ए.इ. (केन्द्रिय समिति) वाट आयोजित अन्तर इमिरेट्स खेलकूद तथा सांस्कृतिक कार्यक्रम अजमान बिच होटलमा बैशाख १ गते प्रमुख अतिथि कार्यबहाक राजदूत श्री मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यमा राजदुतावासका द्धितिय सचिव प्रकाश मणि पौडेल, तृतिय सचिव बिक्रम गरी, प्रसिद्ध उद्योगपति श्री बिनोद कुमार चौधरी (चौधरी ग्रुप नेपाल), नेपाली समाजका संस्थापक अध्यक्ष तथा इमिरेट्स एयरलाईन्सका सिनियर क्याप्टेन प्रचण्ड जंग शाह, यु.ए.इ.मा कार्यरत बिभिन्न संघ संस्थाका प्रतिनिधी, व्यापारी, बिभिन्न पेशामा कार्यरत प्रवासी नेपालीहरु सहित करीव ७५० भन्दा बढी प्रवासी नेपालीको सहभागितामा नयँ बर्ष २०६३ सालको कार्यक्रम समापन भयो ।
कार्यक्रमको सभापतित्व प्रचण्ड जंग शाह र स्वागत मन्तव्य नेपाली समाजका सभापति कृष्ण ढकालले दिनु भएको थियो । शुभकामना सन्देशको सिलसिलामा कार्यबहाक राजदुतवाट यु.ए.ई.मा कार्यरत सम्पुर्ण संघ संस्थाहरु एकजुट भएर एउटै नेपाली समाजमा आवद्ध हुनु पर्ने सन्देश दिनु भयो भने उद्योगपति श्री बिनोद कुमार चौधरीले देशको आर्थिक अवस्था नाजुक भएको र बिदेशवाट गएको रेमिण्टेन्सले देशलाई ठुलो सहयोग प्राप्त भएको र प्रवासी नेपालीले देश बिकासमा खेल्न सक्ने भुमिकाको बारेमा जानकारी गराउनु भयो । त्यसैक्रमा नेपाली समाज ओमानका सभापति खेम वहादुर तिवारीले पठाउनु भएको शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाईयो ।
खेलकुद कार्यक्रममा यु.ए.ई. अन्तरगतका सम्पुर्ण इमिरेट्सवाट १२ टीम भलिवल, ६ टीम तान डोरी (Tug of War) को सहभागिता रहेकोमा भलिवल खेलमा मुसाफा क्षेत्रिय समिति प्रथम, उमलक्वीन दोश्रो र तान डोरीमा आवुधावी क्षेत्रिय समिति प्रथम भएको थियो । खेलकूद कार्यक्रम पछि यु.ए.इ. मा रहेका ख्याती प्राप्त नेपाली कलाकारवाट करीव ३ घण्टाको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरियो । सांस्कृतिक कार्यक्रममा आवुधावी सांस्कृतिक समुहको सहभागिता तथा प्रदर्शन उत्कृष्ट रहेको थियो ।
कार्यक्रमको लागि करीव ३/४ सय कि.मि. टाढा रहेका क्षेत्रिय क्षेत्रिय समितिहरु लगायत १० वटै क्षेत्रिय समितिवाट व्यापक जनसहभागिता भएको थियो । नयाँ बर्षको कार्यक्रममा नेपाली टिभीको बारेमा दर्शकहरुलाई जानकारी गराइएको र सबैवाट नेपाली टिभीको प्रशंसा गरि नेपाली टिभीलाई धन्यवाद व्यक्त गरियो । |
|
|
|
|
|
|
|
|
|
|
©nepalqatar.com |