nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 22 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यूएइ मा विदाई समारोह

यूएइ बाट हरी खड्का - 22/04/2006

अप्रिल २०, २००६ का दिन सन् १९९० मा गठन गरिएको नेपाली समाज, युएइका संस्थापक अध्यक्ष तथा इमिरेट् एयरलाईन्समा कार्यरत सिनियर क्याप्टेन श्री प्रचण्ड जंग शाह पुर्व उपसभापति श्री याम वहादुर राना युएइवाट लामो समय पश्चात अवकाश लिई स्वदेश फिर्ता हुने भएकोले वंहाहरुको सम्मानमा बिदाई समारोहको लागि दुवईको प्यानासुयला होटलमा नेपाली समाजले आयोजना गरेको बिदाई समारोहमा वंहाहरुलाई दोसल्ला ओडाई व्यापक जनसहभागिताका साथ बिदाई समारोह सम्पन्न भयो

 

आजको बिदाई समारोहको सभापतित्व नेपाली समाज, युएइका सभापति कृष्ण ढकालले गर्नु भएको थियो भने प्रमुख अतिथी कार्यवहाक राजदूत श्री मधुवन प्रसाद पौडेलको आतिथ्यमा राजदूतावासका तृतिय सचिव बिक्रम गिरी लगायत नेपाली समाजका केन्द्रिय पदाधिकारी तथा बिभिन्न १० वटा क्षेत्रिय पदाधिकारी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागितामा सम्पन्न भयो बिदाई समारोहमा सबै वक्ताहरुले सन् १९९० को खाडी संकटमा नेपालीहरुको हितको लागि गठन गरिएको नेपाली समाजमा संस्थापक अध्यक्षको भुमिका सह्रानिय कार्य गर्नु भएको वंहाको समाज प्रतिको भुमिकालाई आगन्तुक पदाधिकारीवाट पनि अनुशरण गर्दै लैजानु पर्ने कुरा औल्याइएको थियो त्यस्तै पुर्व उपसभापति याम वहादुर राना लामो समयदेखि नेपाली समाजमा कटिबद्ध भई समाजको उत्तरोत्तर प्रगतीमा सह्रानिय कार्य गर्नु भएकोमा वंहालाई कदरपत्रवाट सम्मान गरिएको थियो

 

नेपाली समाज, नेपालमा पनि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भईसकेको निकट भबिष्यमा काठमाण्डौमा सम्पर्क कार्यालय खोल्ने तयारी भएको सो को लागि संस्थापक अध्यक्षवाट सहयोग हुने अपेक्षा गरिएको थियो नेपालमा सम्पर्क कार्यालय खोली खाडी मुलुकमा रोजगारको लागि आउने श्रमिकहरुलाई श्री को सरकारसंग समन्वय गरी ओरियन्टेशन तालिम दिने नेपालमा भैपरी आउने दैवी प्रकोप लगायत अन्य सामाजिक कार्यमा नेपाली समाज, युएइले सक्दो सहयोग गर्ने नीति समेत लिएको


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com