nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 23 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


अमेरिकामा जनआन्दोलनको समर्थनमा कार्यक्रम

नेक सम्वाददाता - 23/04/2006

नेपालमा चलिरहेको जनआन्दोलनको समर्थनमा ऐक्यवद्दता प्रकट गर्ने क्रममा अमेरिकाको वासिंङ्गटन डीसी मेट्रोपोलिटन क्षेत्र वरपर बस्ने नेपालीहरुले अमेरिकी संसद भवन अगाडि शुक्रबार एक विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरे

 

कार्यक्रममा नेपालको जनआन्दोलनको समर्थनमा विभिन्न नाराहरु लगाइएको थियो

सो विरोध कार्यक्रममा अमेरिकी संसद जेम्स टी बाल्सले आफू विरोध प्रदर्शनमा सहभागी हुन नपाएको भन्दै एक सन्देश आफ्नो कर्मचारीमार्फत सहभागीहरुमा पढेर सुनाउन पठाउनुभएको थियो सन्देशमा आफू सन् १९७० देखि ७२ सम्म पिसकोर स्वय्मसेवक भएर नेपालमा काम गरेकाले नेपालप्रति आफ्नो सधैं सद्भाव माया रहेको जनाउँदै नेपालमा आफू नेपाल नेपाली जनताहरुले शान्ति स्थीरता प्रजातन्त्र पाउनुपर्छ भन्ने कुराको समर्थन रहेको जनाउनुभएको थियो

 

राजा ज्ञानेन्द्रले सरकार जनतालाई फिर्ता गरेर उनीभन्दा अगाडिका राजा वीरेन्द्रले झैं प्रजातन्त्र फस्टाउने मौका दिनुपर्छ राजा वीरेन्द्रले २०४६ मा जनताको चाहना सुने झैं प्रजातन्त्र फिर्ता दिनुपर्छ भन्ने कुरा उक्त सन्देशमा उल्लेख गरिएको । सन्देशमा अगाडि भनिएको , अमेरिकी सांसद वाल्सले राजा ज्ञानेन्द्रलाई मानवअधिकारको सम्मान गर्न प्रजातन्त्रको पक्षमा सडकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनकारीहरुमाथि गोली हान्न दिइएको अधिकार फिर्ता लिन समेत आग्रह गर्नुभएको

 

सो सन्देशमा, सांसद वाल्सले राजालाई थप आग्रह राजनीतिक दलहरुसँग स्वस्थ्य विश्वासका साथ नेपालको स्थायी दीगो शान्तिका लागि वार्ता गर्न अनुरोध गर्दै जसले सही नतिजा निकाली नेपालको लागि दीगो स्थायी शान्ति आओस् भन्ने सांसद वाल्सको सन्देशमा उल्लेख गरिएको

 

उक्त अवसरमा एम्नेष्टी इन्टरनेशनल साउथ एसियाका डाइरेक्टर टी कुमारले एम्नेष्टीद्धारा नेपालमा निहत्था नागरिकमाथि दमन तथा हत्या गरिएकोप्रति चासो राखेको बताउँदै राजा सेनाहरुलाई नागरिकहरुको मानवअधिकारको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो

 

अर्का वक्ता अधिवक्ता दिनेश त्रिपाठीले नेपालका सेना तथा सुरक्षा परिषद्का अधिकृतहरुले जसरी मानवअधिकारको उल्घंन गर्दै निहत्था मान्छेहरुमाथि हत्या हिंसामा उत्रेका छन् ती मानवअधिकार उल्लंघन गर्नेहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी कठघरामा उभ्याइने भन्नुभयो प्रजातान्त्रिक मुलुकहरुले त्यस्ता व्यक्तिहरुलाई भिसा लगाउन रोक्नुपर्ने विमानस्थलबाटै त्यस्ता व्यक्तिहरुलाई गिरफ्तार गरेर कानुनी प्रक्रिया अगाडि बढाउने प्रतिवद्दता व्यक्त गर्नुभयो

 

त्रिपाठीले त्यस्ता अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुलाई अन्तरराष्ट्रिय अदालतमा नरसंहार गरेकोमा उभिनुपर्ने भन्दै उनीहरुले बेलैमा जनतामाथिको दमन बन्द गर्न समेत आग्रह गर्नुभयो

 

अर्का वक्ता हृयुमनराइट् कमिटी युएसएका अध्यक्ष डा. बलराम अर्यालले पुस्तौं पुस्तासम्मका राजतन्त्रका कारणले नेपाली जनताले दुःख पाउनुको बदला एकैपटक नेपालमा लोकतान्त्रिक पद्दतिको स्थापना हुनुपर्ने कुरामा जोड दिनुभयो मानवअधिकारको उल्लंघन गर्ने माओवादी सरकारी सेनाहरुलाई अन्तरराष्ट्रिय कानुनले छाड्न नहुने कुरा व्यक्त गर्नुभयो

 

कार्यक्रममा होमराज आचार्य, कृष्ण कँडेल, प्रेम संग्रौला, गिरीश पोखरेलले पनि नेपालमा चलिरहेको आन्दोलनको समर्थन गर्दै आन्दोलनलाई कुनै हालतमा पनि रोक्न नहुने बताउनुभएको थियो

 

कार्यक्रमका सञ्चालक राजेन्द्र वलीले राजाको घोषणा धोका हो भन्दै यो आन्दोलनले नै संविधानसभाका लागि थप दवाव दिनुपर्छ भन्दै दीगो शान्तिका लागि माओवादीहरुलाई राजनीतिक मूल धारमा ल्याउने वातावरण बनाउँदै मुलुकलाई द्धन्द्धबाट मुक्त दिलाउनुपर्ने कुरा बताउनुभयो नेपालको इतिहासमा राजतन्त्र सधैं नै प्रजातन्त्रका लागि बाधा अड्चन भएको कुरा जनताले महसुस गरेको हुँदा नै देशमा अहिले जनक्रान्ति शुरु भएको हो फेरी यस्तो अवसर इतिहासमा कहिले पनि प्राप्त नहुने ओलीले सोही अवसरमा बताउनुभयो नेपालका राजनीतिक दलहरु दरवारहरुले विदेशीको वुइ चढेर सम्झौताको राजनीतिकले नेपाललाई फेरी अर्को युद्धभूमीमा परिणत गर्ने भावी पुस्ताले पुनः अर्को आन्दोलन गर्नुपर्ने वाध्य परिस्थिति सृजना हुनेछ त्यसकारण यही अवसरमा नेपालमा पूर्ण लोकतान्त्रिक पद्दतीको स्थापना गर्न सके भावी पिढीहरुले फेरी आन्दोलन गरिराख्नुपर्ने हुँदैन ओलीले भन्नुभयो


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com