|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
|
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 24 April 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
जापानमा कार्यरत नेपालीहरुद्वारा आन्दोलनमा एक्यवद्धता |
| नेक सम्वाददाता - 24/04/2006 |
|
जापानको गुन्माकेनका कार्यरत मानवअधिकार तथा शान्ति प्रतिष्ठान, नेपाली लोकतान्त्रिक सहयोग समाज तथा नेकपा एमालेप्रवास कमिटीले एक संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी अबको आन्दोन लोकतन्त्र भन्दा अन्य कुनैपनि सर्तमा समझौता हुन नहुने भन्दै आन्दोलनलाई थप उचाईमा पुर्याउदै लोकतान्त्रिक गणतन्त्रको दिशानिर्देशको लागि नैतिक समर्थन गर्दै एक्यवद्धता जाहेर गरेका छन् ।
हामीलाई प्राप्त भएको विज्ञप्तीमा भनिएको छः नेपालको इतिहासमा राजतन्त्रले नेपाली जनताहरुलाई पटकपटक धोका दिदै आएकोकुरा सर्वविदितै छ । र, फेरी आज लोकतान्त्रिक आन्दोन चरम उत्कर्षा पुगेकोबेला जनआन्दोनका संवाहक शक्तिहरुसंग सामान्य छलफल समेत नगरी जनताको मर्म र भावनाको विपरित एउटा शाही संबोधनरुपी खेस्रा का नाममा जनआन्दोलन तुहाउन खोजिएकोछ । राजाको कुत्सित षडयन्त्रलाई भण्डाफोर गर्दै जनआन्दोन लाई अझ उचाईमा पुर्याएर २३७ बर्षको गलगाँड बनेर बसेको राजतन्त्र सदाका लागि अन्त्य गरी नेपाली जनताको महान जनआन्दोलनलाई विजय उन्मुख गराउन सम्पूर्ण राजनीतिक शक्तिहरु,पेशाकर्मी, मानवअधिकारवादी,पत्रकार, वकिल, डाक्टर, प्रध्यापक, शिक्षक, विद्यार्थी, उद्योग-व्यापारी देखि किसान-मजदुर सम्म सबै तह र तप्काका नेपाली दाजुभाईतथा दिदी बहिनीहरुलाई हार्दिक आवहान गर्दछौ । शान्तिपूर्ण जनआन्दोलनमा उत्रेका जनसमुदाय माथि गरिएको वर्वर दमनको घोर भर्त्सना गर्दछौ। हामी प्रवासमा रहेका सम्पूर्ण नेपालीहरु तथा संघ संगठनको तर्फबाट अबको आन्दोन लोकतन्त्र भन्दा अन्य कुनैपनि सर्तमा समझौता हुन नहुने भन्दै आन्दोलनलाई थप उचाईमा पुर्याउदै लोकतान्त्रिक गणतन्त्रको दिशानिर्देशको लागि नैतिक समर्थन गर्दै एक्यवद्धता जाहेर गर्दछौ । राजाको षडयन्त्रमुलक शाही सम्बोधनको भ्रममा नपरी जनताको वास्तिविक चाहना लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहयोग र पूर्ण र्समथन गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, छिमेकी राष्ट्रहरु तथा अन्य अन्तरराष्ट्रिय संघ-संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौ।
विज्ञप्तिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापनाको लडाईमा शाहदात प्राप्त गर्नुहुनेतमाम वीरशहीदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ। |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |