nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 24 April 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


एनआरएन जर्मनीले आन्दोलनका घाइतेहरुलाई १ लाख ४१ हजार सहयोग

नेक सम्वाददाता - 24/04/2006

गैरआवासीय नेपाली संघ (एनआरएन), जर्मनीले नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनका घाइतेहरुको सहयोगार्थ १५०० युरो अर्थात एक लाख ४१ हजार नेपाली रुपैयाँ सहयोग गर्ने भएका छन्।

 

एनआरएन जर्मनीले नेपालको राजनीतिक गतिरोध अन्त्य हुनुपर्नेमा जोड दिएको छ। उसले दल-माओवादीबीचको समझदारीलाई लोकतन्त्र स्थापनाको दिशामा चालिएको कदम भनी टिप्पणी गरेको छ।

पछिल्लो एक दशकदेखि चलिरहेको राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वले गर्दा आर्थिक विकासको प्रक्रिया दशकौं पछि धकेलिएको जनाएको छ।

एनआरएन जर्मनीका अध्यक्ष डिलबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा चाँडो राजनीतिक गतिरोधको अन्त्य गरी शान्ति प्रक्रियामा फर्किन सबै पक्षसँग आग्रह गरिएको छ।

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com