|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
|
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 25 April 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
जनआन्दोलनलाइ प्रवासबाट सहयोग |
| पिएनएन सम्वाददाता साउदी - 10/04/2006 |
|
साउदी अरबमा कार्यरत लुम्बीनी प्रवासी सम्पर्क मञ्च दमाम र यस अन्तर्गतका विभिन्न ६ जिल्लाहरुले प्रवासी नेपाली नेटवकर्कको कोअर्डिनेशनमा नेपालमा भइरहेको जनआन्दोलनको समर्थनमा अहिले सम्मकै एकमुष्ट सबैभन्दा बढि रकम प्रदान गरेको छ । लुम्बीनि प्रवासी सम्पर्क मञ्चका अध्यक्ष कृण्ण प्रसाद शर्मा सुवेदीले दिनु भएको जानकारी अनुसार आज नेपालमा रहेको जनआन्दोलन प्राथमीक उपचार कोषमा रकम हस्तान्तरण गरीएको र अझै पनि अन्य सहयोग संकलन को कार्यक्रम सञ्चालन भइरहेको छ । लुम्वीनी प्रवासी मञ्चको द्धन्द्ध पिडीत राहत कोषबाट साउदी रीयाल १२०० र अन्य गरी कुल रु ५४,६५७ हस्तानतरण गरीएको हो। दाताहरुमा नवलपरासी, अर्घाखाची, गुल्मी, पाल्पा , कपिलवस्तु र रुपन्देही जील्ला समितिहरु छन् भने नवलपरासी सम्पर्क मञ्चका सम्मानीत सदस्यहरु राजु शैयद विण्णु थापा, काजीराम श्रेष्ठ, कमल थापा, टोप बहादुर कार्की, यदुनाथ तिमल्सीना र जीवलाल रेग्मी पनि हुनुहुन्छ र साथै लुम्वीनी परीवारले आआफ्नै क्षेत्रबाट सहयोग संकलन कार्यक्रम जारी राखेका छन् ।
लुम्बीनि प्रवासी सम्पर्क मञ्चका अध्यक्ष एवं प्रवासी नेपाली नेटवर्क परिवार साउदी अरबका प्रवन्ध संयोजक कृण्ण प्रसाद शर्मा सुवेदी संग भएको टेलीफोन कुराकानीमा उहाँहरुले देशमा भइरहेको आन्दोलन अन्तीम लक्ष्य प्राप्ती न भएसम्म जारी राख्न र आवश्यक परे स्वदेश फर्कीएर समेत आन्दोलनमा होमीने निर्णय गरेको जानकारी दिनुभयो । उहा संगको संक्षीप्त कुराकानीमा नेताहरुलाइ पदको लोभमा नपरी नेपली जनताको हक हित र अधिकारमा सचेत रहन समेत आव्हान गरेको कुरा जानकारी गराउनु भयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |