|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
|
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 11 May 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
पोर्चुगलमा कार्यक्रम: हाम्रो पीडा बुझ्ने कस्ले ? |
| यूरोनेपाल अनलाइन सम्वाददाता - 11/05/2006 |
|
पोर्चुगल। "बाबुलाई नमस्ते गर बाबु, अन्कल लाई ! भन्दा छोराले उतापट्टी फर्केर हात जोडछ " छोरा अन्कल आउनु भो नमस्ते गर् भन्दा मेरो छोरा ले प्रस्तुत गरेको संस्कार को उदाहरण दिदै एनआरएन पोर्चुगलका अध्यक्ष पूर्ण हमालले परदेशमा नयाँ पिढीले यस्तो संस्कार सिकी रहेको बेला यस्तो संस्कारलाई परास्त गर्न एनआरएन नयाँ सूचना र नेपाली संस्कारलाई जिवन्तता प्रदान गर्न हरेक प्रवासी नेपालीको घर दैलो मा पुग्नु वर्तमान समय को माग भएको बताउनु भयो ।
हिजो एनआरएन पोर्चुगलको अल्गार्व क्षत्रीय सम्मेलन पाच तारे होटल बृजा सोल मा सम्पन्न सम्मेलनबाट नव निर्बाचित पदाधिकारी हरुलाई बधाई दिने क्रममा सो कुरा बताउनु भएको हो । वहाँले नेपालीले भारतमा रहेको दुताबासबाट भोग्नु पर्ने पीडाको चर्चा गर्दै तत्काल हस्ताक्षर अभियान सन्चालन गरी नेपाल र पोर्चुगिस सरकारलाई स्मरण गराउने र नेपालमा पोर्चुगलको जेनेरल कन्सूलेट स्थापनाका लागि दबाब दिन आबश्यक पहल तत्काल थालिने बताउनु भयो ।
कार्यक्रममा सभापतित्वका लागि आउनु भएका सह-प्राध्यापक राजेश श्रेष्ठ बाटोमा सडक दुर्घटनामा पर्नु भएको र वहाँको सिघ्र स्वास्थ लाभको कामना गर्दै एनआरएन केन्द्रिय सदस्य डिल्ली राम भन्डारी ले सन्चालन गर्नु भएको सो कार्यक्रममा यूरोपियन यूनियन को शिक्षा बिभाग मा कार्यरत प्रमुख अतिथी डा. महेन्द्र पन्थीले एनआरएनले र बर्तमान नेपाल को राजनीतिक, आर्थीक ,सामाजिक सबै खाले समस्याको बिषयमा प्रवाशीहरुले सोच्नु पर्ने र यस्ता सवाल बाट पोर्चुगलमा बसोबास गर्ने आम प्रबासी नेपाली अलग हुन नहुने बताउदै पोर्चुगलमा आउने नयाँ नेपाली पिढीको लागि शिक्षा स्कूलको लागि एनआरएनले तत्काल सोच्नू पर्ने बताउनु भयो।
डा.पन्थीले ब्राजिलबाट बिद्याबारीधी सकेर पोर्चुगल आउँदा यहाँको नेपालीको जन संख्या र नेपालीपन को जागरुकता देखेर आफूले नेपाली हुनु को गौरबतामा रमेको चर्चा गर्नु भयो।
यूरोपको यो अन्तिम कूनोमा पनि नेपाली को यत्रो चल्खेल ? म त के कुनै नेपाली ले यो पनि कल्पना गरेको हुदो हो ? रसिक र ठट्योउली प्रश्न गर्नुभयो ।
एनआरएन पोर्चुगल का केन्द्रिय सदस्य केजिन राईले स्वागत गर्नु भएको सो कार्यक्रम मा सचिब झलक के सी ले बर्तमान एनआरएन पोर्चुगलको गतिबिधी र भबिश्यमा गरिन लागेको कार्यक्रमको बारेमा प्रकाश् पार्दै पूर्ण हमाल ६१० €, टंक सापकोटा ६३०€, मकर हमाल ५०० €, सूर्य हमाल ५०० €, कुमार श्रेस्ठ ५००€ , नारायण र लक्ष्मि सापकोटाले ८२०€ लगाएत गरि ४ हजार ३ सय यूरो एनआरएनलाई सहयोग रकम जम्मा भएको बताउनु भयो।
गंगा बहादुर थापा को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष अर्जुन ठकुरी, के. स. राजेन्द्र गुरुङ्ग, डिल्ली राम चापागाई आदीले आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।
सो सम्मेलनले केदार गजुरेल संयोजक रहेको ११ सदस्यीय अल्गार्व क्षेत्रीय समिती गठन गरेको छ । समितिको उप संयोजकमा टिका पाण्डे रहनुभएको छ भने लिला राज काम्वाङ्ग, प्रेम परियार, बेलकाजि गुरुङ्ग, राम बहादुर पुन क्रमश सचिब, सह-सचिब, कोषाध्यक्ष तथा सह कोषाध्यक्षमा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा निल बहादुर छन्त्याल, सुनिल गुरुङ्ग, सुमि शाही, सालिग्राम अर्याल्, दुर्गा दाहाल रहनु भएको छ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |