nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 23 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


साउदीमा एकको मृत्यु; एक महिलाको उद्दार

सागर श्रेष्ठ, साउदी - 22/05/2006

रोजगरीको सिलसिलामा दुइ महिना अधि साउदी अरेवियाको सिडको कम्पनिमा आएका इलाम जिल्लाका लाल बहादुर राइको हिजो हृदयघातका कारण मृत्यु भएको छ ।

 

मध्य पूर्वमा देखिने अचम्मको मृत्युले राईलाई पनि छोडेन । सदा झैं बेलुकाको खाना खाएर सुतेको लाल बशादुर कहिल्यै नबिउजने गरी चिर निन्द्रामा परे । उनलाई नेपालका यूनिक मेनपावर विशालनगरले पठाएको खुलासा भएको छ ।

 

यस विषयलाई लिएर प्रवासी नेपाली नेर्टवर्क परिवारको संस्थापिका श्रीमति अन्जना श्रेष्ठले  पटक पटक फोन गरेर यूनिक मेनपावरलाई जानकारी दिन खोज्दा सम्पर्क हुन नसकेको पनि साउदीबाट सागर श्रेष्ठद्वारा प्रेषित समाचारमा उल्लेख छ । पि एन एन परिवारका बरिष्ठ सल्लाहकार श्री कृष्ण प्रसाद शर्मा सुबेदीले साउदी स्थित नेपाली राजदूतावासलाई सो घटनाबारेमा जानकारी गराइसकेको तथा मृतकको लास छिटो नेपाल पठाउन आवश्यक क्षतिपुर्तिको लागि पहल गरिदिन अनुरोध गर्नु भएको

 

यसै बिच चार वर्ष पहिले साउदी पुगेका नवलपरासी जील्ला, तमसरीया गा. बि. . वडा नं बस्ने श्री मति मीना मगरको उद्दार गरिएको छ । आफू काम गर्न बसेको ठाउँमा मासिक तलव पनि हाल सम्म नदिएको तथा मानसिक यातना दिने गरेकोले काम छोडी भागेका मगरलाई प्रवासी नेपाली नेनवर्क परिवार साउदी अरेविया शाखाका बरिष्ठ सल्लाहकार तथा लुम्बीनी सम्पर्क समितिका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा सुबेदीले भेटी नेपाली राजदूतावासको जिम्मा लगाइएको तथा राजदूतावासबाट २४ सय रियाल लिई तुरुन्तै गल्फ एयरबाट नेपाल पठाइएको समाचारमा उल्लेख छ ।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com