|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
|
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 24 May 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
संयुक्त अरब इमिरेट्समा नेपाली मुस्लिम मञ्चको गठन |
| नेकका लागि जैकी मोजाहु, दुवाइ - 24/05/2006 |
|
संयुक्त अरब इमिरेट्मा नेपाली मुस्लिम मञ्चको स्थापना भएको छ । सन् १९९० मा नेपाली समाजको स्थापनापछि दर्जनौको संख्यामा नेपाली संघ संस्थाहरु अस्तित्वमा आएका छन् । नेपाली समाजपछि खोटाङ युवा समाज, नेपाली एकता समाज, गुरुङ समाज, क्रिष्टियन समाज, मगर समाज, :fई यायोक्खा, तमु समाज, संखुवासभा समाज, लुम्बिनी समाज, पर्वत समाज, नेवा पूचः जस्ता संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । क्षेत्र र जातीय समाजको नामांकरण गरिएता पनि यी संघ संस्थाहरुले समग्र नेपाली समुदायकै हकहितका कार्यहरु गरिरहेको बुझिएकोछ ।
नव गठित नेपाली मुस्लिम मञ्चका अध्यक्ष मोहम्मद ऐय्युबका अनुसार मञ्चका उद्देश्यहरुमा नेपालीहरुको भलाईका लागि कल्याणकारी सामाजिक कार्यहरु गर्नु, नेपाली समुदायको हक हित तथा उनीहरुको आर्थिक उन्नतिका लागि विविध आयमूलक कार्यहरु गर्नु, नेपाली समाजमा रहेका अशिक्षा तथा अज्ञानतालाई दूर गर्न शैक्षिक कार्यक्रमहरु लागू गरी उनीहरुमा शिक्षाको प्रसार गराई शैक्षिक जागरण पैदा गर्नु रहेको छ ।
"हामी यूएइमा मात्र होइन अन्तरराष्ट्रिय जगतमा नेपाली कम्युनिटीका लागि कार्य गर्ने अन्य सामाजिक संघ संस्थाहरुसित समन्यव स्थापित गरी कार्य गर्नेछौं ।" मञ्चका प्रवक्ता तनवीर आलम बताउँछन् ।
मोहम्मद ऐय्युबको अध्यक्षतामा भर्खरै मात्र गठित मञ्चको केन्द्रीय कार्यसमितीका अन्य पदाधिकारीमा उपाध्यक्ष मजहर आलम, महासचिव जाकिर हुसैन, कोषाध्यक्ष मौलाना कदीर नदवी, सह सचिव मौलाना खुर्शिद आलम, सह कोषाध्यक्ष इ. मोहम्मद तैय्यब, प्रवक्ता तनवीर आलम तथा सदस्यहरुमा आदिल सरवर र समीर खान रहेका छन । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |