nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 24 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यूएइमा "आरोहण" विमोचित

नेकका लागि जैकी मोजाहु, दुवाइ - 24/05/2006

नेपाली भाषाकै प्रथम विलयन गजल लेखनको रुपमा प्रकाशन भएको चन्द्र तामाङ, जैकी मोजाहु, दलवीर सिंह बराइली, भानु दुलाल शान्तराम थापामगरद्वारा लिखित गजल संग्रह "आरोहण" को विमोचन एक साहित्य समारोहमा भएको दुबईको एभरेष्ट इन्टरनेशनल होटलमा नेपाली साहित्य परिषद्, यूएइको वाषिर्कोत्सवमा उक्त ऐतिहासिक पुस्तकको विमोचन बरिष्ठ कथाकार तथा यूएइका लागि कार्यवाहक राजदूत श्री मधुवन पौडैलले गर्नुभएको थियो

 

आरोहणका स्रष्टाहरुले विलयन लेखन बारे प्रकाश पार्नुका साथै केही गजलहरु वाचन गर्नुभएको थियो सोही अवसरमा कवि तथा गजलकार श्री रामप्रसाद गैरेले लेख्नुभएको काव्यकृति "हिमाल सम्झेर" को पनि विमोचन भएको थियो

 

सोही अवसरमा आयोजित कविता वाचन प्रतियोगिता कवि चन्द्र चेमजोङले प्रथम, कवि नवराज घिमिरे दोश्रो, कवियित्री सुश्री श्रृष्टि श्रेष्ठले तेस्रो स्थान हासिल गर्नु भएको थियो

 

त्यस्तै परिषद्ले स्थापना गरेको नेपाली साहित्य परिषद्, युएइ पुरस्कार यस वर्ष सर्वोकृष्ट ठहरिएको "पुस्तक पिंजडा" भित्रका स्रष्टा कवि तारा बलाललाई प्रदान गरियो ने.रु. ११,१११/- राशिको यो पुरस्कार वर्षेनी एक उत्कृष्ट पुस्तकलाई प्रदान गरिने कुरा परिषद्का अध्यक्ष श्री दलवीर सिंह बराइली बताउनु हुन्छ प्रवासबाट प्रवासी स्रष्टालाइ यूएइमा पुरस्कृत गरिएको यो पहिलो अवसर हो भन्दै पुरस्कृत स्रष्टा तारा बलाल "स्टार" यस सुकार्यले प्रवासी स्रष्टाहरुलाई साहित्यिक कलम चलाउन झन् हौंस्याएको बताएका छन्

 

त्यस्तै, सो कार्यक्रममा साहित्य परिषद्ले यूएइका लागि कार्यवाहक राजदूत तथा वरिष्ठ कथाकार श्री मधुवन पौडेललाई यूएइको नेपाली साहित्यमा विशेष योगदान पुर्याएबापत तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत समाजसेवी श्री जीत राईलाई दोसल्ला ओढाई सम्मान गरेको थियो

 

कार्यक्रममा समाजसेवी श्री प्रचण्डजंग शाह, श्री चन्द्र सापकोटा, श्री रामेश्वर शाह, सुश्री इन्दू न्यौपाने, साहित्यकार समदर्शी काइँला आदिले मन्तव्य व्यक्त गर्नुभएको थियो


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com