nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

 

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 24 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


युएइमा थप एक साहित्यिक पत्रिकाको प्रकाशन प्रारम्भ

नेकका लागि जैकी मोजाहु, दुवाइ - 24/05/2006

यूएइमा विगत तीन दशकबाट नेपालीहरु कार्यरत् रहेको अनुमान गरिएको नेपालीहरुको थयेष्ट जनसंख्या युएइमा भएपछि सन् १९९० पछि नेपाली समाज भन्ने सामाजिक संस्थाको स्थापना भएको थियो नेपाली समाजले मुखपत्रको रुपमा हिम अरबको प्रकाशन शुरु गरेको थियो सो हिम अरब अर्द्धवार्षिकबाट त्रैमासिक द्वैमासिक रुपमासमेत प्रकाशन भएता पनि यो नियमित प्रकाशन हुन सकेको छैन

 

केही वर्षसम्म आकृति समुहले विशुद्ध साहित्यिक चौमासिकि आकृति प्रकाशन गर्यो नियमित प्रकाशन हुँदै आइरहेकोमा केही महिनादेखि यो पनि बजारमा देखिन छोडेको यसै दौरान यूएइमा खोटाङ युवा समाजको स्थापनाले कलमकारहरुको हौसला बढायो खोटाङ युवा समाजले अर्द्धवार्षिक परदेश नामक पत्रिका प्रकाशन शुरु गर्यो विगत तीन वर्षदेखि यो नियमित प्रकाशित हुँदै आएको यसपछि गत वर्ष यूएइमा नेपाली साहित्य परिषद्को स्थापना भयो , यसले हाम्रो प्रतिध्वनि भन्ने विशुद्ध साहित्यिक त्रैमासिक प्रकाशन गर्यो यो पत्रिका पनि हालसम्म नियमित प्रकाशन भइरहेको

 

यसै दौरान राई यायोख्खा, यूएइले नव सिर्जना भन्ने अर्द्धवार्षिक साहित्यिक पत्रिका प्रकाशन गरेको मणि राईको सम्पादनमा यसको पहिलो अंक बजारमा आइसकेको केही समयअघि उक्त पत्रिकाको विमोचन नेपाली रेष्टुरेन्ट बरदुबईमा भएको थियो सो अवसरमा दलबीर सिंह बराइली, जाकिर हुसैन, नीरवचन राई, छत्र लामा, डि. एल. शर्मा, समदर्शी काइँला, मानबहादुर थापा मणि राई आदिले राई यायोख्खा, यूएइको प्रशंसनीय प्रयास पत्रिकाको सफलताको बारेमा प्रकाश पार्नु भएको थियो


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com