nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 30 May 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेपाल हिन्दूराष्ट्र हो हिन्दूराष्ट्र नै भएर रहनेछ

नेक सम्वाददाता - 30/05/2006

अमेरिकामा स्थापित जयतु संस्कृतम्‌ले एक प्रेस विज्ञप्ति प्रकाशित गरि "नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो, आज पनि हिन्दू राष्ट्र हो, भोलि पनि हिन्दू राष्ट्र नै भएर रहन्छ" भनेको छ ।

जयतु संस्कृतम्‌का अध्यक्ष रमेश शर्माद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिले पुनर्स्थापित प्रतिनिधिसभाले जारी गरेको विशेष घोषणापत्रको स्वागत गर्दै सेनाको संरचनामा नयाँ सुधार गर्नेदेखि लिएर राजाका शक्ति तथा अधिकारमा व्यापक कटौती गरेकोमा स्वागत गरेको छ । विज्ञप्तिमा नेपाली सेना कुनै परिवार विशेषको मात्र नभई संपूर्ण राष्ट्र तथा आम नेपाली जनताको भएको हुँदा त्यस संबन्धमा भएका सुधारहरु स्वागतयोग्य छन् भनिएको छ । जहाँसम्म राजाका शक्ति तथा अधिकारहरुको कटौतीको कुरा , त्यसलाई पनि नेपाली जनताका चाहना तथा आकांक्षाको अभिव्यक्तिको रुपमा लिन सकिन्छ, यद्यपि वास्तविक गन्तव्य अझै केही टाढै रहेको प्रतीत हुन्छ भन्दै विज्ञप्तिमा यसतर्फ खास गरी नेपालका प्रजातान्त्रिक शक्तिहरु वास्तविक जनादेशलाई आत्मसात गरी भोलिका दिनहरुमा के कति इमान्दारीका साथ अगाडि बढ्ने हुन्, त्यो हेर्न बाँकी नै भनिएको छ ।

 

हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गर्ने सम्बन्धी निर्णयको विषयमा विज्ञप्तिमा खास गरी पश्चिमी विश्वमा विद्यमान धर्मनिरपेक्षता प्रजातन्त्रलाई एक अर्काका परिपूरकका रुपमा हेर्ने परम्परा स्वयंमा नराम्रो होइन तर विभिन्न जात जाति, भाषाभाषी तथा धर्मसम्प्रदायबीच कतिपय कथित धर्मनिरपेक्ष प्रजातन्त्रहरुमा समेत प्राप्त हुन नसक्ने धार्मिक सहिष्णुता, सहअस्तित्व तथा सहभाव रहेको हिन्दू राष्ट्र नेपालको गौरवपूर्ण पृथक अस्तित्व पहिचानमाथि नै प्रहार गर्ने प्रयास कसको बहकावमा भयो, यो नेपालीमात्रका लागि एकदमै गम्भीर चासोको विषय हो  भनिएको कुनै पनि जाति, समाज वा राष्ट्रको अस्तित्व नष्ट गर्नु भने सर्वप्रथम त्यहाँको धर्मसंस्कृतिलाई धुलिसात तुल्याउनु जरुरी भन्ने फासीवादी सोचबाट निर्देशित अहिंसा प्रजातन्त्रका दुष्मन तत्वहरुको दबाबमा प्रजातान्त्रिक शक्तिहरुबाट यस किसिमको व्यतिक्रम भएको हो भन्ने कुरा नेपालको वर्तमान सन्दर्भमा बुझ्न त्यति कठिन छैन भन्दै यथार्थमा सच्चा धर्मनिरपेक्षतामा आधारित वास्तविक प्रजातान्त्रिक शासनपद्दति महान हिन्दू धर्मकै देन हो भन्ने कुरा आज पश्चिमको विद्वत्समाजले समेत राम्रोसंग बुझिसकेको कुरा विज्ञप्तिमा भनिएको विज्ञप्तीमा "त्यसैले त्यो शब्दप्रति कुनै आपत्ति होइन, हाम्रो अस्तित्व, पहिचान राष्ट्रिय अष्मितामाथि धावा बोल्ने दुश्चेष्टाप्रतिको विद्रोह हो नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो, आज पनि हिन्दू राष्ट्र हो, भोलि पनि हिन्दू राष्ट्र नै भएर रहन्छ, यो नेपाली मात्रको हृदयमा अंकित पवित्र सम्वेदनशीलता हो चाहे कुनै पनि संबिधान वा कागजको खोष्टामा जेसुकै लेखिएको किन नहोस् " भनिएको आफ्नो कुत्सित आकांक्षा परिपूर्ति गर्ने दुष्टतापूर्ण साधनको रुपमा नेपालको राजसंस्थाले पवित्र हिन्दूधर्म तथा संस्कृतिलाई प्रयोग गरेको तथा त्यो अपराध गरेवापत सजायंको भागी नेपाली राजसंस्था हुनुपर्छ भन्दै नेपाली जनताको पवित्र विश्वास सजायं नदिन अपिल गरिएको

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com