|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 06 June 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
साउदी अरवमा पुन ठगिए नेपाली |
| खेमनाथ पौडेल, साउदी अरब - 06/06/2006 |
|
विदेश आएको भोलिपल्टै दुवतावासको शरणमा, जोर्डनमा ३०० नेपाली अलपत्र, मलेशियामा नेपालीहरु अलपत्र, कतारमा ३ सय जना जेलमा, साउदी अरबबाट एक महिलाको उद्धार, दुवईमा ३ जना नेपालीको दुघटनामा मृत्यू आदी इत्यादि अति दुख लाग्दा खवरहरु हामीले सुन्दै आईरहेका छौ तर सम्वन्धित पक्षले कुनै पहल गरेको देखिदैन । नेपालीहरु विदेशमा ठगिने क्रम दिन प्रतिदिन बढ्दै छन् । कैयौ नेपालीहरु विदेश भित्रेको दुइ चार महिनामा अन्य नेपालीहरुको सहायतामा चोरीबाटो हुदै नेपाल फर्कन बाध्य छन् तर पनि देश भित्रै भएका दलालीहरुले चेत पाएका छैनन् ।
हिजो भर्खर चार जना नेपालीहरु साउदी अरबमा बिचल्लीमा परे भन्ने खवर सुन्नमा आयो । अविरल यात्रीले दिनु भएको जानकारी अनुसार राम्रो लगाउने र मिठो खाने सुन्दर सपना बोकेर उनी साउदी अरब हुइकिए तर के थाहा उनीहरुलाई यहाँ आईपुग्दा नपुग्दै उनिहरु ठगिन्छन् भन्ने । कालीमाटी स्थित जे भी इन्टरनेशनलले साउदी अरब पठाएका ४ जना नेपालीहरु मध्ये तनहुँका शंकर घती र उनी जस्तै अर्का नेपाली अविरल यात्री कार्यरत कम्पनी रियादमा पुग्नु भएछ तर दुइ जना नेपालीहरु एयरपोर्ट बाटनै हराएछन् । अविरलयात्री जीले कम्पनीमा फोन गरेर ति नेपालीहरुको बास्तविक कम्पनी र नाम माग्नु भएछ । दुइ नम्वर प्राप्त भएकोमा एउटा एउटा नम्वर पुरा नभएको भने अर्को नम्बर गलत ब्यक्तिको परेछ । केहि समय अघि मात्र अविरल यात्री जीले ००९७७१४२८८७५६ र ९८५१०७२७२५ नेपालमा सम्पर्क गर्न खोज्दा नम्वर ब्यस्त देखायो । आखीर एउटा नेपाली नै नेपालीको दुखको कारण बन्छ यो किन अहिले यी नेपालीहर नेपाली दुतावास रियादमा शरणार्थीका रुपमा बसीरहेका छन् ।
यसरी दिनदीनै नेपालीहरु विदेशमा ठगीने क्रम जारी छ भने नेपालबाट सोझा सिधा नेपालीहरुलाई विदेश पठाउने क्रम पनि जारी छ । आफुसँग भएको जग्गा जमिन साहुकोमा चर्को ब्याजमा बन्दकी राखी विदेशिएका यि नेपालीहरु विदेश आएको केहि समयमानै यसरी बिचल्लीमा पर्दछन् भने यिनीहरुको भविश्य के होला ? यि ठगिएका नेपालीहरुको परिवारको हालत के होला ? एक पटक गहिरिएर सोचौ त अवस्य पनि अति कहाली लाग्दो भविश्य देखिन्छ । यस्ता घटनाहरु खाडी राष्ट्रहरुमा धेरै घटीसकेका छन् । दलालीले नेपालबाट पठाउँदा एउटा कामको लागि भनेर पठाउदछन् तर यहाँ आएर अर्कै काम अर्कै कम्पनीमा पर्दछन् । सम्झौता पत्र कागज अर्कै कम्पनीको बनाईएको हुन्छ । सम्झौता पत्रमा हस्ताक्षर पनि एयरपोर्टमा उड्ने बेलामा मात्र हातमा थमाईन्छ । यि यस्ता कामहरु गर्न पल्केका दलालीहरुलाई बेलैमा नचेताउने हो भने खाडी राष्ट्रमा नेपालीहरु ठगिने क्रम कहिल्यै पनि रोकिने छैन र ति दलालीहरुले नेपालीहरुलाई ठग्ने क्रम सधै चलिनै रहने छ । त्यसकारण यि ठग दलालीहरुलाई श्रम मन्त्रालयको कठघारमा उभ्याएर श्रम ऐन अन्तर्गत सजाय नदिए सम्म यस्ता कार्य रोकिने छैन । हामी प्रवासी नेपालीहरु ठग दलालीहरुलाई कारवाही गरी खाडी राष्ट्रमा ठगिने, विचल्लीमा परेका नेपालीहरुको सक्दो छिट्टो उद्धार गरी पिडित पक्षलाई ति दलालीहरुबाट राहत उपलब्ध गराउनको लागि नेपाल सरकार श्रम मन्त्रालयलाई बिनम्र अनुरोध गर्दछौ ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |