|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 12 June 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यूएई मा २० नेपाली अलपत्र |
| नेक सम्वाददाता - 12/06/2006 |
|
इराकमा काम लगाइदिने प्रलोभनमा परि करिव २० जना नेपाली यूएईको सारझाहाँमा अलपत्र परेका छन् ।
काठमाण्डौबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिमालयन टाइम्ले जनाए अनुसार ति नेपालीहरु एक महिनादेखि सारझाहाँमा अलपत्र परेका हुने । नाम नवताउने शर्तमा एक जना कामदारले इराकमा काम मिलाईदिने आश्वासनमा २ लाख रुपैयाँ नेपालको मेनपावर एजेन्टलाई तिरेको तर यहाँको एजेन्टले नेपालबाट आफ्नो कमिशन नपठाएको बहानामा ति कामदारहरुलाई अलपत्रमा पारेको दावी गरेको छ । अब ति विदेशी एजेन्टले सारझाहाँमा नै काम खोजेर बस्न भनेको ति कामदारले बताएको समाचारमा उल्लेख छ ।
यस सम्बन्धि नेपालकतार डट कमले यूएई स्थित नेपाली राजदूतावासमा सम्पर्क गर्दा यस्तो समस्या लिएर कोही पनि दूतावासमा नआएको जनाएको छ । दूतावासका कार्यवाहक राजदूत मधुवन पौडेलले दूतावासमा उजुरी पर्न आएमा नेपाल सरकारलाई जानकारी गराई आवश्यक कार्वाही गरिने वताउनु भयो ।
स्मरणिय छ, इराकमा नेपाली कामदार पठाउन नेपाल सरकारले अनुमति दिएको छैन । विना अनुमति आएको तथा एजेन्टलाई मोटो रकम दिइसकेको अवस्थामा यि नेपाली कामदारहरु न घरको न घाटको अवस्थामा पुगेका छन् । अलपत्र परेका कामदारहरुको बारेमा यथार्थ पत्ता लागई उद्दार गर्न तथा यस्ता कार्यमा संलग्न म्यानपावर एजेन्टहरुलाई कार्वाही गर्न नेपाल सरकारले तदारुकता देखाउनु अपरिहार्य भएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |