|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 12 June 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
दण्ड हीनता अन्त्यका लागि जोड |
| नेक सम्वाददाता - 12/06/2006 |
|
वासिंगटन डि.सी. जुन ११, २००६/ संयुक्तराष्ट संघ एशोशियसन यु.एस.ए को डि.सी. मा जुन १० मा आयोजित अन्तराष्ट्रिय कन्भेन्सनमा अधिवक्ता दिनेश त्रिपाठीले नेपालको समसामयिक अवस्थाका वारेमा वोल्नु भएको थियो ।
त्यस क्रममा अधिवक्ता त्रिपाठीले नेपाली जनताको बहादुरीपूर्ण संर्घषमा राजा नतमस्तक भएर झुक्न वाध्य भएको र नेपालमा अहिले युगान्तकारी परिवर्तन भएको चर्चा गर्दै थप भन्नु भयो , यस अवस्थमा नेपालमा दिगो शान्ती, लोकतान्त्रीक एवं आर्थिक, सामाजिक र न्यायीक प्रकृयालाई स्तायीत्व प्रदान गर्न संयुक्त राष्ट्र संघ तथा अन्तरराष्ट्रिय समुदायले आवश्यक सहयोग गर्नु जरुरी छ ।
नेपालमा नंया संविधान निर्माण प्रकृया, युद्ध पीडित, आन्तरीक विस्थापीत, विद्रोही सेना व्यवस्थापन र भौतिक संरचना निर्माण प्रकृयाका लागि समेत संयुक्त राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएको चर्चा गर्दै अधिवक्ता त्रिपाठीले मानवता विरुद्धका सबै अपराधीलाई ती जो सुकै भएपनि दण्ड उन्मुक्ति हुन नहुने र तीनलाई न्यायको कठघरामा उभ्याउनुपर्ने कुरामा जोड दिनु भयो । नेपालमा शान्ती र स्थीरता विग्र्यो भने क्षत्रीय अस्थिरता पनि सृजना हुने खतरा तर्फ संकेत गर्दै उहाले नेपालको दिगो शान्ती निर्माण प्रकृयामा संयुक्त राष्ट्र संघको भूमीका महत्वपूर्ण हुने वताउनु भएको थियो ।
अधिवक्ता त्रिपाठीले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले मानव अधिकारको पालना गर्नुपर्ने प्रतिवद्धता जनाएको चर्चा गर्दै अन्तरराष्ट्रिय फौजदारी अदालतलाई नेपालले तत्काल अनुमोदन गरी विध्यमान दण्ड हीनताको अन्त्यका लागि पनि अन्तरराष्ट्रिय दवाव हुनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा उहालाई अतिथी वक्ताका रुपमा नेपाल टुडे विषयक मन्तव्यका लागि निम्त्याईएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |