|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 25 June 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टरमा नयाँ कार्यसमिति |
| नेक सम्वाददाता - 25/06/2006 |
|
क्यानडा, क्यानेडामा रहेका नेपालीहरुको सांस्कृतिक संस्था पशुपतिनाथ नेपाली क्यानेडियन सांस्कृतिक केन्द्रमा सन् २००६ - २००८ सम्मका लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
शम्भुप्रसाद धमलाको अध्यक्षतामा गठिन सो कार्यसमितिमा प्रदीप विष्ट उपाध्यक्ष, शंकर अधिकारी महासचिव, पुष्प विष्ट कोषाध्यक्ष तथा सदस्यहरुमा अमित उपाध्याय, अनिल थापा, अतुल सुवेदी, विनय नेपाल, विश्व बर्मा, चारु अर्याल, दिलराज अर्याल, गणेश खत्री, कल्पना कार्की, कोमल सापकोटा, केदार बस्नेत, लिला भण्डारी, मदन केसी, माधवी ओझा, नरेन्द्र पुडासैनी, तुल्सी धरेल रहनु भएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा दुई अन्य सदस्य क्यानेडियन नेवा गुठीबाट पछि थपिने बताइएको छ ।
कार्यसमितिका सल्लाहकार प्रा. कुमुद शर्मा रहनुभएको छ भने ७ वटा विभिन्न उप-समितिहरु गठन गरि कार्यविभाजन गरिएको छ जस अनुसार कल्चर तथा हेरिटेज काउन्सिलमा प्रदीप विष्ट, कोष तथा अर्थ काउन्सिलमा मदन केसी, संचार तथा युवा समन्वयन काउन्सिलमा अनिल थापा, महिला संमन्वयन काउन्सिलमा माधवी ओझा, इमिग्रेसन तथा सेटलमेन्ट काउन्सिलमा अतुल सुवेदी, रिसर्च तथा पब्लिकेशन काउन्सिलमा तुल्सी धरेल र अन्तरराष्ट्रिय सम्बन्ध काउन्सिलमा शम्भुप्रसाद धमलालाई जिम्मेवारी दिइएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |