nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 12 July 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


विश्व समुदाय चनाखो हुनु पर्ने

नेक सम्वाददाता - 11/07/2006

पिस व्रिगेड इन्टरनेशनलको आयोजनामा यही जुलाई ७ र ९ तारिख बीच अन्तरराष्ट्रिय मानवअधिकार र शान्तिका लागि एक सम्मेलन वासिंङ्गटन डीसीमा सम्पन्न भयो ।

सो सम्मेलनमा कोलम्विया, श्रीलंका, प्यालेस्टाइन, इराक, ग्वाटेमाला, नेपाल लगायतका आन्तरिक द्धन्द्धमा फसेका विभिन्न देशहरुका सम्बन्धमा चर्चा गरिएको थियो ।

उक्त अवसरमा नेपालका तर्फाट नेपाली जनताको शक्ति विषयमा अधिवक्ता दिनेश त्रिपाठीले प्रकाश पार्नुभएको थियो । त्यसक्रममा त्रिपाठीले अहिंसात्मक आन्दोलनबाट पनि ठूला राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्ने विश्वको इतिहासमा एक उदारणीय घटना हालै नेपालमा सम्पन्न जनआन्दोलनले प्रस्तुत गरेको बताउनुभयो ।

जनआन्दोलनले परम्परागत राजा र सेनाको शक्ति समाप्त गरेको र अव दिगो शान्ति र पूर्ण लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि अवसर खुलेको चर्चा गर्दै यो अवस्थामा दरवारियाहरुको तर्फाट केही षडयन्त्रको गन्ध शुरु भएकाले त्यसलाई चिर्न राष्ट्रिय अन्तरराष्ट्रिय निगरानी जरुरी रहेको बताउनुभयो ।

उहाँले गणतान्त्रिक लोकतन्त्रको स्थापना नभएसम्म दिगो शान्ति नआउने चर्चा गर्दै समाजका सबै अंगलाई प्रजातान्त्रिकीकरण गर्नुपर्ने सामाजिक विवेद अन्त्य हुनुपर्ने, आर्थिक क्षेत्रमा पनि लोकतान्त्रिकरण गरिनुपर्ने स्रोत र साधनको प्रयोग गाउँसम्म पुग्नुपर्ने, न्यायिक र पारदर्शी प्रशासनयन्त्र निर्माण गरिनुपर्ने कुरामा जोड दिनुभएको थियो । 

पिस व्रिगेड इन्टरनेशनलको २५ औं वाषिर्क उत्सवका अवसरमा आयोजित यस कार्यक्रममा बडी गार्ड अफ हृयुमनराइटस् नारा तय गरिएको छ ।


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com