|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 27 August 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
ओमानको यातनापछि पिडा सार्वजनीक |
| नेक सम्वाददाता - 27/08/2006 |
|
डोमेस्टिक वर्करको रुपमा ओमान पुगेकी मिनाकुमारी दाहालले काठमाण्डौमा हालै एक प्रेस भेटघाट गरि आफुले पाएको दुःख र कष्टलाई सार्वजनी गरेकी छिन् ।
प्रेस-विज्ञप्ती
आदरणीय पत्रकार दाजुभाई तथा दिदि बहिनीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिज्युहरु एवं अभिभावक वर्गहरु,
खाडि क्षेत्रको ओमनमा काम गरी मानसिक तथा भौतिक यातना सहेर ८ महिना पछि खालिहात फर्केकी म मिरा दाहालको गुनासो सुन्नका लागि यहाँ सम्म आईदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै मेरा पिडा र यर्थाथलाई सार्बजनिक गरी खाडि क्षेत्रमा रहेका अन्य नेपाली दिदिबहिनीहरुको गम्भीर स्थितिलाई बाहिर ल्याई समस्या समाधानमा पहल गर्ने यस ऐक्यवद्धता मासिक पत्रिका परिवारलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।
आदरणिय पत्रकार वर्ग, बुवाको मृत्यु भए पछि घरको मुख्य व्यक्तिका रुपमा अभिभारा आईपरेपछि स्वदेशमै रोजगारी खोज्न महिनौ धाएँ । कतै नपाएपछि दलालको सहारामा म काठमाडौंबाट दिल्ली पुगें र दिल्लीमा २० दिन बसेपछि ओमानको सललाह भन्ने ठाउँमा गएकी हुँ । मासिक नेपाली १२ हजारको लागि डोमेस्टीक सर्भेन्ट भै काम गर्न गएकी मलाई सललाहको कमुना ब्याकरीको नजिकै सालम -फोन न. (९९४९९२५५) भन्ने एक अरविको घरमा काम गर्न लगाईयो । घरको खाँचो र्टार्न मैले साहुसँग पैसा मागें पटक पटक पैसा माग्दा पछि दिउला भन्दै शारीरिक शोषणको प्रस्ताब राख्दथ्यो । मैले त्यस प्रस्ताबलाई ठाडो अस्विकार गर्दै 'म यहाँ दुख गर्न आएकी हुँ, आफ्नो अस्तित्व बेच्न होईन' भन्दा उसले मलाई एक्कासी लातले छातिमा हान्यो । मलाई किन हानिस म पुलिसका जान्छु भन्दा तलाई यहाँ ल्याउँदा मेरो ५०० रीयल (नेपाली रु ९२ हजार ) तिरेर मात्र जान पाउँछेस भनि फेरि गालामा हान्यो । उसले हान्दा दिमागमा असर परेको कारण म बिहोस भै लडें ३ घण्टा पछि होसमा आउँदा गाला सुन्निएको पाएँ गालामा आईरन लगाएर होसमा ल्याउन खोजिएको रहेछ फेरी पनि म होसमा नआउदा मलाई उपचार गर्न नलगेर त्यही छोडेर आफुहरु बाहिर घुम्न गएछन् त्यहि मौका छोपेर म पुलिसमा गएँ । पुलिस ले मेरो डरलाग्दो अबस्था देखेर हतार हतार हस्पिटल लगेर उपचार गरायो । प्रहरीले मलाई त्यहाँको ठेकेदार दलाल अबु जमेलको अपार्टमेन्टमा पुरायर नेपाल फर्काईदे भन्यो । मैले यातना र कुटाई खाएपनि दलाल र प्रहरीको सामुन्ने तलब मागें तर त्यहाँ दलाल र घर मालिकबीचको सम्झौताका कारण मलाई तलब पाउँदिनस भनियो र जबरजस्ति नेपाल पठाईयो । त्यहाँका नेपाली दिदिबहिनी र दाजुभाईको ऐक्यबद्धता पत्रिकासगँको सर्म्पकका कारण मलाई ऐक्यबद्धताबाट दिदि चन्दा थापाले २० अगष्टमा लिएर आई वहाँको सहयोगमा यहाँहरु समक्ष उभिन पाएकी छु ।
आदरणीय पत्रकार वर्ग मैले यहाँहरु समक्ष निम्नकुरा राख्न चाहेकी छु । १) १२ हजार नेपाली कमाईन्छ भनि मलाई काठमाडौंवाट दिल्लीसम्म लगि दिल्लीबाट उडाउने पेम्बा लामा जो अहिले भारतमा छ उसको मोवाईल नं ९८७१२३३८६९ हो । उसलाई र ओमनमा उस्को ठेकेदार अवुजमेल जो सललाहको कमुना व्याकरी नजिकै बस्दछ र फोन नं २३२९१९१७ हो । दुवैलाई सम्पर्क गरि मैले काम गरेको ८ महिनाको तलब उपलब्ध गराउन प्रयत्न गरिदिनुहुनेछ भन्ने मैले आशा गरेकी छु । मानसिक तथा भौतिक यातना र कष्टहरु त्यहाँ मैले मात्र पाएकी होइन अन्य धेरै नेपाली दिदीबहिनीले मैले भन्दा पनि बढि कष्ट र यातना सही बसेका छन् । उनीहरुका बारे पनि आवाज उठाइदिनहुन अनुरोध गर्दछु । २) स्वदेशमै रोजगारीको व्यवस्था गरियोस् यदि गराउन नसक्ने भए चेलिबेटि पठाउने गैर कानुनी बाटो बन्द गरि सरकारी स्विकृतिमा नेपालबाटै पठाउने व्यवस्थाका लागि आवाज उठाउन तथा खाडीमा रहेका नेपाली दिदीबहिनीको स्थिति जाँचबुझ गर्न सरकारले तुरुन्त पहल गरोस भन्ने चाहन्छु । ३) अबुजमेल भन्ने ठेकेदारको खोर भित्र थुनिएका र बन्धकमा रहि यातना खपिरहेका दिदीबहिनीहरुलाई तत्काल उद्धार गरि नेपाल भित्रयाउन सबैको ध्यान पुगोस् भन्ने चाहन्छु ।
मीराकुमारी दाहाल पद्म पोखरी वार्ड न. १ मकवानपुर भाद्र ८, २०६३
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |