nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 30 August 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


बेल्जियममा एनआरएनको चुनाबी चहल पहल: १७ पदमा ५० जनाको उमेदवारी

शिव कुमार बरुवाल, बेल्जियम- 30/08/2006

एनआरएनको स्थापना पश्चात यसले आफ्नो शाखालाई संसारभरका नेपालीहरु भएको देशहरुमा बिस्तार गर्दै यसलाई संम्पुर्ण बिदेशमा बस्ने हामी नेपालीहरुको अर्न्तराष्ट्रिय सञ्जालको रुपमा बिकास गराउने उद्देश्यले (२००४) बेल्जियममा पनि स्थापना गरेको थियो

अहिले यहि एनआरएन बेल्जियमको प्रथम राष्ट्रिय सम्मेलन हुन गइरहेको सेप्टेम्बर तारिकको दिनमा यस सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्नु बर्तमान कार्य समितिको एउटा महत्व पूर्ण जिम्मेवार भने अर्को तर्फ अब बन्ने नयाँ कार्य समितिको निर्बाचन गर्नु पनि त्यतिकै महत्वपूर्ण काम

हुनत निर्बाचनको लागि छुट्टै निर्बाचन समिती बनाएर उस्ले आफ्नो काम सुरु गरिसकेको सम्मेलनमा ब्यापक सहभागिता जुटाउन सदस्यता बितरणको अभियान पनि तिब्र पारिएको अर्को तिर निर्बाचन आयोगले तोकेको मनोनयनको अन्तिम मिति पनि समाप्त भएको निर्बाचन समितिबाट प्राप्त जानकारी अनुसार अध्यक्ष देखि सदस्य पद सम्मको कुल १७ पदमा ५० जनाको उमेदवार परेको

बर्तमान एनआरएनका का.सं सदस्यहरु मध्य केहि महानुभाबहरु नयाँ कार्य समितीमा पनि उमेदवार दिनु भएको बर्तमान कार्यसमितीका पदाधिकारिहरुको मुख्य दायित्व सम्मेलनलाई कसरी सफल बनाउने भन्ने हुनु पर्नेमा केहि जिम्मेवार पदका ब्यक्तिहरु आफ्नो जिम्मेवारी छोडेर केबल आफ्नो चुनाबको प्रचारमा लागेकोले सम्मेलनमा थोरै ब्यक्तिलाई धेरै भार परेको पनि गुनासो पनि सुनिन्छ

अहिले बेल्जियममा तिजको रमझम पनि त्यतिकै लागिरहेको त्यसैले हरेक शहरमा तिजका कार्यक्रमहरु भई रहेका छन् भने यहि तिजको कार्यक्रम चुनाब प्रचार प्रसारको थलो पनि बनेको हरेक उमेदवारहरु -आफ्नो समुह बनाएर चुनाब प्रचार प्रसारमा लागेको भेटिन्छ

एनआरएन जस्तो सामाजिक संस्थामा समुह निमार्ण गरेर राजनीतिकरण गरेको आरोप पनि यदा कदा सुनिन्छ तर यसको बारेमा बर्तमान एनआरएनका अध्यक्ष रबिन्द्र श्रेष्ठसंग सोध्दा कुनै राजनीतिकरण नभएको स्वाभाबिक हो हरेक ब्यक्तिको -आफ्नो आस्था हुन सक्छ जस्तो आस्था राख्ने ब्यक्ति आए पनि एनआरएनको बिधान अनुसार चल्नु पर्ने भएकोले राजनीतिकरण नहुने कुरा राख्नु हुन्छ सुन्नमा आए अनुसार प्रजातान्त्रिक समुह भनेर कुनै एउटा राजनैतिक पार्टिमा मात्र आस्था राख्नेहरुको एउटा समुह बनाएर राजनीतिकरणको सुरुवात गरेको आरोप प्रजातान्त्रिक समुहलाई

त्यस्तै केहि स्वतन्त्र उमेदवारहरुले पनि आफ्नो भोट ब्याकंलाई बढाउनको लागि प्रजातान्त्रिक समुहमा पसेको खबर प्राप्त भएको त्यस्तै अरु केहि स्वतन्त्र उमेदवारहरु पनि समुहको खोजिमा कुराकानीमा लागि रहेका छन् त्यस्तै सम्पूर्ण बेल्जियममा रहेका सबै आस्था बिचार राख्ने साथै यहाका सबै संघ संस्थालाई सम्पूर्ण नेपालीलाई नै समेटेर बृहत छलफल गरी प्रजातान्त्रिक प्रक्रियाद्वारा नयाँ समिती निर्माण गर्नु पर्दछ तब मात्र एनआरएन सबै बिदेशमा बस्ने नेपालीहरुको सांझा संस्था बन्दछ भन्ने नाराका साथ समाबेशि नामबाट अर्को समुह पनि प्रतिसपर्धामा आइरहेको हामीलाई प्राप्त जानकारी अनुसार समाबेशि समुहबाट गेण्ट क्षेत्रबाट ईन्द्र प्रसाद ओली बिद्यार्थी क्षेत्रबाट बिनोद अधिकारी निर्बिरोध हुनुभएको

हामीलाई अहिले सम्म समाबेशि समुहबाट मात्र आफ्नो समुहको उमेदवारहरुका नाम प्राप्त भएको जस अनुसार:

एन आर एन बेल्जियम का.. २००६ उमेदवारहरु

समाबेसी समुह
अध्यक्ष: युवराज गुरुङ
उपाध्यक्ष्: बोधराज पौडेल, तोईना बहादुर आले मगर
महासचिब: यमलाल दाहाल (अर्जुन)
सचिब: चन्द्र ब्लोन
कोषाध्यक्ष: किशन के.सी

सदस्यहरु:-
आन्त्वेर्पेन्: बसन्त शेरचन्,
ल्युभेन: पुष्प राज अधिकारी
ब्रस्सेल्स्: जितेन्द्र अधिकारी
सिन्त्रैदिन्: शिव कुमार बरुवाल
महिला: श्रीमती सबिना दवाडी
खुल्ला क्षेत्र: शंकर बजगाई, रमेश कँडेल

प्रजातान्त्रीक समुह
अध्यक्ष: बिजय मल्ल
उपाध्यक्ष्: सीता सापकोटा, सन्तोश जोशी
महासचिब: गँगाधर गौतम
सचिब: ॐकार शर्मा
कोषाध्यक्ष: रोशन जोशी

सदस्यहरु:-
आन्त्वेर्पेन्: राम बहादुर थापा
ल्युभेन: अनन्त शर्मा
सिन्त्रैदिन्: कुमार जोशी
ब्रुग्गे ओस्टेन्डे: बैकुन्ठ प्रसाद खनाल
महिला: बीना भुषाल्
खुल्ला क्षेत्र: माधव सापकोटा, सुरज खड्का

स्वतन्त्र समुह
अध्यक्ष: पेमबा गेल्बु शेर्पा (P.G. Sherpa)
उपाध्यक्ष्: श्रीमती अनन्त गुरुङ
महासचिब: बासुदेव खड्का
सचिब: मेघनाथ काफ्ले
कोषाध्यक्ष: ********

सदस्यहरु:-
ल्युभेन: कौशल खनाल्
सिन्त्रैदिन्: अनिल शर्मा
ब्रुग्गे ओस्टेन्डे: पवन ढकाल्
महिला: यसोदा सुबेदी, संगीता गुरुङ
खुल्ला क्षेत्र: पाशाङ शेर्पा

अन्य स्वतन्त्ररुपमा उम्मेद्वारी दिनेहरु

अध्यक्ष:
बसन्त शर्मा (पुष्प राज अधिकारी)

सदस्य:
ब्रस्सेल्स्: सुरेन्द्रमान आमात्य।

 


 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com