|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 05 September 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
युएईमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज स्थापित |
| नेक सम्वाददाता - 05/09/2006 |
|
युएइमा कामको सिलसीलामा आएका नेपालीहरुले आफुहरुमा रहेको साहित्य प्रतिको रुचिलाई यथावता राख्नको लागि अमेरीकामा प्रधान कार्यालय रहेको र विश्वका ४४ राष्ट्रभन्दा बढिमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तराष्ट्रिय नेपाली साहित्य समाजबाट स्वीकृती लिई युएइ को दुवईमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको युएई शाखा स्थापना गरिएको छ ।
अनेसास युएईको कार्यसमितिका सभापतिमा बाल चन्द्र पोख्रेल, उप-सभापतिमा बिष्णु दाहाल, महा-सचिवमा सुभास अधिकारी, सचिवमा तारानाथ न्यौपाने, कोषाध्यक्षमा ऋषिराम पोख्रेल तथा सदस्यहरुमा जगन्नाथ पौडेल, कृष्ण प्रसाद अर्याल, रवि भट्ट, नेत्र ब. (राजन) भट्टर्राई रहनु भएको एक प्रेस विज्ञप्तीमा जनाइएको छ ।
त्यसैगरी बरिष्ठ सल्लाहकारमा खेमनाथ पौडेल तथा सल्लाहकारहरुमा गोपि महत, स्याम शर्मा, दुगादत्त पोख्रेल रहनुभएको छ ।
विज्ञप्तिमा हामी नेपालीहरु विश्वको जुनसुकै राष्ट्रमा पुगेतापनि हामी हाम्रो भाषा, साहित्य र संस्कृतिलाई साथमा नै लिएर गएका हुन्छौ । विश्वका विभिन्न राष्ट्रहरुमा बसोसास गर्ने प्रवासी नेपालीहरुले विभिन्न माध्ययमहरुबाट नेपाली भाषा साहित्यलाई निरन्तर संरक्षण दिई राख्नु भएको छ । यसै सर्न्दर्भमा विश्वका अन्य देशहरुमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तरराष्ट्रिय नेपाली साहित्य समाज यूएइ च्याप्टरको स्थापना गर्न पाउदा हामीलाई गर्भ लागेको छ भनिएको छ ।
समाजले नेपालबाट प्रकाशित हुने पत्र पत्रिकाहरु लाई युएइमा कामको सिलसिलामा आएका नेपालीहरुका गतिबिधि सम्बन्धि दैनिक जसो समाचार प्रवाह गर्ने साहित्यकारहरुलाई सम्मान, साहित्यिक रचनाहरुको प्रकाशन, साहित्य गोष्ठिहरुको आयोजना, अन्तराष्ट्रिय नेपाली साहित्य पुरस्कार विश्वको कुना काप्चा सवै क्षेत्रमा नेपाली भाषा, संस्कृति र साहित्यको प्रकाश छर्दै जाने लक्ष्य लिएको पनि विज्ञप्तिमा जनाईएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |