|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 27 September 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
साउदीमा तीन नेपालीको शव अलपत्र |
|
एफएन न्युज - 27/09/2006 |
|
काठमाडौ ११ असोज २०६३। साउदी अरवमा मृत्यु भएका ३ जना नेपालीको १ महिना वितिसक्दा पनि शव आइपुगेको छैन ।
अरवमा हिन्दु परम्परा अनुसार दाह संस्कार गर्न नदिएपछि ती शव अहिले त्यहाँको अस्पताल मै छ । गत भदौ ८ गते ट्याक्सी दुर्घटनामा झापा लखनपुर-५ का राजकुमार राई, मोरङ्ग शनिश्चरेका रामबहादुर राई र म्याग्दीका हेम रानामगरको मृत्यु भएको थियो । उनीहरुको शव ल्याउन परराष्ट्र मन्त्रालयलाई पटक-पटक जानकारी गराए पनि कुनै पहल नगरेको राजकुमारका बाबु पृथ्वीपति राईले बताएका छन् ।
साउदीको हियास्थित एक अस्पतालमा ती शव राखिएको बताउँदै राईले नेपाल ल्याउने व्यवस्था बनाई दिन सरकारसँग अनुरोध गरेका छन् । सबै प्रमाण भइसक्दा पनि सरकारले शव ल्याउन पहल नगरेपछि छोराका साथीलाई साउदीमै दाहसंस्कार गरिदिन आग्रह गरेपनि हिन्दु भएका कारण साउदीमा दाह संस्कार गर्न नदिएको उनले बताए । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |