nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 27 September 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेपाली समाज यू.ए.ईद्धारा समवेदना ब्यक्त

नेक सम्वाददाता - 23/09/2006

यू.ए.ई ११ असोज २०६३ । नेपाली समाज यूएईले एक विज्ञप्ति जारी गरी नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको पुर्वसन्ध्यामा यहि आश्विन ७ गते तदअनुसार २३ सेप्टेम्वर २००६ शनिबारका दिन नेपालमा भएको हेलिकोप्टर दुर्घटनाबाट वन तथा भू-संरक्षण राज्यमन्त्री तथा उहाँकी धर्मपत्नी मिना राई, भुगोलबिद हर्क गुरुङसहित अन्य स्वदेशी तथा विदेशी विशिष्ट ब्यक्तिहरुको दुःखद निधनको खवरले नेपाली समाज यू.ए.ई स्तब्ध बनेको जनाएको छ ।


समाजद्वारा जारी विज्ञप्तिमा उक्त दुर्घटनाबाट राष्ट्रमा पर्न गएको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ। साथै सम्पूर्ण पीडित परिवारमा त्यस क्रुर, अकल्पनीय र कहालीलाग्दो दुःखद घटनाले निम्त्याएको असहाय बेदनालाई सहन गर्न सक्ने शक्ति मिलोस भन्दै समस्त शोक सन्तप्त परिवारजनप्रति यू.ए.ई बासी हामी सम्पूर्ण प्रवासी नेपालीहरु हार्दिक समवेदना प्रकट गर्दछौ वक्तव्यमा भनिएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com