nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 October 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


युएइमा लक्ष्मी जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न

खेमनाथ पौडेल - 23/10/2006

दुवाई, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज यू.. च्याप्टरले ९८ लक्ष्मी जयन्ति तथा साहित्यिक समारोह कार्यक्रम अक्टोवर २०, २००६ अर्थात कार्तिक २०६३ का दिन दुवईको फिस्टेल रेष्टुरेष्टमा भब्यताका साथ सम्पन्न गरयो।

 

यू..इका लागि महामहीम कार्यबाहक राजदुत श्री मोहन कृष्ण श्रेष्ठ ज्यूको प्रमुख अतिथीमा सम्पन उक्त कार्यक्रमको सभापतित्व अनेसास यू.. च्याप्टरका सभापति बालचन्द्र ज्यूले गर्नु भएको थियो । अन्य अतिथीहरुमा राजदुतावासका द्धृतिय सचिव प्रकाशमणी पौडेल , तृतिय सचिव विक्रम गीरी, यू..इमा स्थापना भएका विभिन्न संघसस्थाका प्रतिनिधिहरु, यू..इमा छरिएर रहेका साहित्यिक ब्यक्तिहरु, बुद्धिजिवी वर्ग, पत्रकार ज्यूहरु, विभिन्न पेसामा संग्लग्न प्रवासी नेपालीहरुको वृहत उपस्थिति रहेको थियो

 

प्रमुख अतिथी ज्यू सभापतिज्यूबाट महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको फोटोमा फुलमाला चर्ढाई  बक्ति प्रज्वलन गरी कार्यक्रमको विधिवत रुपमा उद्धघाटन गरिएको थियो भने भर्खरै नेपालमा प्लेन दुर्घटनामा परी ज्यान गुमाउन बाध्य स्वदेशी तथा विदेशी विशिष्ट ब्यक्तिहरुको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो

 

कार्यक्रमको सुरुमा नेपालबाट प्राप्त  कविता प्राध्यापक विश्वमणी अधिकारीले पठाउनु भएको राजाको आगनमा देउसी कृष्णजङ्ग आए आगन, सरकारको वयान मागन हे औसीको दिन, गाई तिहार किन भैलो - ................................................... ब्यङ्ग्यात्मक देउसी भाकाको गित अनेसास यू.. च्याप्टरका सदस्य जगन्नाथ पौडेलले भट्याउनु भएको थियो भने उपस्थित सबैले तालमा ताल मिलाएर भैलोरी भन्नु भएको थियो

 

कार्यक्रममा विभिन्न साहित्यकार तथा कविहरुले , आफ्नै भाकामा लक्ष्मी प्रसाद देवकोटाको बारेमा, लक्ष्मी पुजा साथ साथै देशको वर्तमान स्थितीको बारेमा गित गजल मुक्तक, कविताहरु प्रस्तुत गर्नु भएको थियो केन्द्रबाट प्राप्त साहित्यकार होमनाथ सुवेदी अध्यक्ष मोहन सिटौला तथा साउदीबाट सागर श्रेष्ठले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाईएको थियो साथसाथै विभिन्न ठाउँबाट प्राप्त साहित्यकारहरुको कविताहरु उपस्थित साहित्यकारहरुले वाचन गरेर सुनाउनु भएको थियो

 

कार्यक्रम सञ्चालक अनेसास यू..इका महासचिव सुवास अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तब्य सदस्य कृष्ण अर्याल ज्यूले दिनु भएको थियो लक्ष्मी प्रसाद देवकोटाको जिवनी, तथा भूमिकाकोबारेमा अनेसास यू..इका सचिव तारानाथ न्यौपानेले प्रस्तुत गर्नु भएको थियो अनेसासको भूमिका, भावी योजना, अनेसासको स्थापना यसले विश्व जञ्जालमा फिजाएको जालोको बारेमा बृस्तृत जानकारी अनेसास यू..इका बरिष्ठ सल्लाहकार खेमनाथ पौडेलले दिनु भएको थियो कार्यक्रमको प्रायोजनमा यू.. एक्सचेन्जले सहयोग गरेको थियो

 

कार्यक्रममा उपस्थित बिभिन्न साहित्यकारहरुले आफ्नो मन्तब्यमा यू..इमा पहिलोपटक लक्ष्मी प्रसाद देवकोटाको जत्मजयन्ति तथा साहित्यिक कार्यत्रममा उपस्थित हुन पाएकोमा खुशी प्रकट गर्नु भएको थियो महिला साहित्यकार श्रीमती अञ्जु वाग्लेजीले लामो बर्साईमा आज बल्ल साहित्यिक कार्यक्रममा उपस्थित हुन पाएकोमा अनेसासको बारेमा अझै बढी जानकारी भएकोमा खुशी प्रकट गर्नुहुँदै अनेसासमा आवद्ध भएर जान प्रवासमा छरिएर रहेका साहित्यकारहरुलाई अनुरोध गर्नु भएको थियो

 

प्रमुख अतिथी श्री मोहन कृष्ण श्रेष्ठ ज्यूले आफु आएको छोटो समयमा पनि पहिलो पटक साहित्यिक कार्यक्रममा उपस्थित हुन पाएकोमा अनेसास यू.. च्याप्टरले स्थापना कालको छोटो अवधिमानै सफलता प्राप्त गर्न सकेकोमा खुशी प्रकट गर्दै भविश्यमा पनि साहित्यिक कार्यक्रममा सहभागी हुन पाईयोस भनी अनेसास यू.. च्याप्टरलाई धन्यवाद प्रकट गर्दै शुभ दिपावलीको पावन अवसरमा राजदुतावासको तर्फबाट सम्पूर्ण प्रवासी नेपालीहरुलाई शुभ कामना दिनु भएको थियो

 

कार्यक्रमको अन्त्यमा सभापति बालचन्द्र पोख्रेलले यू..इमा छरिएर रहेका साहित्यकारहरुलाई अनेसासको छातामुनी गोलबद्ध भएर अगाडी बढ्न अनुरोध गर्नु हुदै आउदा दिनहरुमा अन्य साहित्यकारहरुको जन्मजयन्ती मनाउदै जाने उक्त कार्यक्रममा कविता प्रतियोगिता जस्ता साहित्यिक कार्यक्रम गर्ने वाचा गर्दै सभाको बिर्सजन गर्नु भएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com