nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 October 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यू..इमा देउसी भैलो कार्यक्रम

खेमनाथ पौडेल - 28/10/2006

अबुधावीमा देउसी भैलो कार्यक्रम

नेपालीहरुको दोश्रो ठूलो महान् चाड तिहार (दिपावली) तथा नेपाल संवत नयाँ बर्ष ११२७ को पावन अवसरमा यू..इमा कार्यरत नेपालीहरुको बीचमा नेपाली समाज अवुधावी क्षेत्रीय समिति तथार इमिरेट्स नेवा पुचः ले संयूक्त रुपमा एक भब्य देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गर्यो । कार्तिक ६ गते तदअनुसार २३ अक्टोवर २००६ गोरुतिहारका दिन बेलुका भैलिनी आईन आँगन गुन्यू चोली मागन हे औंशीको बार गाई तिरहार भैलो भन्दै श्रीमती बिष्णुमाया सापकोटाले र आहै भन भन भाइ हो देउसीरे भन्दै दामोदर नेपालले कार्यक्रमको सूभारम्भ गर्नु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता यू..इका लागि का. वा राजदुत श्री मोहन कृष्ण श्रेष्ठ ज्यूले गर्नुभएको थियो ।

 

अबुधावी क्षेत्रीय समितिका सभापति श्री लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाली समाज यू..इका संवाद सचिव दामोदर नेपालले सञ्चालन गर्नु भएको थियो । अबुधावी क्षेत्रीय समितिका सल्लाहका रविन्द्र दाहालले आगन्तुकहरुलाई स्वागत गर्नु भएको थियो भने नेपाली समाजका केन्द्रिय उपाध्यक्ष भुवन र्राई तथा महासचिव प्रज्वल श्रेष्ठज्यूले समाजका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

 

सान्दाई मार्मिक, राजन श्रेष्ठ, शिशिर थापा, हिमाल श्रेष्ठ, आशिश र्राई तथा मीन गुरुङ्ग जस्ता राष्ट्रिय स्तरका गायकहरुले समेत गीत गाउनु भएको उक्त कार्यक्रममा थुप्रै आकर्षण र मनोरञ्जनात्मक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । शान्ति शाह, सागर रेग्मी, शाहारा गुरुङ्ग, दिपक गुरुङ्गका आकर्षक नृत्यले दर्शकहरुलाई पनि नचाएको  थियो । दर्शकहरुले खचाखच भरिएको हलमा देउसी र भैलो खेलेर कलाकारहरुले दर्शकहरुलाई टीका लगाई दिएका थिए भने दर्शकहरुले पनि आफ्नै गाउँघरकै सम्झना आयो भन्दै देउसी र भैलो खेल्नेलाई दक्षिणा प्रदान गरेका थिए ।

 

नेपाल कला, संस्कृति, रीतिरिवाज र सभ्यताको धनी देश हो र नेपालीहरु विश्वको कुनै पनि कुनामा रहे तापनि आफ्नो दुःख र कष्टलाई मनको कुनामा सँगालेर आफ्नो संस्कृतिलाई जोगाउन कहिल्यै पछि पर्दैनन् भन्ने कुराको दर्विलो प्रमाण बनेको थियो उक्त कार्यक्रम ।

 

नेपाली दुतावासका अन्य कर्मचारी तथा नेपाली समाजका केन्द्रिय सभापति र्सर्वेन्द्र वाग्ले, क्षेत्रिय समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, बुद्धिजिवीहरु, ब्यवसायी, पत्रकार, लगायत अन्य विभिन्न क्षेत्रका प्रतिनिधीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम अत्यन्त सफल रहेको भन्दै प्रमुख अतिथी का.वा. राजदुतले भावी दिनमा पनि नेपाली समाजले यस्ता कार्यक्रम आयोजना गर्दै जाओस भन्ने शुभ कामना तथा दिपावली र नेपाल संवत नयाँ बर्ष ११२७ को हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्नु भएको थियो ।

 

उक्त कार्यक्रमको मुख्य प्रायोजन यू..इ एक्सचेन्ज र काठमाण्डौ रेष्टुरेण्ट अवुधाबीले गरेको थियो । अन्त्यमा परम्परालाई जोगाउदै प्रवासमा पनि सेल रोटी खान पाउँदा सबै खुशी देखिन्थे ।

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com