|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 04 November 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
युएईमा प्रवासी लिम्बू समुदाय गठन |
||
| मनिष तुम्बाहाङफे लिम्बू - 04/11/2006 | ||
|
दुबइ, अक्टोबर २७, रङ्गवादी कवि तथा समाजसेवी मनकुमार लावती लिम्बू (समदर्शी काइँला) को संयोजकत्व तथा पिएस निङ्गलेकु लिम्बू "निश्चल", मनिश तुम्बाहाङफे लिम्बू र केशर सिंगक लिम्बू को विशेष पहलमा पहिलो पल्ट इमिरेट्सको सातै क्षेत्रहरुमा रहेका लिम्बूहरुको एक वृहत् भेलाले Community of Migrant Limboo, (COML) UAE प्रवासी लिम्बू समुदाय (प्रलिस), केन्द्रिय तदर्थ कार्य समिति, युएइको गठन गरेको छ ।
समुदायले आफ्नो फराकिलो प्लेटर्फममा सबै लिम्बूहरुलाई एकत्र गरी अटाएका छन्, अटाइनु पर्ने अति आवश्यकताले । औपचारिक र मानवीय चिनापर्ची जो नै भातृत्व सम्बन्धको विकाशको प्रथम आधार हो, बाट कार्यक्रमको थालनी भएर समुदायको गठन र उद्देश्यमाथि प्रष्ट प्रकाश पार्ने क्रममा पिएस निङ्गलेकु लिम्बूले भन्नु भयो-"अनेकता र विभिन्नताको विदिशामा बिटुइलिएर रहेका लिम्बूहरुलाई सामाजिक एकताको सद्भावको संगोलमा गाभ्ने यहाँ युएइमा आजसम्मन् हाम्रो यौटा पनि दर्बिलो संस्था भएन । कियाचु ,युएइ जो एक वर्षअघि केहि काम गर्ने उद्देश्यहरु लिई स्थापना भएर पनि आजसम्म फगत नाम मात्रको रह्यो । फलतः हामीले यो समुदाय बनाउनु परेको हो- कुरा कम र काम बढी गर्ने हेतुले । प्रलिस जसले युएइ प्रवासमा रहनु हुने सम्पूर्ण लिम्बूहरुको हरपाटोलाई सकेसम्म रेखदेख गर्दै अभिभावकत्व निभाउनेछ ।
लिम्बूहरुले प्रथमतः परस्पर मैत्रीपूर्ण भातृत्व सम्बन्धको विकाश गर्दे अन्नतः समुदायको सदस्यहरुको आगत समस्याहरुको निराकरण गर्न पहल सामाजिक एकता भावनाको श्रीवृदि गर्न र नेपाली राजदुतबास, युएइ साथै कियाचु केन्द्रिय कार्य समिति, नेपालसित समन्वय आदि विशिष्ट उद्देश्यहरु लिएर गठित प्रलिसले अध्यक्षमा पिएस निङ्गलेकु लिम्बू"निश्चल"(सुनसरी), उपाध्यक्षमा भुवन जबेगु लिम्बू (पाँचथर), महासचिवमा मनकुमार लावती लिम्बू (पाँचथर), सचिवमा लोकबहादुर थलङ लिम्बू (संखुवासभा), कोषाध्यक्षमा पदम पन्दाक लिम्बू (मोरङ), सह-कोषाक्ष्यक्षमा मनिश तुम्बाहाङफे लिम्बू (तेह्रथुम) र सदस्यहरुमा अमर चेम्जोङ लिम्बू (झापा), मणिकुमार चेम्जोङ लिम्बू (सुनसरी), बिक्रम थलङ लिम्बू (संखुवासभा), दुर्योधन लावती लिम्बू (पाँचथर) , श्रीमती सरजु राई लिम्ब (ललितपूर), नरेन्द्र निङलेकु लिम्बू (तेह्रथुम), पदम लावती लिम्बू (पाँचथर), धनमान इवाहाङ लिम्बू (धनकुटा) र पवित्र आङदेम्बे लिम्बू (पाँचथर) चयन गरेको छ भने सल्लाहकारमा हरिन्द्र सिंगक लिम्बू रहनु भएको छ ।
कार्यक्रममा उपस्थित पुरुष महिला गरी लगभग सयजना जति लिम्बूहरुले आआफ्नो हस्ताक्षरसहित समुदायको उन्नयनको लागी दृढसंकल्प गरेका छन् । फुट्नु भन्दा जुट्नु धेरै उत्तम हुन्छ-सबैको सामूहिक निर्क्यौल थियो । "आज हामीले बलैले एक कदम अघि सर्यौं । सानू पच्याङको बाटोसम्म खन्यौं । यसलाई राजमार्ग बनाउन समुदायले पहिलो चरणको कार्यक्रम अन्तर्गते निश्चित म्याण्डेट दिइ पद्मसुन्दर निङ्गलेकु लिम्बूको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति तथा मनकुमार लावती लिम्बू संयोजकत्यमा ५ सदस्यीय क्षेत्रिय समिति गठनार्थ समन्वय समिति समेत गठन गरेको छ ।
हामी समुदायको उद्देश्यप्रति सदा सजक रहनु पर्दछ, रहनेछौं भन्दै मनकुमार लावती लिम्बूले कार्यक्रमको विर्सजन गर्नु भयो । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |