nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 09 November 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यू..इमा नेपाली संघसंस्थाहरु

नेक सम्वाददाता - 09/11/2006

यू..इमा नेपाली संघसंस्थाहरु

- प्रवेश दवाडी, यू..

 

विगत केहि बर्षयता खाडी मुलुक अर्न्तगत यू..इमा नेपालीहरु भित्रने क्रम बढ्दो अन्य खाडी मुलुकको तुलनामा यू.. केहि मात्रमा खुकुलो यू..इमा सामान्य सय दिराम तलव देखि ४० हजार दिराम तलव (अर्थात नेपाली हजार देखि सात लाख ५० हजार जति) थाप्ने नेपालीहरु विभिन्न विशिष्ट पदहरुमा कार्यरत छन् विगत लामो समयदेखि यू..इमा नेपाली संघसंस्थाहरु खुलीनै राखेका रहेछन् विदेशमा नेपाली संघ संस्थाहरु खुलाउनको लागि नेपालको जस्तो झन्झट हुदैन, संस्था कतै दर्ता गराउनु पर्दैन  त्यसैले पनि नेपाली संघ संस्थाहरु विदेशमा च्याउसरी उम्रिरहेका छन् दुइ चार जना समाजमा कहलिएका ब्यक्तिहरु जम्मा भयो अनि कुनै नयाँ नाम दिएर संस्था स्थापना गर्यो केहि समय सम्म मिलेर सँगै गयो पछि साथी साथीमा मनमुटाव भए पछि संस्थाबाट निस्केर त्यहि संस्थाको नाम दिएर अर्को संस्था खुलायो विदेशमा नेपालीहरुको परिपाटी यस्तै नेपालमा कांग्रेस टुक्रा भएर रुख कस्को हो भने जस्तै विदेशमा संस्था टुक्रेर संस्थाको लोगो कस्को हो भन्नु पर्ने बाध्यता सामान्य लेवरमा काम गर्ने नेपालीलाई समाज के हो ? कहाँ कुन कार्यक्रम हुँदैछ ? नेपालबाट कुन कुन कलाकार आउदैछन् नेपालमा के भईराखेको ? कति नेपालीहरु दलालबाट ठगिएका छन् ? कति नेपालीहरु यू..इबाट इराककोलागि उडे केहि थाहा पाउदैनन् तर जोसँग प्राईभेट या कम्पनीको गाडी पैसा प्रत्येक संस्थाको कार्यक्रममा पुगेको हुन्छ सहभागिता जनाएको हुन्छ  

 

नेपाली संघसंस्थाहरु विदेशमा किन आवश्यकता ? सायद यो प्रश्नको जवाफ प्रत्यक संघसंस्थाहरुसँग होला बाफ रे बाफ सम्पूर्ण प्रवासी नेपालीहरुको छाता संस्था रे, जातिय संस्था रे, गुरुङ्ग, मगर, लिम्वु, नेवार, आदिको संस्था रे, विभिन्न किसिमका साहित्यिक संस्था रे, त्यतिमात्र नभएर अञ्चल संस्था, धेरै ठाउँमा लुम्विनी अञ्चलको नाम अगाडी आउछ सायद लुम्विनी नेपालको प्रख्यात ठाउँ भएर होला लुम्विनीको नामबाट खाडीमुलुकमा धेरै संघसंस्थाहरु खुलेका छन्   नेपालका विभिन्न जिल्लाका नामबाट जिल्ला संस्था अहिले विदेशमा नेपालीहरुको संस्थानै संस्था अब कुन नाम दिएर संस्था बनाउने नाम जुराउनको लागि पनि धौ धौ पर्ला जस्तो

 

यू..इमा हप्ताको एक संस्था स्थापना भएको खवर सुन्न पाईन्छ विगत लामो समय देखि नेपालीहरुको हक हितको लागि सम्वन्धित ठाउँमा आवाज उठाउँदै सम्वन्धित निकायलाई प्रवासमा नेपालीहरुको दुखका घटनाहरुको बारेमा जगजगाउदै आएको आफुलाई यू..इकै सबैभन्दा पुरानो संस्था भनेर उद्धघोष गर्ने नेपाली समाज यू.. हाल आएर थला टेकेको विगतमा यस संस्थाले प्रवासी नेपालीहरुकोलागि ठुलो योगदान खेलेको थियो बिचमा ब्यक्तिगत रिसिवीको कारण यस संस्थाबाट पुराना तथा आफुलाई यू..इमा बरिष्ठ समाज सेवी पुरानो नेपालीको रुपले चिनाउने ब्यक्तिलाई संस्थाबाट निस्काशन गरेपछि यस संस्थामा भुइचालो आएको थियो को भन्दा को कम भन्दै संस्थाबाट निस्काशन भए पछि नेपाली समाजनै नाम दिएर उहाँले अर्को संस्था स्थापना गरिदिनु भयो अब प्रवासी नेपालीहरु दुख परेको खण्डमा कस्लाई गुहार्ने ? पुरानो संस्थालाई या नयाँ संस्थालाई ? सबै नेपालीहरु एक हुन कहाँ हो कहाँ ब्यक्ति ब्यक्तिको नामबाट समाजको प्रचार प्रसार भयो अहिले आएर एक थरी हामी यू..इमा स्थापना भएका २० वटा संस्थाहरु राजदुतावासको रोहवरमा स्थापना गरिएको नेपाली समाज तदर्थ समितीका प्रमुख हौ भन्दछन् भने अर्का थरी हामीसँग १० वटा क्षेत्रिय समितीहरु छन् हामी भनेको संस्थापन पक्ष हौ त्यसैले यू..इमा नेपाली समाज भनेको हामी हौ भनेर दावी गर्दछन्

 

 

यू..इमा कार्यरत धेरै जसो नेपालीहरुको मुखबाट नेपाली समाजको नाम उच्चाहरण गर्दासाथ घृणाले मुन्टो बटार्छन् आखीर किन यस्तो घृणित बन्न पुग्यो यो संस्था ? सायद समाजमा भिज्न नसकेर नै यो समस्या आएको जस्तो जो कोहिलाई लाग्न सक्छ जो सय दिराम महिनामा कमउछ उसँग अनिगिन्ती समस्याहरु छन् उसको बिचमा पुगेर समस्या समाधान गर्ने नै बल्ल संस्था हो

 

 

चाहे जिल्ला संस्था होस् चाहे जातीय संस्था होस् चाहे सबैभन्दा पुरानो संस्था होस आखिर सबैको काम एकै जस्तै हो कित आपतमा परेको नेपालीलाई उद्धार गर्ने अनि नेपाली भाषा साहित्य, कला संस्कृतिलाई विदेशमा बचाउने सबै नेपालीहरु एक भएर जाने हो भने के यि कार्यहरु गर्नको लागि विभिन्न नानाभातीका संस्थाका नामहरु दिएर संस्था खोल्न जरुरत नै होला ?

 

अस्ति भर्खर एउटा लिम्वु समाज पनि स्थापना भयो रे भन्ने खवर पत्र पत्रिकामा छापिएको थियो लिम्बु समाज पहिला देखिनै यू..इमा स्थापना भएको थियो किन फेरी अर्को समाज स्थापन गर्नु परेको होला सायद उहाँहरुलाई पनि पदको लालचले छोएर नै होला साहित्य तिरको कुरा गर्ने हो भने अहिले यू..इमा तिन, चार वटा साहित्यक समाज गठन भईसकेका छन् भर्खरै केहि समय पनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गठन भयो रे त्यो भन्दा पहिला पनि यू..इमा अन्य साहित्यिक समाजहरु थिए आखीर काम एउटै हो किन एक भएर जान रुचाउदैनन् नेपालीहरु विदेशमा

 

एकै संस्थाका ब्यक्तिहरु अन्य संस्थामा पनि आवद्ध भएको धेरै उदाहरणहरु छन् प्रवासमा पहिलो जागिरलाई प्राथमिकता दिनु पर्र्यो तर पनि एकै ब्यक्ति नानाथरीका संस्थामा आवद्ध भएर काम गरिराखेका छन् एउटा संस्थालाई राम्रोसँग साङ्गेठानीक स्वरुप दिन नसकेका ब्यक्तिले अर्को संस्थालाई कसरी अगाडी लैजाने

 

विगत १० बर्षदेखि गृहयुद्धमा होमिएका माओवादीहरु एक जुट भएर जान थालेका छन् भने विदेशमा वस्ने नेपालीहरु किन एक भएर जान सक्दैनन् आशा अब विदेशमा पनि नेपालमा जस्तै शान्ति सम्झौता हुने सबै नेपालीहरु एक भएर प्रदेशमा नेपालीहरुलाई आईपर्ने दुख कष्टलाई समाधान गरी नेपालीहरुले पनि विदेशमा केहि गर्दा रहेछन् है भन्दै विश्वमा नेपालीको नाम उच्च राख्ने छन् भन्ने

 

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks