nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 14 November 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


जापानको नागोयामा नेपालीको हत्या

नेक सम्वाददाता - 14/11/2006

विगत लामो समयदेखि जापानको नागोयामा रहादै आउनु भएका धौलागिरि अञ्चल बागलुङ्ग निवासी गणेशबहादुर साहनी मृत अवस्थामा भेटिएका छन् ।

 

नेपालजापान डट कमले जनाएअनुसार यहि नोभेम्बर ११ शनिबार दिनको ठिक २:३० बजे उहाँको मोबाइलमा फोन आई बाहिर निस्किएको र त्यसपछि बेपत्ता भएकोमा यसरी मृत अवस्थामा फेला परेका हुन् । बेपत्ता भएपछि कतै सम्पर्क नभएपछि प्रहरीलाई खबर गरेपनि कुनै सूचना पाउन नसकेकामा एकै पटक मृत अवस्थामा उहाँको शव फेला परेको हो ।

 

विगत २५ बर्षदेखि जापानमा श्रीमति, छोरा र छोरीसँगै रहनु भएका साहनी नागोयास्थित अकबर रेष्टुरेण्टमा कार्यरत हुनुहुन्थ्यो । उहाँले एक जना नेपाली र जापानीसँग मिलेर नागोयाको सेटो भन्ने ठाउँमा नयाँ रेष्टुरेण्ट लिई यहि डिसेम्बर १ बाट संचालन गर्ने तयारी गरिरहनु भएको थाहा भएको छ।

 

आज सोही नयाँ रेष्टुरेण्टमा उहाँको शव भेटिएको हो । घटनाको जानाकारी पाउने बित्तिकै एनआरएन जापान तोकाई होकिरिकु क्षेत्रका संयोजक पारसमणि पोखरेललगायत रोविन्द प्रसाद श्रेष्ठ, दिपक घिमिरे घटनास्थलमा पुगी प्रहरी तथा मिडियाहरुलाई खबर गर्ने र अन्य जानाकारी लिने कार्य गर्नुभएको थियो ।

 

 

हाल शव प्रहरीले पोष्टमार्टमका लागि लगेकोले विस्तृत जानाकारी पछि मात्र आउने भएको छ। साथै यस्तो घटना जोसुकैबाट गराइएको भएपनि एनआरएन जापान तोकाई होकिरिकु क्षेत्रले त्यसको घोर विरोध र भत्सना गर्दै दोषी उपर कारवाहीको माग गरेको छ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com