nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 19 November 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


साउदी अरबबाट नौ युवतीको उद्धार

कान्तिपुर दैनिक/सुरज कुँवर  - 19/11/2006

काठमाडौं, मंसिर २ -  रोजगारीका लागि साउदी अरब गएका ९ नेपाली युवतीलाई त्यहाँ रहेको नेपाली संस्थाले उद्धार गरेर स्वदेश फर्काइदिएको छ ।

 

रियादस्थित एउटै बन्दीगृहमा छ महिना कठोर यातना खेपेका उनीहरू प्रवासी नेपाली संस्था 'प्रवासी नेपाली नेटवर्क परिवार' को सहयोगमा र्फकन सफल भएका हुन् । त्यहाँ अझै २१ युवती नारकीय जीवन भोगेर बसिरहेको उनीहरूले बताए । तीमध्ये वीरगन्ज घर भएकी रमा सुनारको अवस्था चिन्ताजनक रहेको उनीहरूले बताए । पाठेघरकी बिरामी उनलाई उक्त सरकारी बन्दीगृह प्रशासनले उपचारसमेत गराएको छैन ।

 

त्यहीँ रहेकाहरू खर्चको अभावमा छन् । त्यहाँको नेपाली दूतावासले पहल गरेर उनीहरूलाई फर्काउनुपर्ने फर्केकी एक युवतीले माग गरिन् । बन्दीगृहमा रहेका अधिकांश घरेलु कामदार हुन् । उनीहरू घरमालिकको यातना र शोषण सहन नसकेर प्रहरीमार्फत बन्दीगृह पुगेका हुन् ।

 

राम्रो रोजगारी लगाइदिने प्रलोभन दिएर भारतको मुम्बई र दिल्लीबाट एक वर्षअघि साउदी अरब पुगेका यी युवती १७ देखि ३१ वर्षसम्मका छन् । तीमध्ये ३ अविवाहित र ६ विवाहित हुन् । उनीहरू बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, कास्की, स्याङ्जा, सुनसरी र झापा घर भएका छन् । घरमालिकको शारीरिक, मानसिक शोषण, सर्तअनुसार ज्याला र सुविधा नदिएपछि केही भागेर र केही घरनिकाला भएर रियादस्थित नेपाली दूतावासको शरणमा पुगेका थिए । दूतावासले स्वदेश फर्काउन नसक्ने जनाउँदै उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाएको र प्रहरीले वलाइयास्थित बन्दीगृहमा पठाएको पोखराकी एक युवतीले बताइन्

 

सरकारले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन रोक लगाएकाले भारतीय दलालमार्फत उनीहरू खाडी मुलुक गएका हुन् । बुधबार बिहान एयर अरबियाको उडानमा दुबईको सारजाहा हुँदै बिहीबार साँझ त्रिभुवन विमानस्थल उत्रिएका ती युवतीलाई माइती नेपालले जिम्मा लिएको थियो ।

 

रियादस्थित नेपाली दूतावासले भने शुक्रबार विज्ञप्ति प्रकाशित गरी ती युवती दूतावासकै सहयोगमा स्वदेश फर्केको दाबी गरेको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com