|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 19 November 2006
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
प्रवासी लिम्बू समुदाय दुबई क्षेत्रिय कार्य समिति गठन |
| नेक सम्वाददाता - 19/11/2006 |
|
दुबई, गत नोभेम्बर १७, २००६ का दिन प्रवासी लिम्बू समुदाय युएइ (प्रलिस), केन्द्रिय कार्य समितिको आयोजना र नेपाली साहित्य जगतमा रङ्गवादी साहित्यका तीन प्रवर्तकहरु मध्ये एक प्रवर्तक, कवि तथा समाजसेवी मनकुमार लावती लिम्बू (समदर्शी काइँला) को संयोजकत्वमा युएइको दुबइ क्षेत्रमा कार्यरत लिम्बुहरुको बृहत भेलाले निम्नानुसारका पदाधिकारीहरु रहेको एघार सदस्यीय प्रलिस युएइ दुबइ क्षेत्रिय कार्य समितिको गठन गरको छ ।
उपरोक्त कार्यक्रममा प्रवासी लिम्बू समुदाय युएइ (प्रलिस) केन्द्रिय कार्यसमितिका अध्यक्ष पिएस निङ्गलेकु लिम्बू "निश्चल", महासचिव मनकुमार लावती लिम्बू, सचिव लोकमान थलङ लिम्बू, कोषाध्यक्ष पदम पन्दाक लिम्बू साथै अन्य केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो ।
नवगठित उक्त क्षेत्रिय कार्य समितिको अध्यक्षमा किरण इवाहाङ लिम्बू , उपाध्यक्षमा कमल ताम्लिङ लिम्बू , सचिवमा केशर सिङगक लिम्बू , कोषाध्यक्षमा हरि वनेम लिम्बू र सदस्यहरुमा क्रमशः रविन निङलेकु लिम्बू, ज्ञानेन्द्र चोङबाङ, लिम्बू, हरि हाङस्रोम्बा लिम्बू, रमेशमान आङदेम्बे लिम्बू ,बिरुहाङ आङदेम्बे, लिम्बू, दिलकुमार देवान लिम्बू र शीला तुम्रोक लिम्बू रहेका छन् । दुबई प्रलिस केन्द्रिय कार्य समिति गठित भएको तेस्रो हप्ताभित्रै र क्षेत्रिय कार्यसमिति उम अल क्वीनको गठन भएको एक हप्ताभित्रै यसले अर्को क्षेत्रिय कार्यसमिति दुबइको गठन गरि गन्तब्यतर्फ लामो फड्को मारेको छ । युएइका विभिन्न क्षेत्रहरुबाट अत्यधिक लिम्बूहरुको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता केन्द्रिय कार्यसमितिको अध्यक्ष पिएस निङलेकु लिम्बू "निश्चल" ले गर्नु भएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |