nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 22 November 2006

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


इराक जाने १६ जना नेपाली युवाहरु दुवईमा अलपत्र

श्याम शर्मा-नेपाली समाचार केन्द्र युएई - 11/11/2006

अलपत्र परेका मध्येका ज्ञानेन्द्र ठाकुर

फोटोः गल्फन्यूज

दुवई, इराक जना भनी नेपालबाट पठाईएका १६ जना नेपाली युवाहरु यूएइको दुवईमा अलपत्र परेको समाचार काठमाण्डौको बागबजार स्थित ताज इन्टरनेस्नल मेनपावरले ति युवाहरु लाई इराक लैजाने भनि प्रत्येक व्याक्ति सगँ रु. ,७५,००० देखी  ,५०,००० हजार सम्म लिएका पिडित युवाले आफ्नो नाम नबताउने र्सतमा बताएकाछन् । नाम नबताउनुको कारण थियो घरमा आफ्ना परिवारहरुको समस्यालाई दिएर

 

उनीहरुलाई दुवई हुदै इराक लैजाने भनि यहाँबाट ट्रान्जीट भिसा निकालेर ल्याइएको थियो । युएईमा नेपालीहरुका लागि विगत महिना देखि भिजीट भिसा बन्द भएका कारण यस्तो भिसा निकालेर दलालले पैसा लुट्ने प्रयास गरेका तिनीहरु बताउछन उनीहरु लाई यहाँ नेपालको मेनपावरबाट दुवईमा रहेकी महिला दलाल पार्वती श्रेष्ठ सगँ सर्म्पक गरि इराक जाने मामला मिलाउने भनि पठाएको पनि उनीहरु बताउदछन् ।  दुवईमा निज पार्वती श्रेष्ठलाई सर्म्पक गर्दा मेरो यस विषयमा केहि सम्वन्ध नरहेको मैले खाली मेनपावर कम्पनीलाई भिसा मात्र दिएको भनि जिम्मेवारीबाट पन्छिएको पिडित युवाहरु बताउदछन् ।

 

अब उनीहरु लाई नेपाल र्फाउन यहाँ रहको विभिन्न व्याक्तिहरु लागेको अबको एक दुइ दिन भित्रमा उनीहरु नेपाल र्फकने यहाँ स्थीत नेपाली समाज सेवीहरु बताउदछन् । उनीहरु लाई नेपाल फर्काउनको लागि मेनपावर कम्पनी सगँ सर्म्पक गरि टिकटको व्यवस्था मिलाउन लागिएको भनिएको

 

गल्फ न्यूजमा प्रकाशित समाचार अनुसार ति नेपालीहरुलाई दुवईमा सेक्युरीटि गार्डको रुपमा काम गराउन पठाईएको ति मध्येका ज्ञानेन्द्र ठाकुरले वताएका छन् । मासिक अमेरिकी डलर १२,००० तलव हुने नेपालको म्यानपावर एजेन्सीले वताएको उनी भन्दछन् । दुई दिन देखि दुवईको विमानस्थलमा अलपत्र परेका यि कामदारहरुलाई दुवईमा कार्यरत नेपाली समाजसेवीहरु सि पि सापकोटा तथा लोकनाथ सुवेदीले सम्बन्धित निकायलाई जानकारी गराउने तथा नेपाल फिर्ता पठाउने व्यवस्था मिलाईदै गरेको पत्रिकाले जनाएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com