|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 16 January 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
नेपाल वायुसेवा र यूएईका प्रवासी नेपालीहरु |
| खेमनाथ पौडेलको सहयोगमा नेक सम्वाददाता - 15/01/2007 |
|
नेपालको राष्ट्रिय ध्वजावाहक (शाही) नेपाल वायुसेवा यूएइ का प्रवासी नेपालीहरुकोलागि टाउको दुखाईको बिषय भएको छ । यूएइ मा कार्यरत नेपालीहरुले छोटो समयको बिदामा समयको सदुपयोग गर्दै दुवाईबाट सिधा काठमाण्डौको उडान भएको हुँदा आफ्नै राष्ट्रिय ध्वजावाहक प्लेनबाट जान रुचाउने बताउछन् तर एयरलाईन्सको लापरबाहि हो या प्राविधिक गडबढी हो निर्धारित समयमा विमान नउड्ने पुरानै रोगले गर्दा यहाँका नेपालीहरु पिडित भएका छन् । यस्तो समस्या एक पटक मात्र नभएर पटक पटक दोहोरिएको यहाँका पिडित नेपालीहरु बताउछन् । १ हप्ता सम्म एयरपोर्टमा ओहोर दोहोर गरि वाक्क भएका एक पिडित नेपालीको भनाई अनुसार आज नेपालको मौसम खराव छ त्यसैले भोली आउनुहोस्, भोली जाँदा आज प्लेन गडबढी छ भोली आउनुहोस् भन्दा भन्दै १ हप्ता सम्म एयरर्पोट आउने जाने गरेको गुनासो पोखे । अन्तिम दिन पनि तोकिएको समय भन्दा २ घण्टा ढिलो प्लेन उडेको उनको भनाई थियो "अब म त भुलेर पनि नेपाल एयरलाईन्सको टिकट खरिद गर्दिन" भन्दै "कम्पनीले जम्मा १ महिनाको छुट्ट दिएको थियो यहाँ १ हप्ता बित्यो अब नेपाल कति दिन बस्ने र?" ति पिडित नेपालीको भनाई थियो । कोठाबाट विदाई भएर एयरपोर्ट गएका साथीहरु रात भरीको अनिधोमा प्लेनको पर्खाईमा बसी बिहान कोठामानै फर्केका धेरै नेपालीहरुको गुनासो थियो । अर्का एक जना नेपालीले आफ्नै ब्यक्तिलाई लगातार ५ पटक सम्म एयरर्पोट छोड्ने अनि प्लेन नआएर फेरी फर्काएर लाने गरेको बताए ।
गत हप्ता पनि पहिलाकै कार्य दोहोरियो नेपाल जान भनि हिडेका नेपालीहरु ४ दिन सम्म एयरर्पोटमा बिचल्लित भए । पहिलो हप्ता आउनु पर्ने प्लेन मौसमको गडबढि देखाई नआएकोले दोश्रो हप्तामा पनि आउने हो कि होईन दोधारमा थिए नेपाल जान भनि टिकट किनेर वसेका नेपालीहरु । पुराना यात्रुहरु त बिचल्लि परेका थिए तर नयाँ यात्रुहरु पनि बिचल्लीमा परिनेपो हो कि भनी डराईरहेका थिए । दोश्रो साता नेपाल ऐयरलाईन्स आउन त आएछ तर दुवाईबाट निर्धारित समय भन्दा २ घण्टा ढिलो मात्र उडेको एक नेपालीले बताए । विदेशमा पसिनाको कमाई नेपालकै ऐयरलाईन्समा खर्च गरौ भन्ने भावनका नेपालीहरु धेरै छन् तर यहि कारणले गर्दा प्राय जसो नेपालीहरु अन्य प्लेनमा जान बाध्य छन् । युएईको सारजाहाँबाट काठमाण्डौको लागि सिधा उडान भएको एयर अरेबिया हप्ताको दुइ, तिन पटक ओहोर दोहोर गर्दछ, कतार एयरवेज, गल्फ ऐयरले पनि नेपालको लागि उडान भर्दछ तर यि प्लेनहरुलाई मौसमको गडबढी नहुने हाम्रो नेपालको ऐयरलाईन्सलाई मौसमको गडबढी हुने यो कस्तो अचम्मको रोग बोकेर बसेको छ (शाही) नेपाल वायुसेवाले ?
पुनश्च: यहाँ (शाही) लेखिएको कारण चाहीं दुवाईको उडान भर्ने नेपाल वायुसेवाको प्लेनमा अझ पनि "शाही नेपाल वायुसेवा" भनेर पढ्न पाईने भएकोले हो । त्यसो त यूएईको अबुधावि स्थित नेपाली दुतावासको आफ्नै वेभ साईट (http://www.nepembassyuae.ae) मा पनि Royal Nepalese Embassy, His Majesty's Government of Nepal तथा पुरानै निसाना छाप पढ्न र हेर्न पाईरहेकै छौ ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |