|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 January 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यूएईमा एक हजार नेपालीहरु ठगिए |
|
खेमनाथ पौडेल, यूएई - 22/01/2007 |
|
यूएइ को राजधानी अबुधावीबाट करिब २५, ३० कि.मी टाढा अवस्थित लेबर क्याम अर्थात मुसाफाहा क्षेत्रमा हजारौ नेपालीहरु ठगिएको खवर प्राप्त भएको छ । नेपालको स्काई म्यानपावर (फोन नम्वर ४३७०६६३, ४३७३८७५) बाट यूएइको अलफारा ग्रुप अफ कम्पनीज् (AL- FARA'A GROUP OF COMPANIES) (फोन नम्वर ०३-७८२५८२५, ०२-६७६७८८०, ०४-८८०३३३) मा काम गर्न आएका करिब १००० नेपालीहरु दुवै तिर ठगिन पुगेको थाहा हुन आएको छ ।
नेपालमानै प्रतिब्यक्ति ६५ हजार देखि ८० हजार सम्म स्काई म्यानपावरमा बुझाएर आएका नेपालीहरु यहाँ एक बर्षसम्म प्रति महिना प्रति ब्यत्ति २ सय दिराम अर्थात नेपाली ४ हजार (एक बर्षको ४८ हजार) कम्पनीले काट्ने गरेको पिडित नेपालीले बताए । मासिक तलब ६ सय दिराममा खानाको लागि आफैले खर्च गर्नु पर्ने तथा बस्न मात्र कम्पनीले व्यवस्था गर्ने भनेर आएका नेपालीहरु बर्षदिन सम्म आएको ऋण तिर्नमा नै ठिक्क हुने पुराना नेपालीहरुले गुनासो पोखे । भर्खरै मात्र आएका १ सय जना नेपालीहरुले एकै स्वरमा अमिलो मुख लगाउदै भने "नेपालमा दलालीहरुले केहि मात्रमा रकम काट्छ भनेका थिए तर यहाँ त महिनाको २ सय दिराम काट्दो रहेछ । महिनाको जम्मा ६ सय आउँछ जसमा कम्पनीले दुइ सय काट्छ खानाको १७० कटाउँदा जम्मा २ सय ३० मात्र महिनाको बच्दो रहेछ अब हामी आएको ऋण कसरी चुक्ता गर्ने ?" । "हेर्नु न हामी त पिजंडामा थुनिएको झै भयौ । जहिले पनि डिउटी एक दिन शुक्रवार मात्र बिदा हुन्छ त्यो दिन सरसफाई गर्दैमा समय बित्ने कतै जाने र कसैलाई गुनासो पोख्ने ठाउँ पनि पाएका छैनौ । हाम्रो गुनासो कस्लेपो सुन्छ र खै अझै सम्म कोहि पनि क्याममा आएर सोध खोज गरेका छैनन् । हामीले समस्या कस्लाई बताउने ? " पिडित नेपालीहरुको भनाई थियो ।
यहाँ त नेपाली संघ संस्थाहरु धेरै छैन् उहाँहरुलाई आफ्नो समस्या बताउनु भएको छैन ? भन्दा हामी बाटोमा हिड्ने ब्यक्तिलाई तपाई समाजको ब्यक्ति हो भन्दै सोध्दै हिड्ने कुरा भएन यदि उहाँहरु साच्चैनै सँघ संस्थाहरुमा लागेर नेपालीहरुको हक र हितको लागि काम गर्नुहुन्छ भने त लेवर क्यामहरुमा आएर सबै नेपालीहरुको समस्या बुझ्नु पर्ने हो । आज सम्म कोहि पनि ब्यक्तिहरु यहाँ आएका छैनन् ।
हेर्दा सबै नेपालीहरु सिधा साधा देखिन्थे अहिले सम्म कहि कतै नदेखेको भिड त्यहा थियो एउटा कोचेप्रो पोटेवलको रुममा २६ जना नेपालीहरु कोच्चिएर बसेका थिए । अझ सम्म कहि कतै देखिएको थिएन यति धेरै नेपालीहरु एकै रुममा बसेको । यूएइमा हजारौ कम्पनीमा करिब १ लाख २० बिस हजार भन्दा धेरै नेपालीहरु कार्यरत छन् तर ति हजारौ कम्पनीको नियममा यस्तो छैन होला यो कम्पनीमा मात्र किन ? अन्य देशका कामदारहरुको पनि सेलरी काटीएको पुराना नेपालीले बताए तर अहिले के भएको छ कुन्नी थाहा छैन । "हेर्नूहोस् न म आएको २ बर्षभयो एक बर्षमा यहि कम्पनीको पैसा तिर्दै ठिकै भयो यो बर्षमा आफै आएको ऋण तिरे अब १ बर्षबसेर नेपाल फर्कने बिचार गरेको छु" एक नेपालीले दुखेसो पोखे ।
यूएइमा स्थापना भएको नेपाली दूतावासले प्रयास गरेमा के यो समस्या समाधन हुन सक्दैन र ? लौन केहि गरिदिनुहोस् कतैबाट आवाज उठेमा हामीले केहि राहत पाउने थियौ - ति पिडीत नेपालीको भनाई थियो । झट्ट सुन्दा यूएइ गल्फ देशहरुमा अलि भिन्दै प्रकारको जस्तो लाग्छ र धेरै नेपालीहरुले राम्रा अवसरहरु पनि पाएका छन् तर धेरै नेपालीहरु यसरीनै दुलो भित्र ठगिएर बस्न बाध्य भएका छन् । हामी प्रवासी नेपालीहरु नेपाली दूतावास यूएइ, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय साथै अन्य निकायहरुसँग जोडदार माग गर्दछौ अब आउने नेपालीहरुले यस्तो समस्या भोग्न नपरोस् र नेपालको स्काई ओभर्रर्सिजलाई कार्वाहि गरियोस् । सोझा सिधा नेपालीहरुलाई ठगिने काम नगरियोस् । फेरी प्रवासी नेपालीहरु एक भएर प्रवासबाटै आन्दोलनमा उत्रिन बाध्य नबनाईयोस् । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |