|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 January 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यूएइमा २५९१ औं ल्होसार पर्व सम्पन्न |
| खेमनाथ पौडेल, यूएई - 22/01/2007 |
|
जनवरी २० २००७ यूएइको अबुधावी स्थिति सुडानी क्लवमा तमू ल्होसार २५९१ औं मृग बर्गको उपलक्ष्यमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो ।
यूएइका लागि का.वा राजदूत श्री मोहनकृष्ण श्रेष्ठज्यूको प्रमुख अतिथिमा सम्मन्न उक्त कार्यक्रमको सभापतित्व यूएइ केन्द्रिय तमू समाजका प्रमुख यम तमूले गर्नुभएको थियो भने तृतिय सचिव विक्रम गिरी, र दुतावासका अन्य सदस्य साथ साथै यूएइमा स्थापना भएका विभिन्न संघसंस्थाका पदाधिकारीहरु अतिथिको रुपमा हुनुहुन्थ्यो । स्वागत मन्तब्य गञ्जमान तमूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन तेज बहादुर तमू र विकास तमूले गर्नु भएको थियो ।
प्रमुख अतिथिको हातबाट पानसमा बत्ति बालि उद्धघाटन गरिएको उक्त कार्यत्रममा गत बर्ष जुलाईमा गण्डकी अञ्चल कास्की जिल्लाका योग ब. तमू, केहि समय पहिला नेपालमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका डा. हर्क तमू, प्रकाश तमू, साथै अन्य विशिष्ट ब्यक्तिहरु र नेपालमा भएको जनआन्दोलन-२ मा ज्यान गुमाउन बाध्य ज्ञात अज्ञात सहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै प्रमुख अतिथि र सभापतिको हातबाट पानसमा १०८ बत्ति प्रज्वलन गरिएको थियो र आमन्त्रित सम्पूर्ण अतिथिहरुलाई पनि बत्ति प्रज्वलन गर्न अनुरोध गरिएको थियो । उहाँहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
सभापतिको हातबाट प्रमुख अतिथिलाई र प्रमुख अतिथिको हातबाट सभापतिलाई खाका पहिर्याउदै एक आपसमा ल्होसारको शुभकामना आदान प्रदान गरिएको थियो ।
पहिलो चरणको कार्यक्रमको अन्तिममा प्रमुख अतिथि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठज्यूले छोटो मन्तब्य दिदै १० बर्षलामो इतिहास बोकेको यूएइ तमू समाजले प्रवासमा पनि आफ्नो भेष भुषा तथा संस्कृतिलाई कायमै राखि प्रत्येक बर्ष मनाउदै आएको ल्होसार पर्व यस बर्षपनि मनाएकोमा खुशि प्रकट गर्नुभएको थियो । साथै अन्य कार्यक्रमहरुमा जस्तै यहाँ पनि नेपालीहरुलाई कुनै समस्या परेमा सिधै दुतावासमा सम्पर्क राख्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा गुरुङ्ग भेषभुषा साथै विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । "हामी प्रवासमा भए पति ल्होसार मनाउछौ" भन्ने गितबाट सुरु भएको साँस्कृतिक कार्यक्रममा नेपालबाट आउनु भएका नेपाल आर्मिका कलाकारहरुले "तन मन कर्मले हामी सबै नेपाली" भन्ने राष्ट्रिय भावको गितको बोलले सबै दर्शकहरुलाई जुरुक जुरुक पारेको थियो । कार्यक्रमको अन्त्यमा राम्रो गित प्रस्तुत गर्ने कलाकारहरुलाई पुरस्कारको ब्यवस्था गरिएको थियो । गित तर्फ प्रथम विकास तमू द्वितिय ज्ञानु लामा तृतिय योगेन तमू हुनु भएको थियो भने नृत्य तर्फ प्रथम योगेन तमू र दिपक तमू, द्वितिय रस्मि तमुस्यो, तृतिय एकजङ्ग तमू र रस्मि तमुस्यो हुनु भएको थियो भने भेषभुषा तर्फ रस्मि तमुस्यो र एकजङ्ग तमु हुनु भएको थियो सम्पूर्ण विजेता कलाकारहरुलाई प्रमुख अतिथि र सभापतिज्युले पुरस्कार सहित प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
दिपक गुरुङ्ग (तमु) लाई विभिन्न कार्यक्रम तथा ल्होसार पर्वमा पनि विभिन्न गित तथा नृत्यमा सहयोग पुर्याएको हुनाले प्रमुख अतिथिको हातबाट दोसल्ला ओढाई विषेश सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विभिन्न कलाकार तथा सहयोगिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमको प्रायोजन मनकामना ऐक्सचेन्ज, काठमाण्डौ रेष्टुरेन्ट तथा ज्ञालक्सि टि.भीले गरेको थियो । कार्यक्रम करिब साढे चार बजे देखि बेलुका साढे ९ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रममा यूए.इका विभिन्न क्षेत्रबाट तमूहरुको वृहत उपस्थिति रहेको थियो ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |