nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 30 January 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


तामाङ्गहरुको ल्होछारले यूएइमा छम छम्ति नचायो

खेमनाथ पौडेल, दुवाई - 30/01/2007

जनवरी २६, २००७ मा यूएइको बरदुवई स्थिति अस्टेरिया होटलमा का.वा राजदूत मोहनकृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्य तथा तामाङ्ग समाज यूएइका सभापति छत्र लामाको सभापतित्वमा २८४३ बदेल वर्ग (सोनाम) फा ल्होछार कार्यक्रम भब्यताका साथ सम्पन्न भयो

 

अन्य अतिथिहरुमा नेपाली दूतावासका द्धितिय सचिव प्रकाशमणि पौडेल, तृतिय सचिव विक्रम गिरी लगायत नेपाली समाज केन्द्रिय समितिका केन्द्रिय पदाधिकारीहरु, समाजसेबी, बुद्धिजिबी, साहित्यकार, पत्रकार तथा यूएइका विभिन्न प्रान्तबाट आउनुभएका तामाङ्गहरु साथै प्रवासी नेपालीहरुको बृहत उपस्थिति रहेको थियो

 

सभापति तथा प्रमूख अतिथिको हातबाट मैनबत्ति प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको पहिलो साङ्गितिक कोशेली तामाङ्ग चेलीहरु तथा नेपालबाट पहिलो पटक आउनु भएका रोज मोक्तान साथै अन्य प्रवासी नेपाली कलाकारहरुले राष्ट्रीय गित प्रस्तुत गर्नु भएको थियो तामाङ्गहरुको आफ्नै भाषा तथा संस्कृति (खास गरेर सिन्धुपाल्चोक तिर नाचीने ) च्याबु्रङ नाचको प्रस्तुतीले विदेशमा पनि नेपाली कला संस्कृति भाषाको संरक्षणको जोडन्त उदाहरण पस्केको थियो

 

उक्त कार्यक्रमका सभापति छत्र लामाले छोटो मन्तब्यमा प्रवासमा आपत विपत परेको खण्डमा दूतावासले तत्काल उद्धार गर्न सजिलो होस् भनि एउटा नेपाली वेलफेयर सोसाईटीको आवश्यकता परेको हुनाले दूतावासको पहलमा उक्त वेलफेयर सोसाईटीको स्थापना गरी महिनौ दिन सम्म प्रवासमा आर्थिक अभावको कारण आपत विपतमा परेका नेपालीहरु तथा अकालमा ज्यान गुमाएका तर आर्थिक अभावको कारण लाश नेपाल पुग्न नसकेको अवस्थामा उक्त नेपाली वेलफेयर सोसाईटीले फिर्ति टिकटमात्र उपलब्ध गराउन सकेमा अति राम्रो हुने तर्क राख्नु भएको थियो

 

प्रमूख अतिथि मोहनकृष्ण श्रेष्ठले आफ्नो छोटो मन्तब्य दिदै विदेशमा विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै आईरहनु भएकोमा खुशी प्रकट गर्नु हुँदै नेपाली समाज केन्द्रिय समितिको मातहतमा नेपाली वेलफेयर सोसाईटी यसै स्टेजबाट स्थापना भएको घोषणा गर्नु भएको थियो

 

नेपालबाट प्रवासको भ्रमणमा पहिलो पटक निस्कनु भएका यसै कार्यक्रमको लागि आउनु भएका भर्खरै मात्र चर्चाको शिखरमा पुगेको कलकत्ते काईयो केश मेरो बाङ्गो बोलको गितका गायककार रोज मोक्तानको प्रस्तुतिले उपस्थित सबै दर्शकहरुलाई छम छम्ति नचाएको थियो भर्खरै मात्र बजारमा आएको कलकत्ते काईयो केश मेरो बाङ्गो गित प्रस्तुत गर्दा स्टेजमा नृत्याङ्गहरुको भिड लागेको थियो भने दर्शकहरु आफु बसेको सिटमानै ढल्की ढल्की नाचिरहेका थिए दर्शकहरुबाट वान्स् मोरको झटारो आउने क्रम बढेपछि कार्यक्रमको अन्तिम तिर फेरी रोज मोक्तान कलकत्ते काईयो लिएर स्टेजमा उपस्थित हुनु भएको थियो   विभिन्न टेली सिरियलमा अभिनय गरिसकेका तथा गायककार अनिल घिसिङ्गको प्रस्तुति भिन्दै प्रकारको थियो दुइ तिन पटक स्टेज छोडेर दर्शकहरुसँग नाच्न दर्शकहरुको भिडमा उपस्थित हुदाँ हलको रौनकै भिन्दै भएको थियो प्रवासमा रहनु भएका विभिन्न कलाकारहरु ज्ञान लामा, ग्लावो लामा, मान . तामाङ्ग, श्रीमती देवी लामा, अनुप महत, तुलसी तामाङ्ग, मिना तामाङ्ग, मायाँ वाईवा, बिकास, सुनिता ले -आफ्नो प्रस्तुति पस्कनु भएको थियो दिपक तथा दिपिका गुरुङ्गको नृत्यले सबैलाई मोहित पारेको थियो कार्यक्रमको अन्तिममा अति मार्मिक गित यो मायाँले के गर्र्यो  भन्ने गितमा विरमान तामाङ्गको अति खतर्नाक नृत्यले एकाएक हललाई स्तब्ध पारेको थियो उहाँको प्रस्तुतिले सबैलाई मौन बनाएको थियो

 

कार्यक्रम दिनको करिब चार बजे देखि रातको नौ बजे सम्म चलेको थियो

 

कार्यक्रम सञ्चालकमा क्रमश कृष्ण तामाङ्ग, सरस्वती तामाङ्ग, राज मोक्तान हुनुहुन्थ्यो मुख्य प्रायोजकमा वेस्टियन यूनियन मनि ट्रान्फर तथा ऐयर अरेबिया रहेको थियो

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com