nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 08 February 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


दूतावास तथा फूजेराका नेपालीहरु बिच अर्न्तक्रिया कार्यक्रम सम्पन्न;

नेपाली समाज फुजेरा क्षेत्रिय समिति गठन

खेमनाथ पौडेल यूएई - 08/02/2007

गत शुक्रवार यूएइको एक प्रान्त फुजेरामा दूतावास फुजेरामा कार्यरत नेपालीहरुबिच अर्न्तकृया कार्यक्रम सम्पन्न भयो दुइ चरणमा सञ्चालन भएको उक्त कार्यक्रमको पहिलो चरण नवराज पौडेलले सञ्चालन गर्नु भएको थियो

 

दूतावासको तर्फबाट आफ्नो भनाई राख्ने क्रममा का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठले भर्खरै यूएइमा आएको महिना भएको फुजेरामा पहिलो पटक आएको बताउनु भयो । उपस्थित सबै नेपालीहरुलाई कुनै समस्याहरु भएमा सिधा दूतावासमा तथा आफैलाई सम्प गर्न आव्हान गर्दै, यूएइका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपालीहरुलाई पास्पोर्ट नविकरण गर्नको लागि अप्ठेरो परेको हुनाले अब देखि नेपाली समाजको मातहतमा नेपाली समाज क्षेत्रिय समितिको पहलमा पास्पोर्ट नविकरण गर्ने जानकारी पनि दिनु भयो

 

तपाईहरुसँग कुनै समस्याहरु छन् भने यहि राख्न सक्नुहुनेछ भनेपछि त्यहाँ उपस्थित अधिकांशले आफ्ना समस्याहरुको बारेमा जानकारी गराएका थिए यसै सर्न्दर्भमा रामेश्वर दास, झिल्लु न्यौपाने, भरत पौडेल, सुमन खनालले -आफ्ना समस्याहरु राखेका थिए झिल्लु न्यौपानेले आफ्ना समस्याहरु राख्ने क्रममा पहिलोपटक का.वा. राजदूतबाट खुल्लामासमा केहि समस्या भएमा सिधै मसँग अथवा दूतावासमा राख्नु भन्नु भएकोले धेरै खुशी भएको बताए साथै यूएइमा पुरुषहरुको भन्दा पनि महिलाहरुको समस्या बढि भएकोले दूतावासबाट समाजबाट जनचेतनामूलक कार्यक्रमहरु गर्न अनुरोध गरेका थिए रामेश्वर दासले नेपालबाट विदेश आउँदा म्यानपावर कम्पनीहरुले ऐग्रिमेन्ट एउटा कम्पनीमा गर्ने यहाँ आउदा काम अर्को कम्पनीमा गर्ने समस्या भएकोले दूतावासबाट यसकोबारेमा नेपालको श्रम मन्त्रालयमा बुझ्नको लागि अनुरोध गरेका थिए आफू लगायत १६ जना नेपालीहरु यस समस्यामा परेको गुनासो दासले का.वा राजदूत समक्ष राखे समस्याहरुको समाधान गर्ने अब आउने दिनहरुमा समस्याहरुलाई निराकण गर्न तर्फलाग्ने का.वा राजदूत मोहनकृष्ण श्रेष्ठले प्रतिउत्तरमा भन्नुभएको थियो

 

नेपाली समाज केन्द्रिय समितिका अध्यक्ष रामेश्वर शाहले दुइ खेमामा विभाजित नेपाली समाज एकिकरण भएको महिना भित्रकै केहि महत्वपूर्ण कामहरु गर्न सफल भएको, एक महिनाको अन्तरालमा महासचिव यमलाल पगेनीको  संयोजकत्वमा विभिन्न विभागहरुको बाँड फाँड, समाजलाई कार्यगर्न सजिलो होस् भनेर विभिन्न विभागहरु गठन, निकट भविश्यमा एक बृहत केन्द्रीय परिषदको स्थापना गर्ने, नेपालीहरुलाई राहदानी नविकरण गर्नकोलागि सजिलोहोस् भनेर यूएइका प्रत्येक प्रान्तहरुमा नेपाली समाज क्षेत्रिय समितिको पहलमा राहदानी नविकरण गर्ने नविकरण गर्दा लाग्ने ३० दिराहाम्स बढि लिई जसको राहदानी नविकरण हुन्छ उसलाई सिधै नेपाली समाजको सदस्य बनाउनेकेहि रकम नेपाली समाज केन्द्रिय समितिको मातहतमा नेपाली वेलफेयर सोर्साईटीमा जम्मा गरी आपत विपतमा परेका नेपालीहरुलाई तुरुन्त उद्धार गर्ने प्रत्येक बर्ष हिसाब किताव दूतावासमा पेश गर्ने साथै नेपाली वेलफेयर सोर्साईटीमा दुतावासको तर्फबाट पनि एक जना प्रतिनिधी समावेश गराउने आदि कुराहरुको बारेमा जानकारी दिनु भएको थियो  

 

नेपाली समाज केन्द्रिय समिति एकिकरण भएको महिनादिन भित्रमानै राजेन्द्र देवकोटाको संयोजकत्वमा बनेको संगठन तथा प्रशिक्षण विभागका सदस्यहरु तर्क बहादुर कटुवाल लक्ष्मण सापकोटा, सुनिल पगेनी साथै नेपाली समाज केन्द्रिय समितिका अध्यक्ष रामेश्वर शाह  आदिको पहलमा यूएइका लागि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठको उपस्थितिमा नवराज पौडेलको अध्यक्षतामा नेपाली समाज फुजेरा क्षेत्रीय समितिको गठन भएको जस्मा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, सह-सचिव, क्रमशः भरत पौडेल, रामचन्द्र थापा, निरज कुमार श्रेष्ठ, रामेश्वर दास, सुमन खनाल रहेका छन् । सदस्यहरुमा राज मल्ल, यज्ञ बहादुर बुढाथोकी, पुरुषोत्तम खनाल, चोलाकान्त कडेल रहेका छन् भने सदस्य महिलाको लागि छुर्ट्टाईएको

 

नेपाली समाज नयाँ क्षेत्रिय समितिका पदाधिकारीहरुलाई स्वागत तथा धन्यवाद नेपाली समाज केन्द्रिय समितिका सदस्य तर्क बहादुर कटुवालले गर्नु भएको थियो भने समाजको केन्द्रिय परिषदको बारेमा जानकारी केन्द्रीय सदस्य लक्ष्मण सापकोटाले दिनुभएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com