nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 21 February 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


यूएइमा ५७औ प्रजातन्त्र दिवस समारोह

यूएई सम्वाददाता - 21/02/2007

१०४ बर्षसम्म देशमा रहेको राणा तानासाही व्यवस्थाको जरो २००७ साल फागुन गतेका दिन उखेलीएको कुरा इतिहाँसका पानाहरुमा लिपिबद्धरुपमा अंकीत नै शहिदहरुको बलिदानी एवं आम नेपाली जनताको अथक प्रयासमा राणाहरु नेपाली जनता सामू २००७ साल फागुन गते २००७ घुडा टेकेको कुरा पनि सर्व विदितै प्रजातान्त्र प्राप्त भए पश्चात हरेक साल फागुन गतेलाई स्वदेश होस् या विदेशमा नेपालीहरुले प्रजातान्त्र दिवसको रुपमा मनाउँदै आएका छन् २००७ साल देखि हालका मितिसम्म नेपालमा धेरै  राजनितीक परिवर्तनहरु भए तर वास्तविक प्रजातन्त्र प्राप्तिको सुरुवात २००७ साल फागुन गतेनै भएकोले यस दिनलाई विषेश दिनको रुपमा मनाउँदै आएका छौ

 

यसै अवसरमा नेपाली दूतावास यूएइले पनि यहि फागुन गते २०६३ तदनुसार १९ फेब्रअरी २००७ का दिन यू..इका लागि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठको निवासमा, दूतावासको आयोजनामा ५७औ प्रजातन्त्र दिवस मनायो सो अवसरमा नेपाली समाज यूएइ का अध्यक्ष रामेश्वर शाह लगायत यूएइमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, बुद्धिजीवी, ब्यापारी, तथा पत्रकारहरुको उपस्थिति रहेको थियो उपस्थित सम्पूर्ण ब्यक्तिहरुले प्रजातन्त्र प्राप्तिदेखि हालसम्मका ज्ञात अज्ञात सहिदहरुको सम्मानको लागि मिनेट मौनधारण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो

 

का.वा राजदूत मोहनकृष्ण श्रेष्ठले उपस्थित सम्पूर्ण संघ संगठनका पदाधीकारीहरुलाई स्वागत गर्दै ५७ प्रजातन्त्र दिवसको महत्व बारेमा यूएइमा छरिएर रहेका नेपालीहरु लगनशिलता एवं इमान्दारीता रहेको कुरा अभिब्यक्त गर्नु भएको थियो श्रेष्ठले यूएइमा रहेका सम्पूर्ण नेपालीहरुको भलाई सेवाकालागि दूतावास सदैव तयार रहेको साथै विभिन्न संघ संस्था, समाज एवं बौद्धिक ब्यक्तिहरु एक भएर वृहत नेपाल नेपालीको हितका लागि अघी बढ्नुपर्ने कुरामा जोड दिनु भयो

 

यसैक्रममा उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई प्रजातन्त्र दिवसबारे आफ्नो धारणा राख्न दिईएको थियो नेपाली समाज यूएइका अध्यक्ष रामेश्वर शाहले प्रजातन्त्रको महत्व हाम्रो कर्तब्यबारे आफ्नो धारणा राख्नु भएको थियो उपस्थित सम्पूर्ण ब्यक्तिहरुले दुतावासद्वारा राखिएको उक्त कार्यक्रमको प्रशंसा गर्नुका साथै का.वा राजदूत लगायत दूतावास परिवारलाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाओस भन्ने शुभेच्छा प्रकट गरेका थिए

 

कार्यक्रम दिउँसो बजे देखि बेलुका :३० बजे सम्म चलेको थियो कार्यक्रमको सुरुवात दूतावासका द्वितिय सचिव प्रकाश मणी पौडेल कार्यक्रम समापन दूतावासका तृतिय सचिव विक्रम गिरीले गर्नु भएको थियो सोहि अवसरमा उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई चियापानको ब्यवस्था पनि गरिएको थियो        

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com