nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 08 March 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


श्रम सचिव यूएईमा

नेक सम्वाददाता - 08/03/2007

नेपाल सरकारका का‌‌.मु. श्रम सचिव श्याम प्रसाद मैनाली यूएईको ५ दिने औपचारीक भ्रमणमा गत मार्च ५ तारीख अबूधाबी आउनुभएको कुरा अबूधाबी स्थित नेपाली दूतावासले जनाएको छ । दोहाको भ्रमण पुरा गरी अबूधाबी पुग्नुभएका कामु श्रम सचिवलाई अबूधाबी अन्तरराष्ट्रिय विमानस्थलमा यूएईका लागि कार्यवाहक राजदूत मोहन कृष्ण श्रेष्ठ तथा प्रथम सचिव प्रकाशमणि पौडेलले स्वागत गर्नुभएको थियो । कामु श्रम सचिवको साथमा श्रम मन्त्रालयका अधिकृत चन्द्र बहादुर शिवाकोटी पनि रहनुभएको छ ।

 

सोही साँझ भ्रमणमा रहनुभएका श्रम सचिवको सम्मानमा कावा राजदूत श्रेष्ठले एक रात्रीभोजको आयोजना गर्नुभएको थियो । सो अवसरमा नेपाली समाज यूएईका अध्यक्ष रामेश्वर शाह तथा पदाधिकारीहरुका साथै क्षेत्रिय समितीका सभापतिहरु तथा जातिय समाजका अध्यक्ष तथा अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा यूएईमा कार्यरत नेपालीहरुको समस्या तथा समाधानका बारेमा छलफल भएको कुरा दूतावासले जनाएको छ ।

 

आफ्नो ५ दिने भ्रमण समाप्त गरी भोली नेपाल फर्कनुहुने कामु श्रम सचिवले आज अबूधावीको क्राउन प्लाजामा दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा भाग लिनुभयो । यूएईमा नेपाली कामदारहरुलाई रोजगारी प्रदान गर्दै आएका विभिन्न कम्पनीका प्रतिनिधिहरुका साथै यूएई तथा नेपाली म्यानपावर कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कावा राजदूतले स्वागत मन्तव्य दिनुभएको थियो भने उपस्थित प्रतिनिधिहरुको प्रश्न तथा जिज्ञाषाको उत्तर कामु श्रम सचिवले दिनुभएको थियो । सो अवसरमा कामु सचिव मैनालीले वैदेशिक रोजगारी सम्बन्धी नेपाल सरकारको धारणा तथा नितीबारेमा प्रकाश पार्दै नेपाललाई दक्ष जनशक्तिको स्रोत मुलुकको रुपमा लिन आग्रह गर्नुभयो ।

 

त्यस्तै गत ६ तारिखका दिन कामु श्रम सचिवले आवूधावी स्थित नेपाली दूतावासको भ्रमण गर्नुको साथै त्यहाँको क्रियाकलापहरुको बारेमा जानकारी लिनुभएको थियो भने सोही दिन बेलुकी नेपाली समाज यूएईले वहाँको सम्मानमा रात्रीभोजको आयोजना गरेको थियो ।

 

आफ्नो भ्रमणको तेस्रो दिन कामु श्रम सचिवले यूएई सरकारका श्रम मन्त्रालयका सहायक उप सचिव श्री हुम्मैद रशिद खलिफा दिमाससंग शिष्टाचार भेट गर्नुभएको पनि दूतावासले जनाएको छ ।  सो अवसरमा वहाँहरु वीच नेपाल यूएई सम्बन्ध, नेपाली कामदारहरुको स्थिती, समस्याहरु तथा समाधानका उपायहरुका बारेमा विस्तृत रुपमा छलफल भएको दूतावासले जनाएको छ । श्री दिमासले नेपाली कामदारहरुबाट खास कुनै समस्या उत्पन्न नभएको र धेरै यूएईका कम्पनीहरुले नेपाली कामदारहरु रुचाएको वताउनुभएको थियो ।

सोहि साँझ नेपाली समाज दुबईले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com