nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 17 March 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


अबुधावीमा रमाइलो साँझ २०६४ कार्यक्रम प्रस्तुत

खेमनाथ पौडेल; यूएई - 17/03/2007

नेपालीहरुको नव बर्ष २०६४ को पूर्व सन्ध्यामा यूएइको अबुधावीमा काठमाण्डौ रेष्टुरेण्टका सञ्चालक मन्जिल श्रेष्ठ तथा भिम श्रेष्ठको आयोजनामा यूएइको अबुधावी केरेला सेन्टरमा नेपालका ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ नायक राजेश हमाल, नायिक उषा पौडेल, रेजीना उप्रेती, नन्दिता केसी, गायकहरु एडि्रन प्रधान, प्रकाश ओझा, सविन र्राई, जोहेब मानन्धर, विमलराज क्षेत्री साथै अबुधावी ब्यानका कलाकारहरुको प्रस्तुतिमा रमाईलो साँझ २०६४ सम्पन्न भयो

 

अबुधावीको आसपासमा छरिएर रहेका बृहत प्रवासी नेपालीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिकोरुपमा यूएइका लागि का.वा राजदूत मोहन कृष्ण श्रेष्ठ तथा दूतावासका अन्य परिवारहरु हुनुहुन्थ्यो दामोदर नेपालद्धारा सञ्चालित उक्त कार्यक्रममा भर्खरै प्रवासमा स्थापना भएको अबुधावी ब्याण्ड राजन श्रेष्ठ तथा सरोज भट्टर्राई अन्य कलाकारहरुले पहिलो सांगितिक कार्यक्रम पस्कनु भएको थियो जोहेब मानन्धर, ऐडि्रन प्रधान, सविन र्राईका अति लोक प्रिया पप गितहरुले दर्शकहरुलाई उफारेको थियो बिमलराज क्षेत्री देवी र्घर्ती मगरको दोहोरीले दर्शकहरुलाई छम छम्ति नचाएको थियो प्रकाश ओझाको भत्काईन्छु खोर पनि बाउ भात खान आउले अझै दर्शकलाई जोसाएको थियो रेजिना उप्रेती, राजेश हमालको डान्सले कार्यक्रमलाई आकर्षक बनाएको थियो भने उषा पौडेल, नन्दिता केसीको डान्सले कार्यक्रम हल अति रोचक बनेको थियो

 

कार्यक्रमको अन्त्यमा भर्खरै नेपालबाट आएका पुन्य प्रसाद धिताल बिरामी भई नेपाल फर्कनु पर्ने भएकोले नेपाली समाज मुसफाह क्षेत्रिय समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको बिषेश सहयोगमा आयोजक मन्जिल श्रेष्ठ तथा भिम श्रेष्ठलाई अनुरोध गरी  त्यहाँ उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरुले सहयोगस्वरुप करिब ११ सय दिराहाम्स (नेपाली २२ हजार) जम्मा गरी आयोजक मञ्जील श्रेष्ठ प्रमुख अतिथि का.वा राजदूत मोहनकृष्ण श्रेष्ठज्यूको हातबाट  बिरामीलाई हस्तान्तरण गरिएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com